सुर्तिजन्य पदार्थ बिरुद्धका स्टिकर प्रदर्शन

असल शासन प्रतिनिधि

नेपालगञ्ज / सुर्तिजन्य पदार्थ बिरुद्धका स्टिकरहरु नेपालगञ्जमा आज एक कार्यक्रमका बिच प्रदर्शन गरिएको छ ।

भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले आज एक कार्यक्रमको आयोजना गरि उक्त स्टिकरहरु प्रदर्शन गरेको हो ।

बिश्व धुम्रपान दिवसको अवसरमा नेपालगञ्जमा धुम्र पान बिरुद्ध एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको बास नेपालले सोही कार्यक्रमबाट जनचेतनाका लागि स्टिकर प्रकाशन गरि सार्बजनिक यातायातका साधनहरु र सरकारी कार्यालयहरुमा टाँस गर्ने उद्धेश्यका साथ प्रकासन गरिएका स्टिकारहरुलाई आज जिल्ल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेश श्रेष्ठ बाट पदर्शन गरिएको हो ।

सुर्तीजन्य पदार्थको सेवनबाट हुने असरहरूबारे जनचेतना फैलाउनुका साथै सेवन पश्चात मानबिय शरिरमा पर्ने असर जस्तै फोक्सो, मुख, घाँटी लगायतको क्यान्सर मुटु रोग, उच्च रक्तचाप हुने असरहरुका नागरिक सम्म जनचेतना पुर्याउने उद्धेश्यका साथ प्रशासन गरिएका स्टिकरहरुमा धुम्रपान, यसले लिन्छ तपाँईको ज्यान, सुर्तिजन्य पदार्थको आकर्षक चाल प्राणघातक असर चिर्रौ यो मोहजाल अंकित नारा लेखिएका थिए ।

सहभागीहरुले उक्त नारा लेखिएका स्टिकर समाएर सार्बनिक गरिएको स्टिकर प्रदर्शन कार्यक्रम बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेका थिए ।

  • २२ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • Nabintech