पूर्वगृहमन्त्री थापा पक्राउ

असल शासन प्रतिनिधि

काठमाडौं । राजावादीहरूको आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाई प्रहरीले पक्राउ गरेको छ ।
यहि जेठ १५ गतेदेखि थालेको आन्दोलन जारी रहँदा तेस्रो दिन आइतबार काठमाडौंमा राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्र घेर्ने योजनासहित अघि बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थिपो। हस्तक्षेपका क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री समेत रहेका थापासहितलाई पक्राउ गरेको हो ।
नारायण चौरको सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्दै हस्तक्षेप भए प्रतिकारमा उत्रिने चेतावनी दिएका थिए ।

  • १९ जेष्ठ २०८२, आईतवार प्रकाशित

  • Nabintech