कर्णालीको बजेटमा माओवादी असहमत

असल शासन प्रतिनिधि

कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटमा माओवादीले असहमति जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको आरोप लगाउदै बिरोध जनाएको हो ।

योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक गर्नुपर्ने र संसदमा मुख्यमन्त्री यामलाल कँडेलले गरेको प्रतिबद्धता अनुसार जिल्लाबाट सिफारिस योजनाहरु समेत बजेटमा समावेश नहुँदासम्म संसद् बैठक बहिस्कार गर्ने माओवादी संसदीय दलको बैठकले निर्णय गरेको छ ।

आइतबार दिउँसो तीन बजे प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२ ०८३ को वार्षिक बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको भएपनि बजेटमा माओवादीले असन्तुष्टि देखाएपछि बैठक बस्न सकेको छैन ।

 

  • १ असार २०८२, आईतवार प्रकाशित

  • Nabintech