सम्झनामा सार्वजनिक सुनुवाइ

सुनुवाईमा आठ बुँदे प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ आठ बुँदे प्रतिबद्धता व्यक्त गर्दै बैजनाथ गाउँपालिका वडा नम्वर ६ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

वडा कार्यालयको आयोजना तथा बास नेपालको सहजिकरणमा सम्पन्न सुनुवाईको अन्तमा सो प्रतिबद्धता जारी गरिएको हो ।

जारी गरिएका प्रतिबद्धताहरुमा योजना तर्जुमा गर्दा अनिवार्य रुपमा टोल भेला गर्ने, अपाँगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि पहल गर्ने, अपाँगता भएका व्यक्तिहरुका छोरा, छोरीहरुको शिक्षा सुनिश्चित गर्ने, लालपुर स्थित मानसरोवर बोटानिकल पार्क संरक्षणको पर्खाईमा रहेकाले उक्त पार्कलाई संरक्षण गर्ने जिम्मा न्यू हरियाली सामुदायिक बनलाई दिने, पार्वतिपुर लगायत अन्य टोलहरुमा कृषि सिचाईंका पोलहरु तत्काल बिस्तार गर्ने, वडा भित्र पिउने पानीको समस्या भएकाले निर्माणाधिन ट्याँकी तत्काल निर्माण गर्ने रहेका छन् ।

यसैगरी स्थानीयवासीहरुको बिबादका कारण अवरुद्ध भएको छगरिपुरको सडक निर्माण कार्य छलफल गरि सुचारु गर्ने, भुमि सम्बन्धि निस्सा बितरणमा ढिलाई भएको गुनासो आएकाले उक्त गुनासो सुनुवाई गर्ने, वडा भित्र निर्माण हुने बिकास निर्माणमा गुणस्तरियता कायम गर्न स्थानीयबासी सचेत हुनुका साथै वडा जवाफदेही बन्ने लगायत रहेका छन् ।

बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सहजिकरण गरेको कार्यक्रममा केन्द्रीय महासचिव कल्पना अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन् । कार्यक्रममा सहभागिहरुले सोधेका प्रश्नहरुको जवाफ वडाध्यक्ष भुपाल पुन मगर, सचिव निम बहादुर थापा, सम्झना प्रहरी चौकी प्रमुख धन बहादुर थापा मगर, स्वास्थ्यचौकी प्रमुख भिम बहादुर खड्का, कार्यपालिका सदस्य कमान सिंह सुनार, वडा सदस्य सुरेन्द्र

थापा क्षेत्री, ईन्द्रा कुमारी भण्डारी, सुशीराम थारु, पानसरा सुनार लगायतले जवाफ दिएका थिए ।
कार्यक्रममा १५० बढि स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

  • १५ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • Nabintech