माघ २५ गतेदेखि एचपिभी खोप लगाइँदै

असल शासन प्रतिनिधि

बाँकेमा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । खोप अन्तर्गत आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने जनाइएको छ । ंमंगलबार नेपालगन्जमा भएको जिल्ला पुर्ण खोप समन्वय समितिको बैठकमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले अभियानको वारेमा जानकारी दिइइकी हुन् ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख तथा पुर्ण खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीको अध्यक्षतामा भएको बैठकमा खोप अभियानको वारेमा जानकारी दिदै पौडेलले जिल्लामा विद्यालय जाने ६ हजार ५ सय ३१ र विद्यालय नजाने २ हजार ५३ गरी कुल आठ हजार ५ सय ८४ जनालाई एचपिभी खोप लगाइने बताएकी थिइन् । जसमध्ये नेपालगन्ज उपमहानगरपालिकामा २ हजार ४ सय २४, कोहलपुर नगरपालिकामा १ हजार ७ सय ६, राप्तीसोनारी गाउँपालिकामा ७ सय २०, बैजनाथ गाउँपालिकामा ८ सय ८०, खजुरा गाउँपालिकामा एक हजार १९, जानकी गाँउपालिकामा ६ सय ७२, डुडुवा गाउँपालिकामा ४ सय ४१ र नरैनापुर गाउँपालिकामा ७ सय २१ जनालाई खोप लगाइने छ ।

खास गरी कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु, विद्यालय नजाने १० वर्षीया किशोरी र गत वर्ष सञ्चालित एचपिभी खोपका लागि निर्धारण लक्षित समूह किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको लक्षित समूह समुह तोकिएको छ । खोपले एचपिभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्ने स्वास्थ्य कार्यालयकी प्रमुख पौडेललेको भनाइ थियो।

नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको तथ्याँक छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा‍‍. निराजन सुवेदीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप चिकित्सा विज्ञानको क्षेत्रमा महत्वपुर्ण उपलब्धिको रुपमा रहेको बताए। जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले जिल्लामा यही माघ २५ देखि फागुन ४ गतेसम्म लगाइने सो खोप अभियानलाइ सफल पार्न सबैलाइ सहयोग गर्न अपलि गरेका थिए । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई सो खोप लगाइएको थियो ।

 

  • २१ माघ २०८२, मंगलवार प्रकाशित

  • Nabintech