सतिश केसी सफल व्यवसायी हुन् । २०४९ साल असोज १५ गते बुवा खुम बहादुर खत्री र आमा तिला कुमारी खत्रीको कोखबाट सल्यानमा जन्मेका २८ वर्षीय सतिश कम्प्युटर इन्जिनियर हुन् । सानैदेखि व्यापारी बन्ने सपना देखेका उनी बैङ्लोरको रेभाइन्टर नेसनल कलेजमा कम्प्युटर इन्जिनियरिङको पढाइ सकेर नेपाल फर्किए । सबैले आफ्नो भविष्य उज्ज्वल बनाउन खोज्छन् । सतिषले पनि आफ्नो भविष्य उज्वल बनाउने योजनामा व्यवसायलाई रोजे । व्यवसाय रोज्दा पनि जनताको सेवा गर्ने पेशा व्यवसाय गर्नु पर्छ भन्ने मान्यताका साथ व्यवसायमा आफ्नो जीवन समर्पित गर्ने अठोटका साथ व्यवसायमा संलग्न रहेको बताउने उनी आफ्ना पिताको व्यवसायिक जीवन र प्रेरणाले व्यवसायमा अघि बढेको बताउँछन् ।
अस्थिर राजनैतिक अवस्था नातावाद, कृपावाद, मान्छेको खुट्टा तान्ने प्रवृत्ति कायम रहिरहेको बेला सरकारले उद्योग, व्यवसायाई संरक्षण दिन नसकेको अनुभव उनको छ ।
जीवन जिउनको लागि सबैले संघर्ष गर्नै पर्ने हुन्छ । उनी युवा अवस्थामै व्यवसायमा संलग्न भएका कारण उनका सुरुवाती दिनहरु चुनौतीपूर्ण रहे । व्यवसाय सञ्चालन गर्ने क्रममा हरेक क्षेत्रबाट आउने चुनौतीलाई उनले समाधान गर्दै अघि बढे । घाटा, नाफा राम्रो, नराम्रो जे अवस्था आए पनि व्यवसायलाई निरन्तरता दिनु सक्नुनै मुख्य चुनौती हो भन्ने भनाइ उनको रहेको छ ।
सेवा प्रवाह गर्दा माग बमोजिम उत्पादन बढाउने, सेवा गर्दा उत्पादन भएका सामाग्रीहरु सम्बन्धित ठाउँमा पु¥याउनेदेखि उत्पादनलाई बढाउने योजनामा उनी रहेका छन् । एउटा प्रतिष्ठित उद्योगी, व्यवसायको रुपमा नेपाल र नेपालीको सेवा गर्ने ठूलो लक्ष्य राखेर म व्यवसायमा तल्लीन भएको उनको भनाइ रहेको छ ।
लकडाउनको क्रममा प्रायः सबै व्यापार, व्यवसाय ठप्प भए । तर, कोहलपुर, बाँकेका उनै युवा सतिश केसी र सुरेश बुढाथोकीलाई भने भ्याइनभ्याई भयो कारण एक वर्ष पहिला सञ्चालन गरेका युनाइटेड एग्रो इन्जिनियरिङ प्रालिले दिने सेवाको प्रभावकारिताका कारण । अस्पताललाई आवश्यक पर्ने ‘नर्मल बेड’देखि ‘आइसीयु बेड’सम्म बनाउने उक्त कम्पनीले बाँके लगायतका जिल्लाहरुमा रहेका अहिले अस्पतालमा आवश्यक पर्ने भौतिक सामग्री बनाउने चटारो छ ।
केसी आइटीका विद्यार्थी हुन् । आफ्नै देशमा केही गरौँ भन्ने हुटहुटीले उनीहरूले बाँकेमा सो उद्योग खोलेका हुन् । अस्पतालमा प्रयोग हुने बेड भारत र चीनबाट आयात भएको पटक्कै चित्त नबुझेपछि सो उद्योग खोलेको उनी बताउँछन् । उनी भन्छन् ‘हामी आफैँले उत्पादन गर्न सक्ने कुरामा हाम्रो देशको पुँजी बाहिरिहरेको थियो,’ कम्पनीका अध्यक्ष केसीले भने ‘जुन हामीलाई पटक्कै चित्त बुझेको थिएन । बाहिर जाने पुँजी नेपालमै रोक्नुपर्छ भनेर यो काम थालेका हौँ ।’
सानो उमेरका हामी दुई जनाले व्यावसाय सुरु गर्दा धेरैले साथ नदिएपनि बैँक, परिवार र साथीभाइको सरसहयोग मिल्यो । कम्पनी अहिले व्यवसायिक रुपमा अगाडि बढेको छ । कम्पनीका अध्यक्षले केसीले भने, ‘अहिले हाम्रो कम्पनीले अस्पताललाई आवश्यक पर्ने सामान्य बेड, आईसीयू बेड, टेबललगायत २७० आइटम बनाउँछ ।’
उनले उत्पादनमा ७० प्रतिशत सामग्रीहरू नेपालकै प्रयोग हुने बताए । नेपाली उत्पादन भएका कारण व्यावसाय राम्रो भएको उनको भनाइ रहेको छ । कोभिडको समयमा माग ह्वात्तै बढेको उनको भनाइ छ । उनीहरूको कम्पनीले हाल भारतीय र नेपाली गरेर ४० जनालाई रोजगारी दिइरहेको छ ।
उनीहरूले ग्राण्डी इन्टरनेशनल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी मेडिकल कलेजलगायत देशका प्रमुख अस्पतालहरुमा आफ्नो सेवा दिइसकेका छन् । आगामी दिनमा भारत र चीनबाट आयातीत अस्पतालमा प्रयोग हुने भौतिक सामग्रीलाई विस्थापन गरी नेपाललाई आत्मनिर्भर बनाउने सोच उनीहरूको छ । उनीहरूको कम्पनीले आइएसओ गुणस्तर चिन्ह् पनि पाइसकेको छ ।
उनको नेतृत्वमा रहेको युनाइटेड एग्रो इन्जिनियरिङले अस्पताललाई चाहिने सामान्य बेड, आइसियु बेड, टेबुल, ¥याक लगायतका २७० भन्दा बढी फर्निचर तथा औजारजन्य सामग्री उत्पादन गर्दै आइरहेको छ ।
अंगुरबाट वाइन बनाउने, पानी प्रशोधन गर्ने मेसिनदेखि दूध प्रशोधन मेसिन, जिम क्लबका लागि आवश्यक सामग्री, ट्यांकी, फोहोर व्यवस्थापन गर्ने उपकरणका साथै कृषिजन्य सामग्रीसमेत कम्पनीले बनाउँदै आएको छ । कम्पनीको पछिल्लो पहिचान भने अस्पतालका लागि आवश्यक सामाग्री उत्पादकको रुपमा बढी छ ।
फर्निचर र प्लास्टिक उत्पादन गर्नुभन्दा पहिले नक्सा बनाउने कन्सल्टेन्सी खोलेका थिए सतिशले । उक्त काम चित्त नबुझेर नयाँ कार्यको थालनी उनले गरेका हुन् ।
सतिशले फलामजन्य वस्तुको उत्पादन गर्न थाल्दा देश लकडाउनमा थियो । कोरोनाको त्रासले जनजीवन त्रसित थियो । कोरोना नियन्त्रणका लागि स्यानीय तहमा क्वारेन्टिन लगायतका स्वास्थ्य संरचना बनाउने होडबाजीजस्तै देखिन्थ्यो । त्यसैबीच पहिलो कामस्वरुप सतीशको कम्पनीले २ हजार लिटरको ट्यांकी बनायो । दोस्रो काम आयो, ओलिया नामक संस्थाको ओलियाले १५० अस्पतालको जस्तै बेड अर्डर दियो ।
‘हामीले अस्पतालको लागि आवश्यक पर्ने बेड बनाउँछौं भन्ने त सोचेका थिएनौं । कोरोनाको त्रास
थियो । हामीलाई अर्डर आयो । इन्टरनेटको सहाराले केही सहयोग लिने सोच पनि भयो। हामीले अर्डर लियौं,’ सतीश भन्छन्, ‘अर्डर त लियौं तर हामीसँग आवश्यक सामग्री थिएन ।’ सोही बेला सतिश जिल्ला प्रशासन कार्यालय पुगे । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई अस्पतालको बेड बनाउन सामान अपुग भयो, सामान ल्याउन सहजीकरण गनुप¥यो भनेर अनुरोध गरे ।
विषम परिस्थितिमा आफ्नै देशमा बेड उत्पादन हुने कुराले उपाध्यायलाई पनि हौस्यायो । जुनसुकै काम गर्दा पनि समस्या सृजना हुने गरेको बताउने उनी समस्यासँग भागेर समस्या समाधान नहुने बताउँछन् । नम्र, मिजासिलो स्वभावका धनी उनी व्यायसायिक रुपमा अघि बढिरहेका छन् । उनको व्यावसायिक यात्रा सफल रहोस्, हार्दिक शुभकामना ।