कुरो केही दिन अगाडीको हो काम बिशेषले लुम्बिनी प्रदेश मन्त्रालय जाने अवसर मिलेको थियो । जहाँ प्रबेश गर्दा लाग्छ सिँहदरबार छिरिरहेका छौ । एकै ठाउँमा ठड्याईएका ति गगनचुम्बी भवनमा कतिपय मन्त्रालयको कामकाजमा छन् भने कतिपय भवन निर्माणाधिन अवस्थामा तिब्र गतिमा काम भईहेको छ ।
उक्त क्षेत्र भित्र रहेका १२ वटा भवनको बिचमा एउटा यस्तो भवन निर्माण भएको छ जुन हेर्दा ठ्याक्कै सिंहदरबारको झल्को मेटिन्छ । सायद यसैलाई भनियो होला गाउँ गाउँमा सिंहदरबार ?
एका तिर प्रदेशको खर्च ब्यवस्थापन गर्न कठिन भईरहेको भन्दै प्रदेश खारेजीको आवाज चौतर्फि उठिरहेको छ भने अर्को तर्फ प्रदेश संरचनाहरु धमाधम निर्माणधिन छन् । राज्यको खरबौं रकम संरचना निर्माणमै खर्चिने सरकारको निर्णयको साटो बिकासका कैयौं कार्यहरु गरे हुँदैनथ्यो र ?
मन्त्रालयको बिचमा रहेको सेतो बंगला जुन भवनमै ५८ वटा कोठा छन् । ति कोठाहरुको उपयोगिता कसरी, के मा होला ?
हाल प्रदेश सरकारका मन्त्रालयहरु निर्माण गरिएको स्थान तत्कालिन राप्ती प्राबिधिक शिक्षालयको को हो । शिक्षालयलाई कतै लगेर थन्को लगाएर जहाँ प्रदेशका
संरचनाहरु धमाधम बनिरहेका छन् । संरचना बन्नु नराम्रो होईन तर त्यसको उपयोगिता हुन्छ या हुँदैनद भन्ने कुरा मूख्य हो ।











