नेपालगञ्ज/ लामो समय देखि सामुदायिक बिकासमा क्रियाशिल महिला मिलिजुली संस्थामा आबद्ध व्यक्तिहरुले बास नेपालमा अवलोकन भ्रमण गरेका छन् ।
सिकाई आदान, प्रदान गर्ने उद्धेश्यले सो अवलोकन भ्रमण गरिएको हो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, केन्द्रीय सचिव जोशिना थारु लगायतले महिला मिलिजुलि संस्थाका पदाधिकारीहरुलाई स्वागत गरेका थिए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बास नेपालले गरिरहेका कार्यहरु बारे जानकारी दिएका थिए भने महिला मिलिजुली संस्थाले गरिरहेका कार्यहरु बारे संस्थाकी अध्यक्ष गिता कोईराला, पूर्ब अध्यक्ष संगिता राई, सुनिता बोहरा, कार्यक्रम संयोजक गजे थापा लगायतले जानकारी दिएका थिए । अवलोकन भ्रमणमा सिकाई आदान, प्रदान गरिएको थियो ।
कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी लगायतले बोलेका थिए ।
अवलोकन भ्रमणमा सो संस्थाका कार्यसमिति पदाधिकारी, सदस्य र कर्मचारी सहभागि थिए । सो अवसरमा सिकाई आदान, प्रदान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरिएको थियो ।