मंगल प्रशाद नमुना माबिमा रिडर्स क्लव गठन

असल शासन प्रतिनिधि

नेपालगञ्ज / मंगल प्रशाद नमुना माध्यमिक बिद्यालयमा नेपालगञ्जमा रिडर्स क्लवको गठन भएको छ ।

असल शासन सुचना केन्द्रले सञ्चालन गरेको लाईब्रेरीमा पठन पाठनको संस्कृतिलाई बढवा दिन र पढ्ने पढाउने संस्कृतिको विकास गर्न, अध्यनशिल समाज निर्माण र युवाहरु लाई उत्प्रेरीत गर्ने उद्धेश्यले बिभिन्न बिद्यालयमा रिडर्स क्लवहरु गठन गर्दै आएको छ ।

बिद्यार्थीहरुको सिर्जनात्मक रचनात्मक नेत्ृत्वका लागि बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न बास नेपालकी सहजकर्ता रमिता शाहको उपस्थितिमा आज मंगल प्रशाद नमुना माबिमा गठन गरिएको उक्त रिडर्स क्लवको संयोजकमा पुर्णिमा बश्याल चयन भएकी छिन् । त्यस्तै सदस्यहरुमा अनिता यादव, पुष्पा डाङी, रिचा शर्मा, कृषा शाही, आकाश कुमार धोबी, रोशन अलि राई,निरुता यादव, जागृति शर्मा, तमन्ना खातुन शेष, दिब्या सुनार, कुलिशा सिंह बाडिया र तपेन्द्र मल्ल रहेका छन् ।

  • १० पुष २०८२, बुधबार प्रकाशित

  • Nabintech