दिन प्रतिदिन बढिरहेको तापक्रमले समस्या निम्त्याउँदैछ : मन्त्री चौधरी

ईन्द्रा कुमारी केसी

कैलाली /सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले दिन प्रतिदिन बढिरहेको तापक्रमले समस्या निम्तयाउदै गइरहेको बताउनु भएको छ । डिभिजन वन कार्यालय पहलमानपुरले वातावरण दिवसको अवसरमा बिहीबार कैलालीको घोडाघोडीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रत्येक वर्ष ।७ डिग्री तापक्रम बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, अहिले ४८, ४९ डिग्री तापक्रम बढिरहेको छ अबको १० वर्षमा ५४, ५५ सम्म बढ्न सक्ने खतरा छ । यसलाई कम गर्नका लागि सबैले वृक्षारोपण गर्नुपर्छ, चौधरीले भन्नु भयो । वातावरण जोगाउनका लागि आजै बाट प्रति व्यक्तिले ५ देखि दश ओटा सम्म रुख बिरुवाहरू रोप्नु पर्ने उहाँ बताउनु हुन्छ ।

प्लास्टिक प्रदूषण नियन्त्रण हाम्रो दायित्व भन्ने मूल नाराका साथ यो यस पटक वातावरण दिवस मनाइएको हो ।
मन्त्री चौधरीले दैनिक जीवनमा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग न्यून गर्नुपर्ने पनि बताउनु भयो । प्लास्टिकले वातावरण लाई मात्र होइन जमिनको उर्वरा शक्तिलाई पनि कम गर्छ उहाँले भन्नु भयो, हामीले गर्ने क्रियाकलापले वातावरण दिनानुदिन दिन प्रदूषण भइरहेको छ ।

वन विनाशका कारण वातावरणमा परेको असरले सिमसार क्षेत्र, पानीको मुहान, विभिन्न ताल तलैयाहरू सुक्दै गएका छन् यस तर्फ सबैको ध्यान जान आवश्यक छ उहाँले भन्नु भयो । कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले सहजताका लागि पलाष्टिकको प्रयोग गरे पनि त्यसले वातावरणमा प्रत्यक्ष असर पारिरहेको बताउनु भयो ।
डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले वातावरण संरक्षणका लागि सबै जना एक हुनु पर्ने बताउनु भयो ।

एक जनाले संरक्षण गरेर केही हुँदैन उहाँले भन्नु भयो, “सबै निकायहरू एकजुट हुनु पर्छ ” ।
विभिन्न संरक्षकर्मिहरुले बोलेको कार्यक्रममा“प्लास्टिक होइन प्रकृति रोजौँ”, “प्रदूषण हटाऊ पृथ्वी बचाऔ”, “पुन प्रयोग गरौँ, पुन उपयोग गरौँ, पुन चक्रण गरौँ” लगायतका नारा लगाई ¥याली समेत निकालिएको थियो ।

  • २३ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech