दाङ जिल्लाको साविक बेला गा. बि. स. –४ बेला गाउँमा पिता गंगा बहादुर कार्की र माता मिना कार्कीको काँइलो सुपुत्रको रुपमा २०३३ साल साउन २६ गते जन्मिएका किरण कार्की, आशिर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष हुन् ।
नेपालगञ्जको औद्योगिक क्षेत्रमा उधोग तथा प्रधान कार्यालय रहेको उक्त पेन्ट्सले नेपाल भर आफ्नो सञ्जाल बिस्तार गरिसकेको छ । पेन्ट्सले आफ्नो स्थापनाको ९ बर्ष पार गरेको छ । जन्मथलो बेला गाउँमै बाल्यकाल बिताएका कार्कीको गाउँमा थारु र यादवको बाहुल्यता रहेको थियो । जस मध्ये थोरै संख्यामा पहाडीहरु पनि थिए ।
उनको बाल्यकालका असंख्य स्मृतिहरुमा तिनै थारु र यादव समुदायका बालसखाहरुसँग सम्वन्धित छन् । उनी बाल्यकाल सम्झिदै भन्छन् –मेरो पिता पञ्चायत कालका प्रधानपञ्च हुनुहुन्थ्यो, घरमा मान्छेको जमघट अनी कचहरि चलिरहन्थ्यो गोठभरि गाई, भैंसि र बाख्रासंगै हाँस–कुखुराका बथान हुन्थे । पिताको सवारी साधन एउटा राम्रो प्रजातिको टाङन घोडा थियो । दशैंमा मामाघर जाँदा घोडा चढेको अलिअली याद आउंछ ।
निम्न माध्यमिक तह सम्मको पढाई गाउँकै बिद्यालयमा पुरा गरेका कार्कीले त्यसपछी माबि स्तरको पढाई गढवा मा. बि. बाट पुरा गरेका थिए । २०५० सालमा एस. एल. सि. उतिर्ण गरेपछी उच्च शिक्षाको लागि सदरमुकाम घोराहीको महेन्द्र क्याम्पसमा उनी पुगे त्यहीबाट आई. एल. र बि. एल. गरेपछी केही बर्षको बिश्राम पछी २०६१ सालमा राजनितिशास्त्रमा एम. ए. सम्मको शिक्षा उनले हासिल गरेका छन् ।
उनी सफल व्यवसायि हुन् तर उनको व्यावसायिक पृष्ठभूमी केही छैन । उनको जन्म राजनैतिक बातावरण भएको परिवारमा भएको हो । उनको परिवारमा उनीनै पहिलो व्यापारी, व्यवसायि हुन् । उनका दाईहरु नौकरीमा थिए, उनले पनि शुरुमा नौकरी नै गरेका हुन् । पछि गएर उनी व्यवसायमा लागे । सानै उमेरमा प्रेम विबाह गरेका किरणले आफ्नो खर्च आँफै चलाऊनु पर्छ भन्ने सोचले बि. एल. पढदा पढ्दै निजी क्षेत्रको एउटा कम्पनीमा नौकरी शुरु गरेका थिए ।
५ बर्ष काम गरेपछी केही वचत भएको रकमले कार्कीले कुखुरा पालन गरे । कुखुरा पालन राम्रो हुँदा, हुँदै एकाएक बर्डफ्लुको पहिलो लहरले कुखुराको व्यबसाय ध्वस्त बनाएपछि उनी सडकमा आउने स्थित आयो तर उनले हिम्मत हारेनन् । उनले त्यो असफलताको परिस्थितीलाई सम्झिए–नढाटी भन्नुपर्दा केही छाक कुखुराको दानामा भएको मकैको भात पनि खाइयो ति दिनहरु अती नै कष्टकर थिए सम्झिदा अहिलेपनी मन भक्कानिन्छ । परिवार पाल्न फेरी नौकरी शुरु गर्नुको अर्को विकल्प नदेखेपछि उनी पुनः वाध्य भएर नौकरी खोज्न शुरु गरे शौभाग्यवस एउटा नाम चलेको नेपाली रङ कम्पनीमा मार्केटिङको काम उनले पाए । जीवनको अर्को ५ बर्ष त्यो कम्पनीमा उनले आफ्नो श्रम खर्चे ।
इमान्दारिपुर्वक भन्नुपर्दा आज जे छु जहाँ छु त्यही रङ कम्पनीको ठुलो हात छ–उनले भने –त्यहाँ काम गर्दा धेरै कुरा सिकें उत्पादन, बजार व्यबस्थापन लगायतका कुराहरुमा दक्षता हासिल गरेपछी फेरी आफ्नै काम गर्नुपर्छ भन्ने हुटहुटी लाग्यो । उनले थपे– नौकरीबाट विदा लिए त्यही कम्पनीको साविक मध्य र सुदुर पश्चिमको डिस्टिब्युटरको जिम्मा लिएँ २ बर्ष त्यो काम गरेपछी कमाइ पनि राम्रै भयो ।
नारायणघाट पश्चिम रङ उधोग त्यती बेला थिएन त्यसैले पनि होला एउटा रङ उधोग खोल्ने अन्तर्मनमा ईच्छा जाग्यो । उनले आफ्नो संघर्ष र हिम्मतको कथा सुनाए –आफु सँग मात्र पर्याप्त लगानी थिएन तरपनी आँटे पछी गरी छाडने दृढताले आन्तरिक तयारी थाले । त्यो संकल्पलाई मुर्तरुप दिन साथीहरु सँग बार्ता शुरु गरे बिभिन्न चरणको बार्तापछी लगानिको स्रोत जुट्ने छाँट देखियो। साथीहरुले साथ दिने भएपछी मैले अन्य तयारी शुरु गरे कम्पनी दर्ता लगायतका प्रकृया पुरा गरेपछी उधोगको लागि ठाउँ खोज्न थाले अन्ततः पश्चिमको व्यापारिक केन्द्र नेपालगन्ज को औधोगिक क्षेत्रमा ठाउँ पाए । २०६९ सालको साउन २४ गते मेरो सपनाले मुर्तरुप पायो उधोग खुल्यो ।
नयाँ काम शुरु गर्दा उनले धेरैनै बाधा–व्यबधान र चुनौतिहरु भोगे । उधोगको अनुभव पनि नभएका उनलाई काम गर्दा मुख्य समस्या सधैं लगानीनै रह्यो । काम गर्दा उनलाई जमिनसँग जोडीएको र मध्यम वर्गिय परिवारको भएकोले पनि अर्थको अभाब प्राय रह्यो तरपनी साथीहरुको भरोसा र सहयोगले सधै हौस्याइ रह्यो र आत्मवल घट्न दिएन ।
३ करोडमा शुरुभएको कम्पनीमा अहिले १० करोड लगानी पुगेको छ र कम्पनी लगभग ३० करोडको भएको छ कम्पनीको नेटवर्थ १:३ पुगेको छ । आएका बिबिध चुनौतिहरु लाई पन्छाउदै आज यहाँसम्म पुगेको छु–कार्कीले संघर्ष पछिको सफलता सुनाए । उनको जीवन निकै संघर्षमय छ कलिलो उमेरमै बिहे गरियो कती वटा साउन त उनले श्रीमतीलाई हरियो चुरा–पोतेको रहर गरेपनी पुर्याउन नसकेर जीवन बिताए –उनले भने –त्यो सम्झिदा लज्जाबोध हुन्छ, टिनएज मै सन्तानको पिता भईयो त्यसकारण पनि झन जिम्नेवारी बोध भयो पढदा–पढ्दै को जागिर अनी आफ्नो काम गर्दा आफ्नो बशभन्दा बाहिरको परिस्थितीले टाट पल्टिनु परेको क्षण फेरी जागिर अनी आजको अवस्था सम्म आई पुग्नु पुरै संघर्षको गाथा हो ।
उनले आफ्नो अबिश्मरणिय क्षण सम्झिए –संघर्षको बेला मेरा हरेक सुख–दुखः मा साथ दिने मेरी श्रीमतीलाई हरियो चुरा–पोते कुनै दिन दिन नसकेको मैले पछी आफ्नै कमाइले उनलाई संगै लिएर सिङापुर, मलेसिया, थाइल्यान्ड पुर्याउन सके, त्यो बिदेस भ्रमण मलाई अविश्मरणिय लाग्छ । त्यो भ्रमण साउन मै थियो उनले हातभरी हरियो चुरा लगाएर बोइङ विमान चढेकी थिइन् हामी दुबैका आँखामा खुशीका आँशु थिए ।
उनको नेतृत्वमा रहेको कम्पनीका उत्पादनहरु देशैभरी पुगेका छन् माग एकदम राम्रो छ । माग र पुर्तिको तालमेल मिलाउन उनलाई गार्हो भएको छ त्यसको कारण उत्पादन युनिट एउटा मात्र भएर पनि हो । अब छिट्टै भैरहवामा अर्को अत्याधुनिक उत्पादन युनिट थप्ने उनको योजना छ त्यसपछी बजारको व्यापकता र बिक्रिको मात्रामा उत्कृष्ट ५ कम्पनी भित्र पार्ने कार्कीको योजना छ ।
कर्म गर फलको आश नगर भन्ने कुरामा विश्वाश राख्ने कार्कीलाई कर्मको मुल्याङ्कन हुँदोरहेछ भन्ने कुराको बुझाई भएको छ । उनले २०७६ को उधोग दिवसमा उधोग मन्त्रिको हातबाट देशभरिका औधोगिक क्षेत्रभित्र सन्चालित उधोग मध्य उत्कृष्ट उधोगको पुरस्कार प्राप्त गरेका छन् भने बिभिन्न संघ, संस्थाहरुबाट सम्मान प्राप्त गरिसकेका छन् ।
सामान्य अवस्थाबाट माथि उठेका कार्कीले नौकरी गर्दा आफुले भोगेका समस्या आफ्ना कर्मचारीले नभोगुन् भन्ने कुरामा सचेत छन् । तलव लगायतका सेवा सुविधा दिने कुरामा कहिल्लै कन्जुस्याइ उनले गरेको छैनन् । सरकारले तोकेभन्दा राम्रो सुविधा उनको कम्पनिले दिएको छ । हरेक महिना कर्मचारीको मनोवल बढाउन उत्कृष्ट कर्मचारीलाई उनले पुरस्कार दिने गरेका छन् । त्यसैगरी वार्षिक रुपमा पनि उत्कृष्ट ३ कर्मचारीलाई पुरस्कार दिने व्यवस्था उनले मिलाएका छन् । यो आफैमा अनुकरणिय कार्य हो । समस्या त कदम कदममा आउँछन तर पनी डटेर सामना गरेकै छु उनले आफ्नो कामका बारेमा भने– केही सरकारी निती व्यबहारिक छैनन त्यसबाट म लगायत अरु उधोगिहरु पनि पीडित हुनुहुन्छ।
भन्सार निती, अन्तशुल्क दर, कच्चा पदार्थमा भारत निर्भर हुनुपर्ने बाध्यता लगायतका थुप्रै समस्याहरु छन् । आफुले चाहेको व्यबसायले सफलता प्राप्त गर्दा त कार्की सन्तुस्ट छन् । अझ धेरै जनालाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी दिन पाएको कुराले झनै आनन्दित हुन्छु –उनले भने । देशको उधोग निती त्यती प्रभावकारी नभएको बताउने कार्की नयाँ उधोगिलाई प्रोत्साहित गर्ने खालको निती आवश्यक भएको उल्लेख गर्छन् । उनी भन्छन्– यहाँ त राम्रो गर्नेलाई हतोत्साहित गर्ने पारीपाटी छ। ।अझ दुःखद कुरा त के भने यहाँ उधोगिलाई श्रमिकमाराको रुपमा व्याख्या गरिन्छ। गर्न धेरै बाँकी छ यो त शुरुवात हो –उनले आगामी योजना सुनाए ।
आगामी १० बर्षमा नेपाली रङ उधोग मध्य उत्कृष्ट बन्ने लक्ष्य राखेको छु सिमेन्टमा देश आत्मनिर्भर भएजस्तै रङमा पनि देशलाई आत्मनिर्भर बनाउने हो। सम्पूर्ण नेपालीहरुको स्वप्निल घर नेपाली रङले रङाउने हो । उनी अझै सफलताको सिखरमा पुगन्, उनको योजनाले सफलता प्राप्त गरोस् शुभकामना ।