न्याउलीडाँडाका ७५ जना महिलाहरुलाई फ्रीडम ब्याग्स वितरण

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपालले खजुरा गाँउपालिका १ को न्याउले डाँडाको महिलाहरुलाई फ्रीडम तथा किट ब्याग्स बितरण गरेको छ ।

एफ के बी यु के को सहयोगमा बास नेपाल द्वारा संचालित परियोजना अन्तर्गत “महिला तथा बालबालिका को महिनावारी स्वच्छता, शिक्षा तथा ब्यवस्थापन “ कार्यक्रममा प्रत्येक महिना उत्पादन गरी बितरण गर्दै आएको छ ।

प्रत्येक महिना बितरण गर्दै आएको फ्रिडम किट ब्याग्स पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड अन्तर्गत माघ १८ गते बास नेपालको सहयोग तथा वडाको फोकल व्यक्ति मन कुमारी राना को समन्वय मा खजुरा गाउँपालिका वार्ड नं १ को न्याउले डाँडा मा ७५ जना महिला तथा किशोरीहरुलाई फ्रीडम ब्याग्स वितरण गरिएको हो ।

खजुरा गाउँपालिका वडा नं १ को अध्यक्ष मानवीर क्षेत्रीको अध्यक्षता बितरण गरिएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथी खजुरा गाउँपालिकाको उप प्रमुख मञ्जु मल्ल, अतिथि पालिका सदस्य विष्णु सुनार, बालकुमारी सुनार, राम कुमार सुनार, टोल विकास समिति अध्यक्ष हरिलाल सुनार, महिला स्वयम् सेविकाका साथै बास नेपालबाट रचना चौधरीको उपस्थिति रहेको थियो ।

कार्यक्रम बास नेपालको महासचिव कल्पना अधिकारी संचालन गर्नु भएको थियो भने कार्यक्रम व्यवस्थापक रमिता शाह र कार्यक्रम को शिक्षा अधिकृत मिना घर्तीले सहजीकरण गरेका थिए ।

  • २१ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • Nabintech