बाँकेमा पत्रकारिता जगतमा दोस्रो वृत्तचित्र

रबिन्द्र बोहरा

नेपालगन्ज १३ जेठ २०८२
बाँके जिल्लामा पत्रकारीता क्षेत्रबाट लोकतन्त्रको बहालीको लागि निरन्तर संघर्ष गरेका पत्रकार झलक गैरेको वृत्तचित्र सार्वजनिक भएको छ । एकाउन्टिविलिटि ल्याव र बास नेपालद्धारा संचालित युवा नेतृत्व र जवाफदेहिता परियोजना अन्तर्गत मेरो कथा कार्यक्रममा उक्त वृत्तचित निमार्ण गरिएको थियो । बाँकेमा पन्नालाल गुप्ता (चाचाजी) पछिको यो दोस्रो पत्रकारको वृत्तचित्र हो । लोकतन्त्रको पक्षमा पंचायत काल, २०६२/६३ को जनआन्दोलनमा लोकतन्त्रको पक्षमा जनताको हक र हितको लागि पत्रकारीतको माध्यमबाट आवाज उठाएको र कलम चलाएको योगदानको आधारमा उक्त विृत्तचित्र निर्माण भएको थियो । सोही कार्यक्रममा सामाजिक अभियान्ता दिपेन्द्र कुमार जोशीको वृत्तिचित्र समेत सार्वजनिक गरिएको छ ।

वृत्तचित्रमा झलक गैरेको आत्म कथा, संघर्षको यात्रा, पत्रकारीताको इतिहास र भुमिका, पत्रकारीता क्षेत्रमा संगठनात्मक रुपमा गरेको योगदान, युवा पिडिलाई दिएको सदमार्ग, लोकन्तत्रका लागि चालेका अभियानहरु, लोकतन्त्रको लागि लडिरहँदा भोगेका तिति अनुभवहरु समेटिएको छ ।
वृत्तचित्र प्रर्दशनी कार्यक्रममा बोल्दै झलक गैरेले आफुले एक्लै सुरुवात गरेको अभियानलाई समाजले उच्च मूल्यांकन गरेकोमा गर्वको महशुुस भएको बताउँदै आम युवाहरुलाई विदेशको सपना त्यागेर स्वादेशमै मातृभुमिको लागि पसिना बगाउन सुझाव दिए । उनले युवाहरुलाई सचेत गराउँदै आम युवाहरु अहिलेको अवस्थामा उचित मार्गदर्शनको खोजिमा रहेको र समाज तथा देशको राजनैतिक अवस्थाले युवालाई सही मार्गदर्शन गर्न नसकेको तर्क प्रस्तुत गरे ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले झलक गैरे पत्रकारीताको ऐना भएको र उक्त ऐनाबाट समाजमा दैनिक नेपालगन्जका नामबाट संसार निहाल्न पाएकोमा खुसि व्यक्त गर्दै यस्तो उनले पत्रकारीता र लोकतन्त्रका लागि गरेको संघर्षको प्रशंसा गरे । उनले सामाजिक अभियन्ता दिपेन्द्र कुमार जोशीले लागु औषध विरुद्ध चालेको कदमको उच्च सम्मान गर्दै लागु औषध दुव्र्यसन रोक्न सबै लाग्नु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ बाँके जिल्लाका अध्यक्ष नविन गिरीले आफुले अंगालेको पेशाको व्यक्तिको वृत्तचित्र निर्माण भएकोमा समग्र पत्रकार जगतकै शिर उच्च भएको तर्क दिँदै बास र एकाउन्टिविलिटि ल्यावलाई धन्यवाद ज्ञापन गरे । उनले झलक गैरेले केवल आफुले मात्र पत्रकारीता पेशलाई स्थापित गर्दै समान्नित पेश निर्माण मात्र नगरी युवा पुस्तालाई समेत पत्रकारीता पेशमा डो¥याउन प्रेरणा प्रदान गरेको बताए ।

कार्यक्रममा दिपेन्द्र कुमार जोशीले लागु औषध नियन्त्रको लागि आफुले निरन्तर प्रयास गरिरहेको र उक्त अभियानमा सवै जुट्न आग्रह गरे ।
कार्यक्रमा पत्रकार, शिक्षक, सामाजिक संघसंस्थाको प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न पेशमा संलग्न युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहरले गरेका थिए भने बास नेपालका कार्यकारी निर्देशक नमास्कार शाहले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेका थिए ।

  • १४ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • Nabintech