
बिभिन्न निकायको आयोजनामा संन्चालन हुने मेला महोत्सबमा हाम्रो उद्धेश्यनै स्थानीय कला, संस्कृति, मौलिकता र पर्यटन पर्वद्धन गर्ने हो । हामीले सकेसम्म विभिन्न जातजाती, भेषभुषा, समुदायलाई आवहान गरेका हुन्छौ र सोही अनुरुप सहभागिता भईरहनु भएको हुन्छ । त्यसैले पनि ब्यापार मेलाले स्थानिय कला, संस्कृतिको संरक्षणमा महत्वपूर्ण भुमिका खेलेको छ ।
विष्णु खनाल, अध्यक्ष नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगञ्ज
हरेक वर्ष आयोजना हुने मेला महोत्सबमा आयोजकले स्थानिय कला र संस्कृतिलाई प्राथमिकता दिएको पाइएको छैन । यहाँ हुने हरेक मेलाका आयोजकले भएका स्थानीय कलाकारहरुलाई स्थान दिने ईच्छा गर्दैनन् । घरेलु तथा साना उद्योगले नेपालगञ्जमा हालै शुरु गरेको मेलमा पनि हामी स्थानिय कलाकारहरुलाई ओझेलमा पार्न खोजिदैछ । कतिपय मेलाहरुमा कलाकार, निर्णायकहरुले पनि पारिश्रमिक पाउन नसकेको तीतो यर्थाथ छ । यो वर्ष आयोजना भएको घरेलु मेलामा म सँग सहकार्यका लागि शुरुमा कुरा भएको हो । मेला संन्चालन भईसकेपछि पुनःखबर पाइएको अवस्था छैन । त्यसैले पनि यहाँ हुने मेला, महोत्सबले स्थानिय कला र संस्कृतिको संरक्षणका लागि कुनै पनि स्थान नदिएको अवस्था छ ।
सुन्दर गुरुंग, बरिष्ठ कलाकार, अध्यक्ष, बाँके कला केन्द्र
खासमा यहाँ मेला महोत्सब आयोजना गर्ने आयोजकहरुले स्थानिय कलाकार, स्थानिय कला र संस्कृतिलाई चिनेको र महत्व दिएका छैनन । मेलाले स्थानिय संस्कृतिलाई बचाउनका लागि गरेको पहल गरेको जस्तो लाग्दैन ।
महेन्द्र सेढाई, गायक
मेलाहरुमा कला भन्दा चर्तिकला देखाउनेलाई स्थान दिइरहेको पाउछु । आयोजकलाई बिरोध गरेपछि मात्र कहि कतै स्थान दिएको जस्तो गर्छन तर वास्तवमा यस्ता ब्यापार मेला संन्चालकहरुले स्थानिय संस्कृति, स्थानिय कलाकारलाई नदेख्नेगरी आफ्नो आँखामा कालो पट्टि बाँधिरहेका छन ।
प्रमोड डि जी, गायक तथा संन्चारकर्मी
व्यापार मेलामा स्थानिय कला, संस्कृतिको सम्वद्र्धनका लागि आयोजकहरुले सकेसम्म समेटेको जस्तो लाग्छ । स्थानिय कलाकारहरुलाई समेट्दैन भन्ने प्रंसगमा मलाई के लाग्छ भने आयोजकको सम्र्पकमा भएका कलाकारहरुनै पहिलो प्राथमिकतामा पर्छन् चाहे त्यो कलाकार होस या उद्धघोषक । स्थानिय कति धेरै कलाकार हुनुहुन्छ उहाँहरुको बारेमा आयोजकलाई थाहा नभएको पनि हुन सक्छ ।
शान्ति सुनार, उद्घोषक तथा गायिका









