कोहलपुरमा बृहत सरसफाई कार्यक्रम

असल शासन प्रतिनिधि

जेठ २१ गते
नोलगञ्ज / कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न भएको छ ।

प्लाष्टिक प्रदुशनको अन्त्य गरौं भन्ने मुल नाराका साथ बिश्व वातावारण दिवस २०२५ को अवसर पारेर आज कोहलपुर नगरपालिकाको आयोजना तथा बास नेपाल, ब्याब्सन कोेहलपुर र कोहलपुर शिक्षण अस्पतालको सह आयोजकमा रहेको थियोृ भने संम्बर्धन नेपाल, कोहलपुर युवा सञ्जाल, जिल्ला ट्राफिक कार्यालय, ईलाका प्रहरी कार्यालय, घरेलु महासंघ कोहलपुर, उद्योग बानिज्य संघ कोहलपुर, बाल बिद्या सेकेन्डरी स्कुल, सामुदाय प्रहरी, लगायतको समन्वयमा सरसफाई कार्यक्रम गरिएको हो ।

हरेक साता कोहलपुर नगरपालिकाले नगरभित्रका बिभिन्न ठाउँमा aसरसफाई अभियान सञ्चालन गदै आएकोमा आज कोहलपुरको दस ,बिगाहा चौक देखी पिपलचौतारा सम्म पुगेर कार्यक्रमको समापन गरिएको थियो ।

कार्यक्रमको शुभारम्भमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रशाद आचार्याले कुचो लगाएर सरसफाई कार्यक्रम थालनि गरिएको उक्त कार्यक्रममा बिभिन्न वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
भन्डै एक सय पचासको उपस्थिति रहेको सरसफाई कार्यक्रमका सहभागीहरुले राजमार्गको दाँया बाँया हुदै सरसफाईलाई तिब्रता दिएका थिए । कार्यक्रममा सह आयोजकको भुमिकामा रहेको संस्था बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले कोहलपुर नगरपालिकाले हरेक हप्ता गर्दै आएको सरसफाई अभियानलाई साथ दिन आफ्नो संस्थालागि परेको बताए । कार्की थप्छन् गत हप्ता मात्र पालिका सँग मिलेर बास नेपालले झण्डहा चोक देखी पिपरी चोक सम्म सरसफाई अभियान सम्पन गरेका थियौं ।

बषौदेखि जम्मा भएका सडेगलेका फोहोर चिजहरु, प्लाष्टिकजन्य पदार्थहरु, माईक्रो प्लाष्टिकहरु, स्यामबहार, मेघाश्रीका खोलहरु, सडेगलेका कपडाहरु सडकको छेउछाउबाट संकलन गरी फोहोरको गाडी सम्म पुर्याउने काम गरेका थिए ।

कार्यक्रमको समापन ब्याब्सन कोहलपुरका प्रमुख सल्लाहकार यम बहादुर रावतले गरेका थिए भने कार्यक्रम सञ्चालन कोहलपुर नगरपालिकाका वाताबरण प्राबिधिक प्रेम प्रकाश बुढाथोकीले गरेका थिए ।

  • २२ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • Nabintech