काठमाडौँ / काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक गतिविधिमा संलग्न दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार लगिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका प्रसाई सहित ७ जनालाई गए राति थुनामा पठाउन आदेश गरेका थिए।
पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएका सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। राति झण्डै साढे १२ बजे आदेश आएपछि उनीहरु सात जना र धरौटी बुझाइनसकेका ६ जना गरी १३ जनालाई डिल्लीबजार कारागार लगिएको छ। ६ जना भने धरौटी बुझाइपछि रिहा हुनेछन् ।
अ