सुर्खेत
युरोपियन युनिययनका सहायक मिसन प्रमुख टोम मिलरले कर्णाली प्रदेशमा मानव अधिकार रक्षकका लागि राम्रो काम भएको बताएका छन । २०८२ जेठ २९ गते कर्णाली प्रदेशका पत्रकारहरुसँग छलफल गर्दै उक्त कुरा बताएका हुन । कर्णाली प्रदेशमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी विधेयक प्रदेश सभामा प्रस्तुत हुने तयारी रहेको इन्सेक र मानव अधिकार आयोग सक्रिय रहेको पाइएको उनले बताए। कर्णाली प्रदेशको मानव अधिकार अवस्थाबारे बुझ्न युरोपियन युनियनको नेतृत्व गर्दै सुर्खेत आएको टोलीले सुर्खेतमा मुख्यमन्त्री यमलाल कडेल, मुख्यसचिव, सिडिओ, डीएसपी, नागरिक समाजका प्रतिनिधि तथा मानव अधिकार रक्षकसँग भेटघाट गरेको थियो ।
यसैगरी सोही टोलीले दैलेखका मानव अधिकारकर्मी तथा सिडिओ, डीएसपीसँग भेटघाट गरी मानव अधिकार रक्षकको अवस्थाबारे छलफल गरेको थियो । दुई दिनको कार्यक्रमका क्रममा भएका छलफल तथा भ्रमणको निष्कर्षबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारद्वारा सोधिएका प्रश्नको जवाफ दिँदै मिलरले भने कार्यस्थलमा मानव अधिकार रक्षक असुरक्षित रहेको र मानव अधिकार हनन् का विषयमा सरकारले काम गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा उपस्थित पत्रकारहरुले पछिल्लो समय सामाजिक सञ्जाफ मार्फत महिला र सिमान्तकृत वर्गलाई बढी प्रभावित बनाएको विषयमा पनि जिज्ञासा राखेका थिए । पत्रकार सम्मेलनमा फिनल्यान्ड दूतावासकी प्रतिनिधि Enbuska petra, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, कोक्याकी स्वीटजरल्याण्ड दूतावासकी प्रतिनिधि प्रतिज्ञा बास्कोटाले पत्रकारहरुका जिज्ञासाको समाधान गरेका थिए ।