उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार भएको छ ।
ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका अपताब आलमलाई उन्मुक्ति दिने निर्णयमा संलग्न रहेका न्यायाधीश थारुलाई नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै पुगेर न्यायाधीश मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।