नेपालगञ्ज/ भारतीय रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्जको जयसपुर स्थित नाकाबाट नेपाल तर्फ आउँदै गरेको युपि ३२ एलबि ६३८९ नम्वरको सुजुकी गाडी सहित शंकास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जेष्ठ १४ गते भारतको पखनउ बस्ने बर्ष ४० का निरज चौरसियाले चलाएको उक्त सुजुकी गाडी शंका लागेर प्रहरीले चेक गर्दा भारतिय रुपैयाँ ५ सय दरको नोट ६ सय थान र २ सय दरको नोट १ हजार थान गरि ५ लाख फेला पारेको थियो ।
यसरी शंकारस्पद रहेको उक्त गाडी, रकम सहित गाडी चालक चौरसिया र दाङ पुरन्धारा बस्ने बर्ष २६ कि साईना नेपालीलाई पक्राउ गरि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।