सत्तापक्ष र विपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ ।
शुक्रबार सत्तापक्षका तर्फबाट नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट नेकपा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन् ।
सहमति पछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने भनिएको छ । सहमतिमा रास्वपाले भने हस्ताक्षर गरेको छैन ।