नाम मनोज गौतम
कार्यक्रम सहायक, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया
१. तपाईको जीवनको आर्दश के हो ?
मेरो आदर्श मेरो बुवा हुनुहुन्छ ।
२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्गु भयो ?
मेरा परिवार मेरा अग्रज सरहरु मेरा प्रेरणाका स्रोत हुनुहुन्छ ।
३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
मेरो पेशा सँग जोडिएको बिषयमा सकेसम्म समाजलाई बुझाउन प्रयत्न गर्ने, मानव बन्यजन्तु सह अस्तित्व कायम गरि प्राकृतिक स्रोतलाई दिर्घकालिन समय सम्म आबश्यक रहेको जानकारी गराउने काम गरिरहेको छु ।
४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
मेरो २ सन्तान जन्मिदाको क्षण मेरो जिवनको अबिश्मरणिय क्षण हो ।
५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
देशको कानुनको परिधि भित्र रहेर सबै ब्यक्तिको हक अधिकार प्राप्त भएको ब्यवस्थालाई असल शासन भनिन्छ ।
६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
आफुले गरेको कामबाट सबैलाई खुशि राख्ने नै मेरो प्रतिबद्धता रहेको छ ।











