मंसिर १७
नेपालगञ्ज / भेरी नगरपालिका वडा नम्बर १,२ र ३ को संगम स्थल त्रिवेणी धाम शिव मन्दिर प्राङ्खण जाजरकोटमा तिनगारै साङटा त्रिवेणी श्रृङ्खारिक महाआरती धर्म जागरण सप्ताह महोत्सव हुने भएको छ ।

भेरी नगरपालिका वडा नम्बर १,२ र ३ को संगम स्थल त्रिवेणी धाम शिव मन्दिर धर्म जागरणको आयोजनामा मंसिर २४ गते देखी पुष १ गते सम्म सञ्चालन गर्न लागिएको त्रिवेणी श्रीङ्खारिक महाआरती धर्म जागरण सप्ताह महोत्सव २०८२ मा भारतको काँसी बिश्वनाथ तथा नेपालको पशुपतिनाथमा हुने बिश्व प्रशिद्ध श्रीङ्खारिक महाआरती दर्शन सु संस्कारित समाज निर्मार्ण राष्ट्रिय कलाकारको उपस्थितिमा भजन किर्तन प्रबचन, बाल संस्कार आदि धार्मिक जनजागरण कार्यक्रमहरु आयोजना हुने भएको छ ।

मंसिर २४ गते बिहान १० बजे देखि शुरु हुने बिशाल कलश यात्रामा प्रत्येक ववडाबासीहरुले आ आफ्नो घरबाट कलश सजाएर ल्याउनुका साथै बिभिन्न संस्थागत ब्यानर सहित उपस्थित भएर कलश यात्रा शुरु हुने महोत्सव सचिवालयले जानकारी गराएको छ ।
रिसाङखोला, दारखोला र कोटखोलाको संगमस्थल तिनगारै साङटामा आवस्थित त्रिबेणी धामलाई जाजरकोटकै नमुना धार्मिक पर्यिटकिय स्थल निर्माणका लागि आयोजना गर्न लागिएको त्रिवेणी श्रीङ्खारिक महाआरती धर्म जागरण सप्ताह महोत्सव मुल समारोह ससिमतिका अध्यक्ष बबी कार्कीले असल शासन प्रतिनिधिलाई बताए । कार्कीले भने २४ गते कल्यानपुर स्कुल देखि तिलगारै साङटा सम्म कलश यात्रा गरि धार्मिक महोत्सवको शुभारम्भ गरिने छ ।











