नेपालगन्ज उमहानगरपालिका वडा नम्बर १ विशालनगरमा दूध डेरी पसल सञ्चालन गर्दै आएका प्रकाश शर्मा (ढुंगाना) सम्पर्क विहिन भएका छन् । नेपालगन्ज विशालनगर चोकमा दूध डेरी सञ्चालन गर्दै आएका प्रकाश विगत १ महिना देखि सम्पर्क विहिन भएका हुन् ।
घरबाट कार्तिकको १८ गते उपचारको लागि भारतको लखनऊ जान्छु भनी निस्किएका प्रकाश फर्केर नआएको उनकी श्रीमती मीना अधिकारीले जानकारी दिइन् । ४८ वर्षीय प्रकाश लामो समय देखि दूध व्यवसाय गर्दै आएका थिए । बिहान सबेरै पसल खोलेर कारोबार गरी दिउँसो निस्किएका उनी आजसम्म फर्केर नआएको अधिकारीले बताइन् ।











