नेपालगञ्ज/ बास नेपालको आयोजनामा महिला तथा किशोरीहरुका लागि प्रशिक्षक, प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जेष्ठ २२ गते शुरु भएको तालिम बुधवार सम्पन्न भएको हो ।
बढ्दो लैंगिक हिंसा न्यूनीकरणका लागि सुरक्षित समाज निर्माणका लागि आत्मसुरक्षाको बिधि अवलम्बन गर्नका लागि आत्मसुरक्षाका बिषयमा तालिम प्रदान गरि प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यका साथ शुरु भएको तालिम सात दिन सम्म सञ्चालन भएको थियो ।
तालिमको समापनमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाकी महिला बिकास अधिकृत पवित्रा पुरीले प्रशिक्षक, प्रशिक्षण तालिमका सहभागिहरुलाई आत्मसुरक्षा तालिम प्रदान गर्नका लागि परिचालन गरिने बताईन् ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको तालिम समापनमा महिला तथा बालबालिका शाखाकी अधिकृत आशा शाही, प्रशिक्षक राधिका ऐर हमाल लगायतले बोलेकि थिईन् ।
संस्थाकी महासचिव कल्पना अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहभागिहरुका तर्फबाट शोभा भण्डारी र नन्दिता बर्माले प्रतिकृया मन्तव्य व्यक्त गरेकि थिईन् । केन्द्रीय उपाध्यक्ष दिला शाहले स्वागत गरेको कार्यक्रममा कार्यकारी निर्देशक नमस्कार शाहले उद्धेश्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा सहभागिहरुले बिभिन्न प्रश्तुतिकरणहरु गरेका थिए । तालिममा २० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षक राधिका ऐर हमाललाई मायाको चिनो प्रदान गरिएको थियो ।