नेपालगञ्ज / राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, लुम्बिनी प्रदेशको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनबाट बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका छन्।
सर्वसम्मत रूपमा चयन हुनेमा सचिब,दयाराम अधिकारी र टेकराज जैसी सह सचिव पदमा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा हरिकला देवी थापा मगर, धनमाया शर्मा, जङ्गबहादुर डाँगी, मनिषा विक, कमला पौडेल र भुइँमा शर्मा चयन भएका छन्।
अधिवेशनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा सामाजिक समावेशीकरणका क्षेत्रमा संगठनको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नव-निर्वाचित प्रतिनिधिहरूले अपाङ्ग समुदायका सवालहरू नीति निर्माण तहसम्म पुर्याउन सक्रिय रूपमा काम गर्ने जनाएका छन्।
कार्यक्रममा सहभागीहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका थिए।











