सरसर्ती हेर्दा नेपालगन्ज उपमहानगरपालिकाको निति तथा कार्यक्रममा कुनै दम छैन फेरि पनि आर्थिक आयश्रोतको रुपमा करलाई नै आधार मानियो र बजेटले आत्मनिर्भरका दीर्घकालीन योजना भन्दा सस्तो लोकप्रिय योजनालाइ नीतिमा राख्यो ।
नेपालगन्ज उपमहानगरपालिकाको स्थायी आम्दानिको श्रोत के हो ? त्यसलाइ पुष्टि गर्न सकेन उपमेयरसङ्ग ट्राफिक ब्यबस्थापन कार्यक्रमले आकशे पुल र दैनिक दुर्घटनाको कारक टिप्पर आतंकको बारेमा केही बोल्न सकेन ।
गरिबिको रेखामुनी रहेका निम्न बर्गका नगरवासिलाइ भेरी अस्पतालमा निशुल्क उपचारको बारेमा मौन रह्यो ।
बर्षेनि करोडौंको बिषादीयुक्त भारतिय फलफुल र तरकारीको मारमा रहेका नगरबासी किसानहरुलाइ स्वदेशी उत्पादनको बजार ब्यबस्थापन तथा बिमाको बारेमा एकशब्द पनि कहि कतै देखिएन ।
नेपालगन्ज नगरको आत्मनिर्भरको मुख्य हतियार कृषि र स-साना घरेलु उद्योग हो भन्ने कुराको कहि कतै संकेत पनि देखिएन ।
बर्षेनी करोडौंको डेरि मिल्क आयात भईरहेको छ भारतबाट त्यसलाई बिस्थापन गर्न यहिका स्थानीय किसानबाट संकलित दुधलाइ डेरि उत्पादनमा लग्न सकियो भने नेपालगन्जले पुरै देशभरी निर्यात गर्न सक्दछ र आत्मनिर्भरको एउटा सफल कडि बन्न सक्दछ भने किसानलाइ समेत व्यावसायिक गाइपालन, भैसिपालनमा आकर्षित गर्न सकिन्छ ।
यो नीति किसानमुखी नै भएन न मल बीउ बिजनको कुरा आयो न बिमाको एक शब्द पनि कहि कतै किसान र किसानबाट उत्पादित बस्तुको बजार ब्यबस्थापन र उचित मुल्यको बारेमा बोलेको छ त्यसैले “यो बजेट नीति तथा कार्यक्रम किसान मारा हो ।”
जबसम्म नीति तथा कार्यक्रम उत्पादनमुखी भन्दा बितरणमुखी धेरै बन्दछ तब बुझौ कि स्थानीय सरकार आत्मनिर्भर भन्दा परनिर्भरताकै बाटोमा अग्रसर छ । राजस्व संकलन करको दायरा अल्पकालीन हो दीर्घकालीन होइन जुन कुरा बजेटमा कोभिडको कारण राजस्व संकलनमा कमि भयो भनेर उपमेयरज्युबाट आएको छ ।
फेरि पनि यस्ता महामारी आउँदैनन भन्ने के ग्यारेन्टी छ ? त्यसैले आम्दानिको स्थायी श्रोत कृषिलाई किटान गरि नेपालगन्ज उपमहानगरपालिकाका निश्चित वडालाइ कृषि क्यारिडरको रुपमा नमुना वडा बनाएर नलगेसम्म नीति तथा कार्यक्रम अनि बजेट कोरा कल्पना मात्रै बन्ने छ ।