युवा कि दूषित वायु ?

जीवनसँग हरेश खाएर, मानसिक तनाव भएर वा डर त्रास मेटाउने बहानाले होस् वा साथीभाइको लहलहैमा लागुपदार्थको लतमा लाग्ने युवाहरु वास्तवमा युवा होइनन् वायु हुन् त्यो पनि दूषित वायु ।

जस्मिन शाह

विभिन्न मादक पदार्थ, पेय तथा लागु पदार्थले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानी पु¥याउँछ त्यस्ता बस्तुहरुलाई लागु पदार्थ भनिन्छ अर्काे शब्दमा भन्ने हो भने शरीर र मस्तिष्कलाई नै लठ्ठ बनाउने नशालु पदार्थलाई लागु पदार्थ भनिन्छ । त्यही पदार्थ प्रतिको खराब लतलाई दुव्यर्सन भनिन्छ ।

लागुपदार्थको लतले मानव जीवन निष्क्रिय हुन्छ र कति युवाले ज्यान पनि गुमाएका छन् । लागु पदार्थको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारीरिक स्थितिमा नकरात्मक परिवर्तन ल्याउँदछ । लागुपदार्थलाई सामान्य भाषामा नशा पनि भन्ने गरिन्छ । लागुपदार्थको प्रयोगबाट निस्किने परिणाम निकै नै डरलाग्दो हुन्छ । यसले व्यक्ति स्वयम्लाई मात्र नभएर परिवार समाजलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नै खतरा उत्पन्न गराउँदछ । यो मादक पदार्थ रक्सी भन्दा दशौं गुणा हानिकारक हुन्छ । लागुपदार्थ अन्तर्गत मुख्यतयाः ब्राउन सुगर, हेरोइन आदि पर्दछन् ।

सिङ्गो मानव समुदायको एक पीडक हो लागु पदार्थ । सामान्यतया यो दुई किसिमको हुन्छ गाँजाजन्य र अफिमजन्य । गाँजाजन्य अन्तर्गत गाँजा, चरेस, भाङ आदि पर्दछन् भने अफिमजन्य अन्तर्गत अफिम, मफिर्न, हेरोइन, कोडिन, मेथाडिन, व्यूप्रिनफिर्न जस्ता लागुपदार्थ पर्दछन् ।

लागुपदार्थको दुव्र्यसनले मानिसमा शारीरिक तथा मानसिक दुर्वलता निम्त्याउनुका साथै मस्तिष्क, मुटु र फोक्सो जस्ता संवेदनशील अङगहरुमा आघात पारी मानवीय स्वास्थ्यमानै गम्भीर खराब असर पार्दछ । लागुपदार्थले मानिसलाई आलस्यजनक, भ्रमात्मक र उत्तेजक बनाउने गर्दछ । यसको अत्यधिक प्रयोगबाट मानिस मानसिक रुपले अचेत जस्तै हुन्छ र लुटपाट, डकैती, आत्महत्या, चोरी, वेश्यावृत्ति, ठगी जस्ता सामाजिक अपराधहरुमा संलग्न हुन्छ । जीवनलाई कर्तव्य र आनन्दको संगम ठान्न नसक्दा मानिस अनौठो विकृतिको खाडलमा भासिन पुग्छ । भनिन्छ नि युवाको जाँगर देश विकासको आधार समृद्ध नेपालको पूर्वाधार तर विडम्बना राष्ट्र निर्माणमा संलग्न हुनुपर्ने युवा नै दुव्यर्सनको सिकार बनि दलदलमा फसिरहेका छन् । यो समस्या नेपाली समाजका लागि तगारो बनेको छ । जीवनसँग हरेश खाएर, मानसिक तनाव भएर वा डर त्रास मेटाउने बहानाले होस् वा साथीभाइको लहलहैमा लागुपदार्थको लतमा लाग्ने युवाहरु वास्तवमा युवा होइनन् वायु हुन् त्यो पनि दूषित वायु ।

राष्ट्रनिर्माण र विकासका संवाहक उर्जाशील युवाशक्ति कुलतमा फसेपछि उनीहरु आफ्नो लागि मात्र नभएर परिवार, समाज र सिङ्गै राष्ट्रका लागि बोझ बनेका छन् । दुव्यर्सनीको संख्या नेपालमा बढ्दो रहेको छ । नेपालका विभिन्न जिल्लामा लागुपदार्थ दुव्यर्सनको कारणले विभिन्न घटनामा संलग्न भएका कैयौं युवाहरुलाई समातिएको समाचार हामी माझ आउँछन् । जब म यस्ता समाचार सुन्छु एकछिन त झस्किन्छु,, आत्तिन्छु,, मन खिन्न हुन्छ । नेपालका प्रत्येक जिल्लामा यसरी उर्जाशील युवा जनशक्ति क्षय हुने हो भने यसका भावी परिणाम निकै नै कहाली लाग्दो हुने छ । त्यसैले नेपाली समाजका समाज सुधारक, मानव अधिकारकर्मी, टोल सुधार समिति, आमा समूह र प्रत्येक नागरिकले यसलाई गम्भीर रूपमा लिनु पर्दछ अन्यथा हाम्रा भावी पुस्ता पनि कुलतको दलदलमा नफस्लान भन्न सकिँदैन् । कतिपय परिवार, टोलसुधारकहरु, आमा समूहहरु लागु औषध बिक्री वितरण गर्ने, ओसारपसार गर्ने कार्यमा निरुत्साहित गर्नलाई सहयोग गर्ने प्रशासक र अड्डा अदालतलाई चिन्दैनन् जसको कारण उनीहरुको आफ्नो समस्या, व्यथा आफैमा सीमित राख्छन् । उनीहरु आन्तरिक रूपमा हारगुहार त गर्छन तर केही उपाय नपाएपछि पुनस्र्थापना केन्द्र पुग्छन् । नेपालका विभिन्न ठाउँहरुमा पुनस्र्थापना केन्द्र स्थापना गरी लागुपदार्थको दुव्र्यसनीमा फसेका मानिसहरुको उपचार भइरहेको छ । तर पुनस्र्थापना केन्द्र दीर्घकालीन समाधान भने होइन् । उद्योग, कलकारखाना खोलेर युवाहरुलाई रोजगारी सिर्जना गराउनु पर्ने अवस्थामा पुनस्र्थापना केन्द्र खोल्नु पर्ने बाध्यता नेपाली समाजका लागि निकै नै कष्टदायक पीडा हो ।

लागु पदार्थ दुव्र्यसनी कम गर्नका लागि सरकारका तर्फबाट रोजगारीका कार्यक्रम, अभिभावकले छोराछोरीलाई यथेष्ट समय, समाजमा युवामैत्री वातावरण, उनीहरुलाई सामाजिक कार्यमा संलग्न गराउने, टोलटोलमा कला संस्कृति, सङ्गीत, खेलकुद, नृत्य आदि सम्बन्धी कार्यक्रमहरु संचालन गर्नु पर्दछ । त्यसको संचालनको जिम्मा पनि युवाहरुलाई नै दिने हो भने हाम्रा भावी सन्तती कि त रोजगार कि त रचनात्मक कार्यमा व्यस्त भई कुलतबाट जोगिन सक्छन् । यसको असरहरुको प्रचार प्रसार गर्नु पर्दछ र लागु पदार्थ ओसारपसार र बिक्री गर्नेलाई सजाय दिने कानुन बनाउनु पर्छ । यसको नियन्त्रणको लागि काम गर्ने संघसंस्थालाई सरकारले सहयोग गर्नु पर्दछ । यस विषयको बारेमा सर्वसाधारणलाई जागरुक बनाउनु पर्छ । र प्रशासनिक निकायबाट मात्र लागु औषध नियन्त्रण गर्न सम्भव छैन भन्ने यथार्थ सरकार र सबै नागरिकले बुझ्नु पर्दछ र हामी सबै नागरिक सचेत र एकजुट भई लागुपदार्थ दुव्र्यसनी निमूुल पार्नमा अघि बढ्नु पर्दछ ।

 

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech