छोरीलाई घरकी लक्ष्मी, जिवित देवी भनेर अहिले पनि पुजा गर्दै आइरहेका छौ । हाम्रो धर्म,रितिरिवाज चालचलन अनुसार छोरीलाई घरको इच्जत,शोभा हो भन्ने चलन छ । राजा गुणकामदेवले कुमारीलाई जिवित देवीका रुपमा पुजा गर्ने चलन चलाएका हुनाले नै रजश्वला नभएकी शाक्य वंशकी छोरीलाई अझै पनि जिवित देवी अर्थात कुमारी पुजा भनेर गर्दै, पुज्दै र मान्दै आएका छौ । हाम्रो धर्म रितिरिवाजले भगवानका रुपमा पुजा गर्ने चलन अनुसार छोरीलाई संरक्षण गरिरहेको छ । तर अहिलेको विज्ञान,प्रविधि,संचारको युगमा पनि हामी मानिस दानवका रुपमा लम्कदै गइरहेका छौ । निर्मला पन्त, भागरथी भटटको बलात्कार पछि हत्या भएको केही बर्ष नहुदै १८ महिने बालिकाको बलत्कारको घटनाले छोरी भएर जन्मनु नै अभिशाप पो हो की भन्ने लाग्दछ । मन कुडिएर आउछ ,सुन्दा पनि आङ्ग नै सिरिङ्ग हने गर्दछ । यस्तो घटनाले पुरुष प्रतिको विश्वास पनि हराउन थालेको छ । मेरी छोरीको पनि त्यस्तै दुरदर्शा त हने होइन भन्दै मनमा सन्नटा छाउने गर्दछ । मेरी छोरी, मेरी बहिनि ,सबै चेलीहरु अब जाग्नुपर्छ । सरकार बलत्कारीलाई मृत्यदण्डको सजाय होस , बलत्कारीलाई कहिल्यै राम्रो नहोस भन्दै श्राप्न मन लाग्छ । दैलेखमा ३ बर्ष देखी आफ्नै जन्मदिने बाबा बाट नै बलात्कारको सिकार बनेकी एक बालिकाले प्रहरी समक्ष गएर बाबुलाई जेल पठाउन सफल त भइन तर परिवार गाउँमा बस्नै नसक्ने अवस्थामा पुगेको छ । गाउँ समाजको तिरस्कारका कारण परिवार नै विस्थापित हुनुपर्ने अवस्थामा छ । बाबाले छोरीलाई,मामाले भान्जीलाई, दाइले बहिनिलाई ७० बर्षे वद्धालाई, ७६ बर्षे वृद्धले ३ बर्षकी बालिकालाई समेत बलात्कार गर्ने हे मानवरुपी दानवहरु, यौन पिपासुहरु तिमीहरुको लिङ्ग छेदनको कानुन बनाइयोस ।
बलात्कार र यौन हिसांका घटनाहरु हतपत बाहिर आउदैनन् , घरको इच्चत जाने डर, गाउँ समाजमा मिलेर सहेर बस्नुपर्ने भन्दै कति घटनाहरु त मिलाइन्छ पनि । बाहिर आएका घटनामा पनि हामी आफै न्याधिश बन्ने गर्दछौ । छोटा कपडा लगाएर हिड्थी ,त्यसको बानी नै गतिलो थिएन् भन्दै नानाथरिका अनुमान लगाउदै बस्ने गर्छाै । त्यसो हो भने त्यो १८ महिने दुधे बालिकालाई के देखेर बलत्कार भयो त ? हाम्रो समाज गति दुर्गन्धित भइसक्यो ,नियम कानुन भएर के गर्न कार्यान्वयन नै हदैन भने ? राज्यले खै त छोरी चेलीको सुरक्षा दिन सकेको ? कानुनी राज्य भएको देशका नागरिकले खै त कानुनको पालना गरेको ? केही बर्ष जेलपछि बलत्कारी,अपराधीलाई किन धरौटीमा रिहा गरिन्छ ? उनिहरुलाई जन्म कैदको ब्यवस्था गरियोस, मृत्यदण्ड दिने कानुन बनाइयोस होइन भने नाम मात्रको काननको के काम सरकार ?
हाम्रो घरपरिवार, समाज, विद्यालय बाट नै यौन शिक्षाको बारेमा ज्ञान दिन जरुरी छ । छुवाइको किसिम अर्थात ब्याट टच, गुड टचका बारेमा हाम्रा बालकालिकालाई ज्ञान दिनुपर्छ । आफन्त साथीभाइको कस्तो र कहाँको छुवाइ त्यसको अषरका बारेमा ज्ञान नहुदा यौन हिंसा नजानिदो किसिमले भइरहेको हो की भन्ने पनि लाग्छ । विद्यालय, होस वा कार्यालयमा आफु माथी यौन हिसां भइरहेको छ ,उनिहरुको व्यवहारले असहजता भइरहेको थाहाँ हुदाहुदै पनि हामी दबाएर राख्छौ किनकी त्यो कुरा बाहिर आए आफ्नै बेइच्जत हुने, काम बाट निकालिने डरले धेरै घटनाहरु बाहिर आउनै सक्दैनन् । आएका घटनामा पनि हामी सत्य तत्थ्य नबुझी अनुमानका भरमा कुरा गरिरहेका हुन्छौ । अहिलेको पल शाह पक्राउ घटनामा पनि त्यस्तै भइरहेको छ । म माथी बलात्कार भयो न्याय देउ भन्दै प्रहरी कहाँ जादा पनि कार्यक्षेत्र नपर्ने भन्दै पिडित किशोरीलाई फर्काइनुले प्रष्ट हुन्छ हाम्रो देशको प्रहरी प्रशासनको कार्य । बलात्कार भएको ठहरिनलाई निर्मला , भागरथी जस्तै हत्या हनपर्ने हो त सरकार ?
१८ बर्ष मुनिका किशोरीलाई सहमतीमै यौन सम्पर्क गरेपनि बलात्कार मानिनेछ भनेर कानुनमा नै भनिएको छ । उनिहरुको निर्णय गर्ने क्षमता नहुने भएकाले नै राज्यले संरक्षण गरेको हो भन्ने लाग्छ । विभीन्न प्रलोभन र आशा देखाएर यौन सम्पर्क राख्ने अनि यौन प्यास मेटिसकेपछि आ आफ्नो बाटो लाग्ने भन्ने कुरा सुन्दा छोरी मान्छेलाई साच्चिकै उपभोग्य वस्तु अर्थात खेलौनाको रुपमा हेरिएको हो की जस्तो लाग्ने गर्दछ । मन लाग्दा सम्म उपभोग गर्ने मन लागेन भने छोडिदिने नभए हत्या सम्म गरेको घटना हाम्रो समाज प्रशस्त छन् ।
पहुच, शक्ति र पैसाका भरमा नियम कानुन चल्ने मेरो देशमा न्यालय प्रतिको आशा जिवित नै छ । न्यालयले निश्पक्ष छानविन गर्नेछ भन्ने आशामा छौ । मान्छेका धेरै राम्रा गुण होलान तर जानी जानी गरेको एउटा गल्तीले उसको भविस्य बर्बात गर्न सक्छ । कलाकारिता , पत्रकारिता लगाएत हरेक क्षेत्रमा काममा लगाइदिने, विभीन्न अवसर दिने, पद बढाइदिने भन्दै विभीन्न सपना बुनेर त्यस क्षेत्रमा प्रवेश गर्ने नयाँ प्रवेशिकाहरु धेरै जसो यौन शोषण परिरहेका छन् । घरपरिवार समाजको डरले बाहिर आउन नसकेका यस्ता घटनाहरु सहन नसकेर धेरै छोरी चेलीले आत्महत्या समेत गरेको तितो सत्य हामी माझमा जिवितै छ । जानी जानी गल्ती गर्नु र अन्जानमा गल्ती गर्नु फरक पाटो हन् । पल शाह पक्राउ प्रक्रणमा पनि त्यस्तै भएको देखिन्छ । उनका धेरै राम्रा कार्य र बानी होलान तर बालिका संग सहमतिमा नै यौन सम्पर्क राख्दा कानुनी रुपमा अनैतिक कार्य हो भनेर ज्ञान हुदाहुदै पनि त्यस्तो कार्य गरेका छन् । गलत र सहि छुट्याउने काम कानुनको हो । हामीले विचार राख्न त पाउछौ नि तर सभ्य भाषाका प्रयोग गरेर विचार राखौ । सामाजिक संजालमा छाडा शब्दको गालीले हामीलाई कति दुर्गन्धित बनाइरहेको छ ।
भावि सन्ततिलाई यौन शिक्षाको बारेमा ज्ञान दिन सकौ,मनोविज्ञान बुझेर छोराछोरी माथी साथीको ब्यवहार गर्न सके यौन हिंसामा परेका बालबालिकाले खुलेर अभिभावक समक्ष कुरा राख्न सक्नेछन् । नराम्रो घटना बाट जोगिनेछन् । घर बाट नै छोरीलाई बलियो बनाउन सकौ,कम बोल्ने,लजाल, भद्र स्वभावको छोरी होइन् निडर, मन नपरेको कुरामा नाइ भन्न सक्ने खुलस्त प्रष्ट बोल्न सक्ने हक्की स्वभावकी छोरी भए आफुमाथी परेको अन्याय विरुद्ध बोल्न सक्नेछिन् । अन्याय थिचोमिचो विरुद्ध पाइला अघि बढाउन सक्नेछिन् । एक छोरी, श्रीमति हुदै आमा बन्नेछिन् । श्रृष्टिमा नयाँ पालुवाको विउ रोप्नेछिन् । छोरी हुनुमा गर्व गरौ ,सानै कोपीलालाई बलात्कार गरि चुडेर फाल्ने पापीहरु विरुद्ध जाग छोरी ,तिमी महान छौ । १८ महिने छोरी जसरी तिम्रो बलात्कार पछि हत्या भएको छ । ति हत्यारालाई मृत्युदण्डको सजाय होस तिम्रो आत्माले श्ााँन्ति पावस ।