बर्दिया/ बास नेपाल, बर्दिया शाखाले संस्थागत क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
सामाजिक विकास र संस्थागत प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्यका साथ बास नेपाल, बर्दिया शाखाको आयोजनामा सो तालिम सम्पन्न भएको हो ।
शनिवार बर्दियाको गुलरियामा सम्पन्न तालिममा बास नेपालका साधारण सदस्य, बर्दिया जिल्ला शाखाका पदाधिकारी, पुर्व केन्द्रिय पदाधिकारी लगायत ३० बढी युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष खुमेश सुवेदीको प्रमुख आतिथ्यतामा भएको तालिममा तालिममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र पुर्व केन्द्रिय अध्यक्ष रमेश सिटौलाले प्रशिक्षण दिएका थिए । सहभागीहरूलाई संस्थागत बिकासका बिबिध आयामहरु प्रशिक्षण दिईएको थियो ।
तालिममा सहभागीहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिँदै सिकेका कुराहरू व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए ।
बास नेपाल, बर्दिया शाखाका अध्यक्ष राम सुनामको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।
यसैगरी बास नेपालको गुलरिया उपशाखा हरिकला घर्तिमगरको अध्यक्षतामा पुर्नगठन गरिएको छ । पुर्नगठित कार्यसमितिको उपाध्यक्षमा प्रवेश पौडेल, सचिवमा कुमकुम बाडिया, सहसचिवमा शुष्मा सुनार गौतम र कोषाध्यक्षमा सीता थापा मगर रहेका छन् ।
यसैगरि सदस्यहरुमा सन्देश सुवेदी, मासुमा खातुन, सुशान्त सापकोटा, मिस्वा दर्जी, करिष्मा तेलि, अर्पना थारु, सबिता रानी र अनिषा थारु रहेका छन् ।