डडेल्धुरा, भाद्र ७/ डडेल्धुराको अमरगढी नगरपालिका –७ पोखराका लक्ष्मण लुहार अहिले १२ बर्षका भए। उनको स्थाई घर बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ मा पर्छ। उनको परीवारमा ६ जना छन् । बुवाले ६ बर्ष अगाडि डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ७ पोखरामा स-परिवार सहित बसाई सारेर ल्याए ।
त्यसपछि बसाई सरि आएको ५/६ महिना मै बुवाले अर्को बिवाह गरि उनीहरूलाई छोडेर सम्पर्क बिहिन भएका थिए। बुवा सम्पर्क बिहिन भई सकेपछि उनको परिवारलाई दुखको दिनहरू सुरू भए।
त्यसपछि घरमा आमाको सहारमा आफ्ना ४ भाई बहिनी सहित बस्न थाले। आमाको उमेर पनि सानै त्यसैमा परिवारको संङ्ख्या पनि ठुलो थियो। आमाको शारीरिक अवस्थासंगै आर्थिक अबस्था पनि कमजोर रहेको थियो। परिवारमा साँझ बिहानको छाक टार्न मुस्किल हुन थाल्यो।
कतै गएर काम गरी आफ्नो बालबच्चालाई हुर्काउँ भनेपनि उनको आमालाई सहज थिएन। किन भने उनी नै कामका लागि बाहिर हिडेपछि उनको बालबच्चा हेरिदीने पनि कोहि थिएनन। उनी दोधारमा बाचिरहेकी थिईन् ।
अहिले उनको आमाले सिजनअनुसार अरूको खेतबारिमा गएर काम गरेर साँझ बिहानको छाक टार्दै आएकी छन। आमाले काम गरेपनि उनिहरूलाई खान लाउन पनि धैरै हम्मे–हम्मे रहेको थियोे। पढाउन त परैको कुरा। अहिले उनीहरू अरूको घरमा बस्दै आएका छन। लक्ष्मणले आफ्नो साना भाइ बहिनीलाई हेरचाह गरेर घरमै बस्थे। उनले १२ बर्ष हुँदासम्म बिद्यालय जान पाएका थिएनन।
उनीसंगै उनको बहिनी अञ्जलीे पनि शिक्षाबाट बञ्चित रहेकि थिईन्। उनिहरू बस्ने बस्ती नजिकै बिद्यालय छ। तर घरको आर्थिक अवस्था कमजोर भएका कारण उनीहरूले शिक्षाबाट बञ्चित हुनु परेको थियो। पढ्ने रहर हुँदा हुदै पनि घरमै बस्न बाध्य थिए। उनलाई पनी संगैका साथी भाईले बिद्यालय जाँदा आफुलाई पनि पढ्ने रहर नभएको होईन। तर पनि बाध्यताले गर्दा पढ्न पाएनन।
तर अहिले भने युनिसेफको सहयोगमा बास नेपालको बालबालिका संरक्षण परियोजना अन्र्तगत लक्ष्मण लुहार र अञ्जली लुहारलाई बिद्यालय भर्ना गरियो। उनी अहिले कक्षा १/२ गरि नियमित रूपमा बिद्यालय जान्छन् । उनले भने। ‘हामी भाई बहिनीले पढ्न पाउँदैनौ कि भनेर सोच्थे तर अहिले बास नेपालको पहलमा र सहयोगमा बिद्यालय भर्ना भए र हाम्रो पढ्ने ईच्छा बिद्यालय जाने ईच्छा पूरा भएको छ।’
साथै उनीहरूलाई डडेल्धुरा जिल्लाको भागेश्वर घर भई अहिले कुवेतमा रहेका स्वास्थ्यकर्मी चन्द्रकान्त नाथ योगिले पनि सहयोग रकम प्रदान गरेका छन् । अहिले उनिहरू निकै खुसी भएका छन। उनकि आमा बिस्ना लुहारले भन्छिन। ‘मेरो आर्थिक अवस्था कमजोरका कारण अहिलेसम्म भर्ना समेत गर्न सकेको थिएन।
आजसम्म कसैले पनि आफुलाई आर्थिक सहयोग नगरेको भन्दै अहिले बासको सहयोगमा छोराछोरी बिद्यालय भर्ना भए र अहिले नियमित रूपमा पढ्न पाईरहेका छन्, म निकै खुसि छु।’ साथै उनले युनिसेफ र बास नेपाललाई धेरै धेरै धन्यवाद समेत दिईन् ।
आगामी दिनमा जसरि बालबालिकाहरूलाई बास नेपालले भर्ना गराएको छ। त्यसरि नै नियमित रूपमा बिद्यालय पठाउने समेत उनले प्रतिबद्धता गरिन् । लक्ष्मण र अन्जलि त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । अहिले पनि हाम्रो समाजमा धेरै बालबालिकाहरू छन् । जुन अहिलेसम्म पनि आधारभुत शिक्षाबाट बञ्चित छन्।