चलचित्र पत्रकार सिटौलाको निधन

असल शासन प्रतिनिधि

काठमाण्डौं । रास्वपाको चुनावी अभियानका क्रममा बेहास भइ उपचारका लागि काठमाण्डौं पुर्याइएका सञ्चारकर्मी दिनेश सिटौलाको निधन भएको छ ।
बालेन साहसँग सुदुरपश्चिम यात्रामा रहेका सिटौला अछामको मंगलसेन पुग्दा एक्कासी अचेत भएपछि उनलाई तत्काल सेनाको हेलिकप्टरबाट काठमाण्डौं लगिएको थियो । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको आज मृत्यु भएको हो ।
प्राप्त जानकारी अनुसार उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्ड लैजाने तयारी भइरहेको छ । अन्तिम श्रद्धाञ्जली पश्चात उनको पशुपति आर्यघाट दाह संस्कार गरिनेछ ।

  • १९ माघ २०८२, आईतवार प्रकाशित

  • Nabintech