अन्जु बानियाँ
शाखा प्रबन्धक, सिटिजन लाईफ ईन्स्योरेन्स, नेपालगन्ज
१. तपाईँको जीवनको आदर्श के हो ?
– मेरो जीवनको आदर्श सकारात्मक सोच र इमानदारिता हो ।
२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– मेरा बुवाआमाको नजरमा म एक असल व्यक्ति हुँ। मेरा बुवाआमाले देखेको र सोचेको जस्तै असल व्यक्ति म बन्नुपर्छ है भन्ने कुराले मलाई सधैंभरि उत्प्रेरित गर्दछ।
३. तपाईँले समाजका लागि के गरिरहनु भएको छ ?
– म यस समाजको एक जिम्मेवार नागरिकको हैसियतले त्यस्तो कुनै पनि कार्य गर्दिन । मेरो कामबाट समाजलाई मेरो कारणले क्षती नपुगोस्, नकारात्मक प्रभाव नपारोस् भन्ने कुरामा म सचेत छु ।
४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– एउटा नारी भएको हैसियतले मेरो जीवनको सबैभन्दा अविस्मरणीय क्षण भनेकै आमा बन्नु हो । जुन दिन म आमा बने त्यो दिन मैले मेरो जीवनमा यो संसारलाई र सम्बन्ध हरुलाइ नै असली रुपमा चिनेको महसुस भयो । जीवन पूर्ण भएको र महिला भएकोमा गर्व भयो।
५. तपाईँको बुझाइमा असल शासन भनेको के हो ?
– मेरो बुझाइमा असल शासन भनेको एक असल समाजको मेरुदण्ड हो।
६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– समाजको लागि मेरो प्रतिबद्धता म सदैव समाजको हितका लागि कार्य गर्नेछु र मानव धर्मको पालना गर्नेछु।











