भारत/नेपाली जन सम्पर्क भारत को ४९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न भएको छ ।
पश्चिम भारत क्षेत्र महाराष्ट्र, गुजरात र गोवाका अध्यक्ष महोन सिजापतीको अध्यक्षतामा दिवस मनाईएको हो ।
समितिको केन्द्रीय कार्यालय मुलुडमा भएको स्थापना दिवस कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय उपाध्यक्ष खडक सिंह बम प्रमुख अतिथी थिए ।
कार्यक्रममा संस्थापक सदस्य देवी सिंह खडका, केन्द्रीय सदस्य गोबिन्द थापा, केन्द्रीय सदस्य मीन बहादुर बोहरा, केन्द्रीय आमन्त्रित सदस्य चेतमान बोगटी, प्रेम बि.क., जंग बि.क., जैसिंह बि.क., क्षेत्रीय उपाध्यक्ष तिर्थराज तिमिल्सिना, क्षेत्रीय कोषाध्यक्ष नेत्र नेगी, क्षेत्रीय सहकोषाध्यक्ष बिष्णु मल्ल, क्षेत्रीय संगठन सचिव जितुराज थापा, क्षेत्रीय पुर्व संगठन सचिव अमर बोहरा, क्षेत्रीय सदस्य विपिन भण्डारी, प्रकाश लम्साल, नेत्र देव गिरि, श्याम योगी, महासंघ भारतका पूर्व अध्यक्ष धिर बहादुर रावल, अधिबक्ता मीन बहादुर रावल, नेजस पश्चिम भारत क्षेत्रीय महिला संघकी अध्यक्ष मनिसा खनाल, कोषाध्यक्ष हेमा थापा, शाखा अध्यक्षहरु दिपक रिजाल, चन्द बोहरा, शुरेन्द रावत, नेत्रराज पुरी, गोपाल बिक, प्रकाश लामिछाने र पत्रकार ललिता मलातिको उपस्थिती रहेको थियो ।
कार्यक्रम संचालन पश्चिम भारत क्षेत्रका महासचिव संतोष बिष्टले गरेको थिए । कार्यक्रममा ६० भन्दा बढी बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो ।