नेपालगञ्ज/ उपमहानगरपालिकाको मातहतमा रहेका ६ वटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्पन्न भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा ६ स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण सम्पन्न भएको हो ।
वडा नम्वर १० मा रहेको सहरि स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण अन्र्तगत आम भेला सम्पन्न भएको छ ।
सामाजिक परीक्षक माधव कार्कीले सहजिकरण गरेको कार्यक्रममा सामाजिक परीक्षणका क्रममा प्राप्त तथ्यहरु प्रश्तुत गरिएको थियो भने स्वास्थ्य संस्थाले प्रबाह गर्ने सेवा, सुबिधा बारे स्वास्थ्य ईञ्चार्ज भागिराम चौधरीले प्रगति प्रतिबेदन प्रश्तुत गरेका थिए ।
४० जनाको सहभागिता रहेको सो कार्यक्रममा वडा नम्वर १० का कार्यबाहक अध्यक्ष दिपेन्द्र श्रेष्ठ, व्यवस्थापन समिति उपाध्यक्ष, नेपालगञ्ज उपमहानगरपालिकाकी कार्यपालिका सदस्य बिना थापा, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, वडा सचिव शान्ता घर्ति, व्यवस्थापन समिति सदस्य बिनिता श्रेष्ठले सहभागिका प्रश्नहरुको उत्तर दिएका थिए ।
आम भेलाको अन्तमा ४ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ, व्यक्त गरिएका प्रतिबद्धताहरुमा आमा समूहका सदस्यहरुलाई स्वास्थ्य सम्वन्धि सचेतनामुलक तालिम सञ्चालन गर्ने, जेष्ठ नागरिक प्रबद्र्धन कार्यक्रम लागु गर्ने, प्रेशर, सुगरका बिरामीहरुलाई निःशुल्क औषधि उपलब्ध गराउने र आमा समूहको संस्थागत बिकास गर्ने रहेका छन् ।
यसैगरि वडा नम्वर ३ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रको सामाजिक परीक्षण अन्र्तगत आम भेला सम्पन्न भएको छ ।
सामाजिक परीक्षक शिव कुमार बार्मले सहजिकरण गरेको कार्यक्रममा सामाजिक परीक्षणका क्रममा प्राप्त तथ्यहरु प्रश्तुत गरिएको थियो भने स्वास्थ्य संस्थाले प्रबाह गर्ने सेवा, सुबिधा बारे स्वास्थ्य ईञ्चार्ज मदन बिकले प्रगति प्रतिबेदन प्रश्तुत गरेका थिए ।
४० जनाको सहभागिता रहेको सो कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष अयुव सिद्धिकी, वडा सदस्यहरु मोहम्मद जमाल हल्वाई, बसन्ति कनोजिया, कम्रु निशा अन्सारी, वडा सचिव महेश कुमार यादव, स्वास्थ्य महाशाखा सिनियर अनमि निरिक्षक प्रेमा कुमारी बिसिले सहभागिका प्रश्नहरुको उत्तर दिएका थिए ।
आम भेलाको अन्तमा ३ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ, व्यक्त गरिएका प्रतिबद्धताहरुमा स्वास्थ्य संस्था हाल बहालमा बसिरहेकाले तत्काल आफ्नै भवनमा सर्ने, ११ महिना देखि उपलब्ध नभएका नियमित प्रयोग हुने औषधिहरु आपुर्ति गर्ने, केन्द्रमा ३ जना मात्रै कर्मचारी रहेकाले कर्मचारी माग गर्ने रहेका छन् ।
यसैगरी वडा नम्वर ४ मा रहेको सहरि स्वास्थ्य प्रबद्र्धन केन्द्रको सामाजिक परीक्षण अन्र्तगत आम भेला सम्पन्न भएको छ ।
सामाजिक परीक्षक शिव कुमार बर्माले सहजिकरण गरेको कार्यक्रममा सामाजिक परीक्षणका क्रममा प्राप्त तथ्यहरु प्रश्तुत गरिएको थियो भने स्वास्थ्य संस्थाले प्रबाह गर्ने सेवा, सुबिधा बारे सन्देश शाहीले प्रगति प्रतिबेदन प्रश्तुत गरेका थिए भने कार्यक्रममा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
३६ जनाको सहभागिता रहेको सो कार्यक्रममा वडा नम्वर ४ का कार्यबाहक अध्यक्ष रुमिता श्रेष्ठ, वडा सदस्यहरु मोहम्मद सलिम मुसलमान, स्वास्थ्य ईञ्चार्ज डा. शंकर केसी, उत्तम सिंह सिजापति, वडा सचिव सुरेश पुन, स्वास्थ्य महाशाखा अधिकृत जागेश्वर बस्नेतले सहभागिका प्रश्नहरुको उत्तर दिएका थिए ।
आम भेलाको अन्तमा ६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ, व्यक्त गरिएका प्रतिबद्धताहरुमा स्वास्थ्य केन्द्रको बोर्ड नयाँ राख्ने, स्वास्थ्य केन्द्रमा भएका उपकरणहरु प्रयोग गर्ने, आमा समूहको बैठकमा खाजा उपलब्ध गराउने, गर्भवती महिलाहरुलाई पोषणयुक्त खाने कुरा उपलब्ध गराउने, निःशुल्क औषधि उपचार गर्ने लगायत रहेका छन् ।
यसैगरि आधारभुत स्वास्थ्य केन्द्र वडा न. ७ को आम भेला सम्पन्न भएको छ । आम भेलाको अन्तमा आमा समुहको व्यवस्थापनको लागि खाजा व्यवस्थापन गर्ने, सुत्केरिहरुका लागि पोषणयुक्त खानाको व्यवस्थापन गर्ने लगायत रहेका छन् । वडा नम्वर ७ की कार्यबाहक अध्यक्ष कल्पना सुनारको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य अधिकृत बिनोद बि कको उपस्थिती रहेको थियो । उक्त आम भेलाको सहजिकरण सामाजिक परीक्षक कल्पना अधिकारीले गरेकि थिईन् ।
यसैगरी बास नेपालको सहजिकरण र नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर ८ मा रहेको शहरी स्वास्थ्य केन्द्रको सामाजिक परिक्षणको नतिजा तथा आम भेला कार्यक्रम सम्पन्न भएकोछ ।
सामाजिक परिक्षणमा ८० जना भन्दा बढिको सहभागिता रहेको थियो । शहरी स्वास्थ्य केन्द्रको ब्यबस्थापन समिति सदस्य तथा स्वयमंसेबिका शान्ति राणाले स्वागत गरेको कार्यक्रममा स्वास्थ्य संस्थाको सक्षिप्त प्रगति तथा सेवा सुबिधा बारे प्रस्तुतिकरण कार्यालय प्रमुख केशब राज पौडेलले प्रकाश पारेका थिए । आचारसंहिता तथा सामाजिक परिक्षणको नतिजा प्रस्तुतिकरण गत वर्ष गरिएको प्रतिबद्धता सम्बन्धमा सामाजिक परिक्षक रमेश सिटौलाले प्रस्तुतिकरण गरेका थिए ।
खुल्ला छलफलमा गत बर्ष भएको कार्ययोजना तथा प्रतिबद्धता बारे बृहत सवालज वाफ र पुरा हुन नसकेको प्रति स्थानिय स्वयमंसेबिका तथा सेवाग्रहीहरुले गुनासो गरेका थिए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत सरोज रिमाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अन्तमा सेवाग्राहीको लागि उचित खानेपानिको ब्यबस्था गर्ने, सेवाग्रहीको सुबिधाको लागि सुलभ शौचालनको ब्यबस्थापन गर्ने, सेवाग्रहीको सुबिधाको लागि हल र लबिमा सिलिङ्ग पंखाको ब्यबस्थापन गर्ने रहेका छन् । आमभेलामा गरिएको प्रतिबद्धता बमोजिम कार्यक्रम सम्पन्न भए १ घण्टा भित्रनै वडा अध्यक्ष रजनिश बाजपेयी र सदस्य बिमला देबि बैश्यज्यूको पहलमा आवश्यक सिलिङ्ग पंखा जडान गरिएको छ ।
यसैगरी नेपालगञ्ज वडा नम्वर १ को सहरी स्वास्थ्य केन्द्रको समेत आम भेला सम्पन्न भएको छ । सो भेला सामाजिक परीक्षक दिला शाहले सहजिकरण गरेकि थिईन् ।