भ्रष्टाचारविरुद्ध सुदूरपश्चिम युवा सम्मेलन किन ?

असल शासन प्रतिनिधि

भ्रष्टाचारविरुद्धको विश्वव्यापी अभियानले भ्रष्टाचार नियन्त्रणमा राज्य, सरकारी अधिकारी, निजामती कर्मचारी, कानून प्रवर्तन अधिकारी, संचारमाध्यमका प्रतिनिधि, निजी क्षेत्र, नागरिक समाज, शिक्षाविद्, जनता र युवाहरू लगायत सबैको अधिकार र जिम्मेवारीहरू उजागर गर्दै आएको छ ।

भ्रष्टाचार विरुद्धको बलियो प्रयासबाट लाभान्वित हुने सबैको अधिकार भएता पनि, राज्य पक्षको गैर जिम्मेवारी पन, सशक्त हुन नसकेको नागरिक समाज, चेतनाको अभावमा रहेको लक्षित बर्गका कारणले सुशासन कायम हुन सकेको छैन ।

विश्वव्यापी समस्याको रुपमा रहेको भ्रष्टाचार बिरुद्ध साझा जिम्मेवारीका साथ एकजुट भएर सामना गर्न आवश्यक छ । समाजका सबै तहमा लचिलोपन र अखण्डतालाई प्रवद्र्धन गर्नका लागि भ्रष्टाचारको रोकथाम र प्रतिरोध गर्न प्रत्येक व्यक्तिको भूमिका हुन्छ ।

भ्रष्टाचारले कानुनी शासन र लोकतान्त्र्रिक राज्यको उपहास गर्दछ । यसले सनै सनै समाज र राष्ट्रलाई खोक्रो बनाउँछ । भ्रष्टाचार बढ्दै गएमा देशको अर्थतन्त्र चौपट हुन्छ, बिकास अबरुद्ध हुन्छ, राज्यका संयन्त्रहरु कमजोर हुँदै जान्छन् भने भ्रष्टहरुका केन्द्र बलिया भएर जान्छन् । यस्ता केन्द्रहरु बिस्तारै राजनीतिक, प्रशासनिक, न्यायिक लगायतका क्षेत्रहरु हाबी हुन्छन्, अनि देश दुर्गतीको भड्खालोमा फस्छ । यहि पृष्ठभूमिमा देशमा भ्रष्टाचार बढिरहेको छ, संस्थागत भइरहेको छ, अधिकांश नागरिकहरु भ्रष्टहरुको प्रगति टुलुटुल हेरीरहेका छन् ।
जनताले भ्रष्टाचारलाई नसहने र बोल्न सक्ने गरी नीति, प्रणाली र उपायहरू अवलम्बन गर्नुपर्छ । भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संंघीय महासन्धिले भ्रष्टाचारविरुद्ध विश्वव्यापी रुपमा लड्नका लागि जोड दिन्छ । यहि पृष्ठभूमिमा बास नेपालले २०७९ साल भाद्र २५ गते भ्रष्टाचारविरुद्ध सुदूरपश्चिम युवा सम्मेलनको आयोजना गरेको छ ।

  • सम्मेलनका उद्देश्यहरुः
    असल शासन, जवाफदेहिता, पारदर्शिता, सदाचारिता र इमान्दारिताका लागि नागरिक बहस गर्ने ।
    भ्रष्टाचारविरुद्ध सन्देश प्रवाह गर्ने ।
    भ्रष्टाचारविरुद्ध जनमत सृजना गर्ने ।
    भ्रष्टाचारविरुद्ध विभिन्न संघ, संस्था र निकायसँगको सहकार्य बढाउने ।
    असल कार्यहरुको प्रवद्र्धन गर्ने ।
    युवा सम्मेलनका माध्यमबाट भ्रष्टाचारविरुद्ध जागरण ल्याउने ।
    भ्रष्टाचारविरुद्ध सुदूरपश्चिम घोषणा पत्र जारी गर्ने ।

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech