फेरी रोयो अछाम

कर्ण बहादुर थापा

कर्ण बहादुर थापा

फेरि झन रोयो अछाम जिल्ला

खोरका कुखुरा बगाइ खेतका धान बगाइ ।
कहिलै बाढी कहिलै पहिरो मान्छे मारी अघाइ ।।

प्राकृतिक बिपद अकल्पनीय हुन्छ यो सुनियोजित हुँदैन हामी सबैलाइ थाहा छ । प्राकृतिक बिपत्तिलाइ निर्मुल पार्न त सकिँदैन तर न्यूनीकरण भने केहि हदसम्म गर्न सकिन्छ । यति हुँदा हुँदै पनि प्रत्येज वर्ष प्राकृतिक बिपत्तिका कारण कैयन धनजनको क्षती भएकै हुन्छ यो कुरा त सबैलाइ थाहा छ । हाम्रो नेपालमा जब चुनाव आउँछ त्यति बेला लामा-लामा घोषणा पत्र तयार गरिन्छ र लेखिन्छ जोखिम र बिपद आउन सक्ने स्थानका नागरिकहरुको सुरक्षित आवासको समयमै उचित बन्दोबस्तो गर्ने कुरा ठुल ठुला रंगिन अक्षरमा लेखिएका हुन्छन् तर हाम्रो नेपालमा चुनाव भने कहिलै वर्षातको समयमा भएन ।

ती चुनावमा तयार गरेका लामा घोषणा पत्रहरु वर्षात हुनु भन्दा पहिलेकै एक डोल पानीले बगाएर सरकारको र सरोकारवालाको मगज खाली बनाइदिदो रहेछ र उनीहरुले आफ्ना सबै प्रतिबद्द्ताहरु भुसुकै सपनाझै गरि बिर्सने रहेछन् ।

आज पहिरोको समस्या आयो भोलि बाढिको समस्या आउँछ कहिलै असिना आउँछ कहिलै हावाहुरी आउँछ । उसो त यो बिपती बेला बेलाम न आएको भने होइन तर पनि हाम्रो देशमा बिपद ब्यबस्थापन गर्ने भनेर तिर्पाल बाडिन्छ त्यो तिर्पाल पहिरोले घर भत्काएकै छेउमा थापेर बसालिन्छ । साँच्चै त्यो घर पहिरोले बग्ने ठाउमा तिर्पाल पहिरोले बगाउलाकी नबगाउला बिचार गर्नुपर्ने कुरा हो कि होइन ?अनि अर्को कुरा व्यापक मानविय क्षती हुन्छ अनि सरकार बिज्ञप्ती निकाल्च र भन्छ हार्दिक श्रद्दान्जली । कति सजिलो छ हार्दिक श्रद्धाञ्जली लेख्न । जोखिममा परेकाहरुको समयमै उचित ब्यबस्थापन गर्नु लोकतान्त्रिक सरकारको प्रमुख दायित्व हो कि होइन ? कहिले जान्छ यतातिर सरोकारवालाको ध्यान खै के खै के ।

गत वर्ष दैलेखमा पहिरोमा परि कैयन धजनको क्षती भयो, पोहोर साल अछाममा बाढी आयो कैयन धन जनको क्षती भयो यो तेस्तै पोहोरसाल कालिकोटमा पहिरो आयो कैयन धनजनको क्षेती भयो कुरा हाम्रो मानसपटलमा खिल भनेर बसेको घाउ निको हुन नपाउदै यो वर्ष फेरि अछाममा पहिरोको कारण हामिले हृदय बिदारक कहालि लाग्दो घटना भोग्यौं यो सधै यस्तै भई राख्ने हो । यी सबै मानविय सम्बेदनासंग जोडियका कुरा हुन यसमा सबैले ध्यान दिनु पर्छ ।

प्राकृतीक बिपद न्यूनीकरण र ब्यबस्थापनमा सबै नागरिकको उत्तिकै भुमिकात रहन्छ तर पनि यसको उचित मार्गप्रस्त गर्ने मुख्य दायित्व भने सरकारको नै हो । त्यो पापी पहिरिमा परेका हरुको चिचाहाट कस्ले सुन्यो होला कि कसैले सुनेन होला ।एक पटक ऐया भन्न पाएकी पाएनन् होला कठै बरि ! एउटा दोषित प्रक्रुती भयो तेसैमा नुन चुक छर्किने हाम्रो सरकार भयो ।ए सरकार चलाउने हरु यो पापले तिमिहरुलाइ शान्ती संग श्वास फेर्न पाउने छैनौ । यो बिपत्तिको बेला हो सबैले सक्ने सहयोग गर्नु पर्ने हो ।
१) था संका नहरिकनै कैबेला आउनो छै ।
तेरि खान्या प्रकृतिअ क्या सद्बा लाउनो छै।।

२) खोरका कुकुरा बगाइ, खेतका धान बगाइ ।
कैलेइ बाढी कैलेइ पहिरो, मान्छे मारी अघाइ ।।

३) मान्छे हौत गाली अर्नु, पशु हौ चाहार्नु ।
सबैलाई उस्तै छन् पीडा कता दु:ख बाँड्नु ।।

४) हिँड्न्या बाटो ओधारी गै,गाण तर्न्या पुल लैगै ।
दशै लैगै तिहार लैगै बाणिको फुल लैगै ।।

५) दया माया केही मानिनै पापी त पापी होइ ।
सास लैगै लास पनि लैगै कैठौर छापी होइ ।।

६) बाच्याका बिकल्प खोजौँ मर्न्या मरि गया ।
साँच्याका सपना भरी स्याँउला सरि भया।।

७) नेपाल सरकार धर्म राखेइ, गाँस दिएइ बास दिएइ।।
दिन काट्न्या साहारा दिएइ, मन राख्न्या आस दिएइ।।

यस बिपतिको समयमा तत्कालको लागित सके सम्म चाडो उद्दारमा जुट्नु हो, उद्दार पछि खानपानको बन्दोबस्त गर्नु र भाबनात्मक साहार प्रदान गर्नु हो तर यसको दिर्घकालिन समाधाको उपायको खोजी गर्ने कि नखोज्ने ? चिन्ता यो विषयमा हो । प्रत्येक जोखिम युक्त स्थानको तत्काल पहिचान गरि उपयुक्त र कम जोखिम भएको स्थानमा स्थानान्तरण गर्नु मुख्य कुरा हो । हे सरकार हे भगवान यस्तो प्राकृतिक बिपतिको समाधान तिर्पाल बाडेर हुदैन । यसले तत्कालको लागि ओत लाग्नु मात्रै हो ।तिर्पालका साथै तत्काल जोखिम युक्त बस्तिको सुरक्षित र उपयुक्त ठाउमा स्थानान्तरण गर्ने तयारी गरौ ।यो काम आजै गरौ नभए भोलि यो भन्दा ठूलो बिपत्ती आउन सक्छ ।
पहिरोको जोखिमका दृष्टिकोणमा कर्णाली प्रदेशका प्रया सबै जिल्लाका अधिकाँस ठाउहरु उत्तिकै जोखिममा छन् ।

साथै नेपालमा संघियता पछि स्थानिय सरकारले विकास गर्ने नाममा वातावरणिय मुल्यांकन नगरिकनै गरिएको डोजर आतंक धेरै जसो पहिरोको प्रमुख कारण बनेको छ । भिरालो जमिन तेसैमा जथाभावी बिनामापदण्ड डोजर चलाउने हरु यसका प्रमुख दोषी हुन ।यस्तै देखियको छ कैयन ठाउमा दुई अक्षर नपढेका वडा अध्यक्ष इन्जिनियर बनेका छन । आज यसैको परिणाम हामी भोग्दै छौ ।

अचानक आउने प्राकृतिक बिपती र जोखिमलाइ न्यूनीकरणमा हामी सबैको दायित्व हो भन्ने बुझौ र जलवायु परिवर्तनको असरलाइ अनुकुलन हुने गरि विकास निर्माण गरौ । नेपालमा देखियको भुकम्पिय जोखिम ,वाढी पहिरोको जोखिम र अन्य प्राकृतिक प्रकोपको न्यूनीकरणमा हातेमालो गरौँ । अन्तमा यस बिपतको घडिमा ज्यान गुमाउनेहरुको आत्माले शान्ति पावस र घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना र पिडितहरुमा धैर्यधारणका साथ बस्ने बातावरण मिलोस् ।

  • १ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech