जसले श्रीमतीको शालिक बनाए

असल शासन प्रतिनिधि

तुलसीपुर, दाङ/  नापी कार्यालय घोराहीका नापी अधिकृत ४१ बर्षीय भक्तबहादुर बिक कार्यालय आउँदा जहिलै ३५ बर्षको उमेरमा स्वर्गिय भएकी श्रीमती आशाकुमारी नेपाली बिकको शालिकलाई चुम्मन गर्छन् ।

कार्यालय फर्केपछि हरेक साँझ संभव भएसम्म शालिक नजिकै दियो बाल्छन् । यस्तो गर्दा भक्तबहादुरको आधा तनाब दुर हुन्छ । अझैंपनि आशा संगै छिन भन्ने महसुश गर्छन् ।

‘ म बिदाको दिनमा घरमै छु भने आशाको शालिकमा समय समयमा चुम्बन गरि रहन्छु र संभव भएसम्म आँफै हरेक साँझ दियो बाल्छु,’ उनले भने ‘ त्यसो गर्दा मेरो आधा स्ट्रेट कम हुन्छ र उनी संगै छु भन्ने फिल हुन्छ ।’

यतिखेर भक्तबहादुरले श्रीमतीको शालिकमा चुम्मन गरेका र शालिक नजिकै दियो बालेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बन्दै गएका छन् । धेरै सर्वसाधारणले उनको कार्यको तारिफ गरेका छन् ।

आशाको २०८० भदौ १४ गते दाङको घोराही उपमहानगरपालिका – १५ मध्य रतनपुरस्थित घरमै मृत्यु भएको थियो । उनीहरुका ५ बर्षीया छोरी सिन्थिया करला र साढे २ बर्षका छोरा सिएन करला छन् ।

भक्तबहादुर र आशा घोराही भरतपुरस्थित महेन्द्रबहुमुखी क्याम्पसमा पढ्दा भेट भएका थिए । जतिखेर उनीहरु वन कार्यालय नजिकैको चोकमा एउटै घरमा डेरा बस्थे । बिहे अघि सामान्ने बोलचाल सम्म हुने उनीहरका बीचमा आपसमा उनीहरुका बीचमा प्रेमको मुना टुसाइ सकेको थियो ।

भक्तबहादुरले आशाको हात माग्न अभिभावकलाई तुलसीपुर उपहानगरपालिका – १८ अक्कासीमा पठाए ।
२०६२ भदौ १ मै भक्तबहादुर अमिन भइ सकेका थिए ।

सरकारी जागिर केटा माग्न आएपछि आशाको बुवा आमाले बिहे गरि दिए । २४ का भक्तबहादुर र २० की आशा २०६४ फागुन ८ गते बिवाह बन्धनमा बाँधिए । जतिखेर भक्तबहादुर ब्याचरल र आशा एकै कलेजमा प्लस टू पढी रहेका थिए ।
दुबै मेहनती थिए । भक्तबहादुर २०६८ माघ ८ मा सर्बेक्षक भएका थिए भने २०७४ मा अधिकृत । आशाले पनि मेहनतका साथ पढ्थिन । उनी एमएड उत्तिर्ण हुन ।

भक्तबहादुर र आशाको जीवन सहज, सरल र प्रेमिल थियो । जागिरको दौडानमा जहाँ सरुवा हुन्थ्यो, भक्तबहादुरले आशालाई पनि साथमै लिएर जान्थे । त्यसैले उनीहरु प्राय भाडामै बसे । घोराहीस्थित घरमा बुवा भिमबहादुर र आमा पार्वती मात्रै बस्थे । आशा छोरा जन्मिएपछि भरखरै घरमा बस्न पाएकी थिइन ।

पुर्खेउली घर बबई गाउँपालिका – ५ पञ्चकुलेमा थियो । त्यो बेचर पछि बबई – ७ चरकमटियामा बस्न थाले । घरबाससहित केही जग्गा जमिन अझैंपनि त्यहाँ छ । घरको आर्थिक अवस्था बलियो थिएन । जग्गाको उत्पादनले खान लाउन पुग्दैन थियो ।

भक्तबहादुर र आशाले जागिरबाट प्राप्त हुने पैंशा फारु गरि खर्चिन्थे । घोराही –१५ मा अधिकृत भइ सकेपछि भक्तबहादुरले साढे ९ धुर जग्गा किनेका थिए । पछि त्यसैमा घर बनाएर बस्न थालेका हुन ।

आशाको मृत्यु आमाशयको क्यान्सरबाट भएको हो । छोरा सिएन जन्मेको ३ महिना पछि आशालाई पहिलो पटक क्यान्सरको लक्षण देखिएको थियो । काठमाडौंस्थित ह्याम्स हप्लिटमा क्यान्सरको पहिचान भएको थियो ।
भक्तबहादुरले श्रीमतीलाई जोगाउन धेरै उपचार गरे ।
दिल्लीको अपोलो अस्पतालमा पुर्‍याए । प्रत्येक १२ दिनमा किमो चढाउनु पथ्र्यौ । आशालाई ८ वटा किमो चढाए पछि अप्रेसन गरिएको थियो । तर, अप्रेसन पछि पनि आशालाई बिषेश भएन । भक्तबहादुरका अनुसार आशाको उपचार गर्दा उनको ७० हजार खर्च भएको थियो ।

अफिसका स्टाप, साथी भाइ, आफन्त सबै संग ऋण खोजेर उपचार गरेका थिए । अझैं आशाको उपचार गर्दा लागेको ऋण ४० हजार तिर्न बाँकी रहेको भक्तबहादुर बताउँछन् ।

आशाले प्राण त्यागेको मंगलबार २१ महिना ६ दिन पुगेको छ । उनीहरुले १५ बर्ष संगै जीवन बिताएका थिए ।
गत भदौ ४ गते आशाको तिथीको दिन भक्तबहादुर आँफैले शालिक घरभित्र स्थापना गरि अनावरण गरेका थिए ।

श्रीमती आशाको शालिक निर्माणका लागि भक्तबहादुरले ६ महिना पहिलै अडर दिएका थिए । भारत राजस्थानको जयपुरमा आशाको शालिक निर्माण गर्न लगाएका थिए । ढुवानीसहित शालिक निर्माणमा एक लाख भन्दा बढी भारतीय रुपैयाँ खर्च भएको भक्तबहादुरले बताए ।

भक्तबहादुरले श्रीमती आशाको शालिक घरको भर्‍याङ चढ्ने मुखमै स्थापना गरेका छन् । त्यसको कारण आँफु कोठामा भित्र प्रवेश गर्दा वा निस्कदा आशालाई देख्न पाइन्छ भन्ने रहेको भक्तबहादुरले बताए । भक्तबहादुरले श्रीमती वा प्रेमीकै यादमा बिगतमा राजा महाराजाहरुले नेपालको रानी महल र दिल्लीको ताज महल बनाएको कथा पढेका थिए ।

आशाका लागि ठूला संरचना निर्माण गर्न नसकेपनि त्यस्तै केही जीवन भर याद आउने बस्तु निर्माण गर्छु भन्ने भक्तबहादुरलाई लाग्यो । उनले यो बीचमा आशा प्रति समर्पित एउटा कितावपनि प्रकासित गरेका छन् । ‘आशा – भोगाइ र संघर्षको सस्मरण’।

मान्छे भौतिक रुपमा मरि सकेपछि हिन्दु धर्म अनुसार मृतकका लत्ता कपडादेखि यादआउने सबै चिजबस्तु जलाएर खरानी बनाइएको कुराले भक्तबहादुरलाई पोलिरहन्थ्यो ।
‘ मलाइ दुःख र तनाबको समयमा मैले आँशु बगाउँदा आशाले आँशु पुछिदिन्थिन र आजपनि मलाई दुःख वा तनाब हुँदा उनकै शालिक अगाडि बसेर आँशु झार्ने गर्छु,’ भक्तबहादुरले भने ‘ अर्को कुरा आशाको प्रत्येक जन्मदिन र तिथीमा म उनलाई नजिक बाट संझन पाइ रहने छु भन्ने लाग्छ ।’

भविश्यमा बच्चाहरुले पनि आफ्ना आमा आशा कस्ती थिइन भनेर बुझ्न सक्ने छन् भन्ने मलाई लाग्छ ।
भक्तबहादुर स्वर्गिय श्रीमती आशालाई आजपनि अगाढ प्रेम गर्छन । मुख्य गरि भक्तबहादुरले कुनै योजना बुन्दा आशाले नै अगाडि बढ्न ढाड्स दिन्थिन । भक्तबहादुरका गलत र कमजोरी औंल्याइ दिन्थिन ।
भक्तबहादुरलाई लाग्छ आशा उनको सफलताको लागि एकजना गुड कमेन्टर थिइन ।
भक्तबहादुरका अनुसार उनी आँफु अधैर्य, तातो स्वभावको र छिटो निर्णय लिने खोज्थे । तर, आशा ठिक बिपरित थिइन । धैर्यबान र धेरै सोचर मात्रै निर्णय लिने गर्थिन ।

‘ उनी सुरुदेखि नै मलाई संगै राखेर भात भान्साको काम सिकाउन खोज्थिन र म लुगा धुन्छु तपाँइ पखालेर सहयोग गर्नुहोस भन्ने आग्रह गर्थिन, तर मलाई ती काम भिजो लाग्थे,’ भक्तबहादुरले भने ‘ त्यो भनेको मेरो जीवन छोटो छ तिमीले यी सबै जीवन ब्यबहारका कुरा जान्न जरुरी छ भन्न खोजेकी रहिछन भन्ने आज लाग्छ ।’

श्रीमतिको अवशान पछि यादमा शालिक बनाउन लगाएर घर भित्रै राखेका भक्तबहादुरको कार्यको धेरैले राम्रो भन्न थालेका छन् । तर, ५ बर्षीया छोरी सिन्थिया करलाको कुराले भने कहिले काँही भक्तबहादुरलाई अप्ठेरो पारिदिन्छ ।

‘ सानी छोरीले कहिले मेरो मामु दिल्लीमा बसेर मुर्ती बनाउनु हुन्छ र आफ्नो मुर्ती बनाएर हामीलाई पठाइदिनु भएको हो नि बाबा भनेर सोध्ने गर्छिन भने कहिले काँही बाबा मामुलाई भिडियो कल गरौंन भनेर हैरान पार्छिन , त्यस्तो बेला मलाई आशाका यादहरुले झनै लखेट्ने गर्छन,’ उनले भने ।

४१ बर्षीय भक्तबहादुरलाई साथी भाइ आफन्त सबैले फेरि बिवाह गर्नु पर्छ भन्दै आएका छन् । तर, उनी के गर्ने नगर्ने भन्ने निश्चय गरि सकेका छैनन् ।
‘ म अझैं जीवन नजिकबाट बुझिरहेको छु,’ उनले भने ‘ बास्तबमा भन्ने हो भने म आशा बिना कन्फ्यूजनमा परेको छु ।’
पहिला खलबलिएको घरको आर्थिक अवस्था सुधार्न र छोरा छोरीको भविश्य सुधार्न ध्यान दिने भक्तबहादुर बताउँछन् ।
‘भविश्यमा के हुन्छ म अहिलै दाबीका साथ भन्न सक्दिन,’ उनले भने ‘ तर, मेरी आशाको याद, प्रेम र संझनाहरु म जतनका साथ जोगाइ राख्ने छु ।’

  • २५ जेष्ठ २०८२, शनिबार प्रकाशित

  • Nabintech