जातीय भेदभाव र छुवाछुत दिवसको अवसरमा अन्तरक्रिया

असल शासन प्रतिनिधि

नेपालगञ्ज /  जातीय भेदभाव र छुवाछुत दिवसको अवसरमा आज एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

बास नेपालले आज बास नेपालको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरि जातीय भेदभाव र छुवाछुत जस्ता विभेदकारी व्यवहारको अन्त्य गर्नको लागि जनचेतना फैलाउन, दलित तथा उत्पीडित वर्गका अधिकारप्रति सम्मान अभिवृद्धि गराउन,समानता, समावेशिता, र सामाजिक न्यायको प्रवद्र्धन गर्न,कानुनी रूपमा छुवाछूत अपराध हो भन्ने सन्देश जनस्तरसम्म पु¥याउन उक्त कार्यक्रमको आयोजना गरेको हो ।

बास नेपालको आयोजना र दलिता महिला संघ फेडोको सहकार्यमा आयोजित अन्र्तक्रियामा सहभागीहरुले जातीय छुवाछूतकै कारण आफुले जिवनमा भोग्नुपरेका अनुभवहरु सुनाएका थिए ।

जातिय छुवाछुत अन्त्य गर्न म प्रतिबद्ध छु, आउनुहेश हामी बराबरीको समाज निर्माण गरांैं,आफुलाई फरक देख्नु कानुनी मात्र हैन नैतिक अपराध हो,म सबै जनताको सम्मान गर्छु जस्ता नारा अंकित प्लकार्डहरु प्रदर्शन गरिएको थियो ।

२० जना सहभागीता रहेको उक्त कार्यक्रमको बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन कार्यक्रम व्यबस्थापक रमिता शाहले गरेकी थिईन् ।

  • २२ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • Nabintech