नेपालगन्ज/रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाल बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालन भएको महोत्सवमा सहभागी हुन पुगेकी गायिका रिमाल अकस्मात बिरामी भएपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पुर्याइएको हो
कार्यक्रम मंगलबारका लागि तय भएको थियो । रिमाललाई एक्कासि पेट दुख्ने समस्या आएपछि थप उपचारका लागि काठमाडौं लगिएको बताइएको छ । गायिका रिमालको अहिले काठमाडौंस्थित ह्याम्स हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको छ ।