आफ्नी श्रीमतीको १३औं पुण्य कार्य सकेको केही दिन पछि, एक सेवानिवृत्त हुलाकी राधेश्याम गाउँ छोडेर छोराको घरमा जान शहर तिर हिंडे । यसअघि पनि छोराको घरमा जाने धोको थियो उनलाई तर छोराकी आमाले- “छोरा बुहारीको जीवनमा हस्तक्षेप गर्न किन जाने ? उनीहरु आनंदले बसेका छन,भो जान पर्दैन हामीलाइ यहीं ठीक छ” भने पछि उनी खिचिएर बस्ने गरेका थिए ।’
यसपाली भने श्रीमती परलोक गई सकेकी, छोराले एक पटक जसरी पनि आउनु भनी गरेको आग्रह र आफ्नो अन्य कोही सहारा नभएकाले जिवनको अंतिम समय शहर मै बिताउने तय गरेर हिंडेका हुन । गाडी पनि लाग्छ, पटक पटक ओहोर दोहोर गर्न पनि समस्या पर्छ, त्यसैले आफ्ना संपत्तीका कागजात तथा तमसुक-पट्टा सबै पोको पारेर श्रीमतीको सम्झना र छोराको माया भन्दा अरु कुनै बिकल्प नभएका राधेश्याम शहर आएका छन् ।
हल्कारा राधेश्यामका छोरा एउटा ठूलो निर्माण कम्पनीका इन्जिनियर हुन् । उनले शानदार घर बनाएका छन र दुइवटा कार पनि राखेका छन् । राधेश्याम छोराको घरमा पुगेर भित्र पस्ने बित्तिकै अलिकती हिच्किचाए अनि टक्क अडिए किनकी भित्र मार्वल माथी गलैंचा बिछाइएको थियो उनका फुटेका खुट्टा धुला र मैला थिए ।
बाउको आगमन छोराले देखे । रोकिनुको आशय पनि बुझेर भनी हाले- “बाबा आउनुहोस, मैलाको चिन्ता नगर्नुहोस, आउनुहोस् र सोफामा बस्नुहोस्।” केही क्षण पछि बुहारीले चिया ल्याइन । चिया पिएपछि छोराले ले बाउ लाई भने- “बाबा ! हजुर लाइ मेरो घर देखाउँछु हिंड्नुहोस्।” (छोराले हाम्रो घर नभनेर “मेरो घर” भनेकोमा मन मनै खिन्न हुँदै) हुन्छ नी बाबु हिंड जाउँ भन्दै सहमति जनाए ।
-“बाबा !!, यो Lobby ( प्रतिक्षा कोठा ) हो जहाँ हामी चिया पिइरहेका छौं । यहाँ कोही पाहुना आए भने चिया, ब्रेकफास्ट खाँदै बातचित गर्छौं । यो हो डिइनिङ् हल, यहीँ खाना खान्छौं, बाबा यो किचन हो, अनि यसमा एउटा सानो गोडाउन जोडिएको छ जहाँ भान्सासँग सम्बन्धित खाद्य सामग्रीहरू यहाँ राखिन्छन् । यो बच्चाहरूको कोठा हो।”हर कोठामा washroom जोडिएको छ ।
केहीबेर पछि छोराले अगाडि भने, “बाबा !, यो तपाईका छोरा-बुहारी सुत्ने कोठा हो अनि यो कुनामा रहेको अतिथि कोठा हो। कोही पाहुना आए भने यतै बस्छन्। यो सानो कोठा घरपालुवा जनावरका लागि हो। कहिले कुकुर बिराला आदि पाल्न भनेर उसको लागि पनि ब्यबस्था गरिएको छ ।”
“त्यसो भए छोराछोरी आफ्ना आमा बाबुसँग बस्दैनन् ?”
बाउले आफ्नो जिज्ञासा सुनाए ।
छोरा ले भन्छ – बाबा !!, यो एउटा शहरहरु मध्येको ठुलो शहर हो । यहाँ बच्चालाई जन्म देखि नै एक्लै सुत्ने बानीको विकास गरिएको हुन्छ, आमाले बेलाबेलामा दूध मात्र चुसाउने चलन छ । सुसारे आमा आएर उनको बाँकी हेरचाह गर्ने चलन छ ।
सिँढी चढेर माथि पुगेपछि छोराले लामो र चौडा छतको एक कुनामा टिनको छाना भएको एउटा कोठा खोलेर भने- “बाबा !!, यो घरको कबाडी स्टोर गर्ने कोठा हो, घरका सबै भाँचिएका र बिग्रेका सामानहरू जम्मा गरिएका छन् यहा बर्षको एक पटक दीपावलीमा मात्र सफा गरिन्छ । बाथरूम र शौचालय पनि छ।” यत्तीकैमा तल्लो तलाबाट बुहारीले छोरालाई बोलाएको आवाज आउँछ ।
(भु पु हल्कारा राधेश्यामले यो कबाडी कोठाको एक कुना तिर एउटा खाटमा ओछ्यान राखेको र त्यसमा आफ्नो झोला राखिएको देखे । राधेश्यामले फर्केर छोरा लाई हेरे तर छोरो बाउलाई त्यहीँ एक्लै छोडेर तल झरि सकेको थियो )
त्यही खाटमा बसेर राधेश्यामले सोच्न थाले, ‘यो कस्तो घर हो कस्तो शहर हो जहाँ पाल्तु जनावरका लागि छुट्टै कोठा छ तर वृद्ध आमा बुवाका लागि छैन । होइन .. के म जनावर भन्दा पनि तल्लो श्रेणीको रहेछु ?…..अझै म कमजोर भएको छैन, यसकी आमाको सोच एकदम सही रहेछ र पो भन्ने गर्थी । म यहाँ आउनै हुँदैनथ्यो ‘ आँफै गल्ती गरें । गहमा आँशु निकाल्नु बाहेक अरु उपाय थिएन । आँफैलाई धिक्कार्दै लामो सास फेरे ।
बेलुकीको खाना त्यहीं आई पुग्यो, छोरोसंग बसेर खाँदै गफ गर्दै गर्ने धोको मनमै रह्यो । उनलाई खाना पटक्कै रुचेन, खाना सहितको थाल खाट मुनि राखेर सुते । तल्लो तलामा छोराको भब्य पार्टी चलिरहेको थियो । पार्टीको संगीतले हो या मनमा कुरा खेलेर हो, उनी पटक्कै निदाउन सकेनन ।
भोलिपल्ट बिहान छोरो बाबाको लागि चिया लिएर माथि गइ कोठा खोलेर हेऱ्यो । बाउलाई देखेन, उनको झोला पनि थिएन उसले शौचालय र बाथरुम पनि हेर्यो तर बाबु त्यहाँ पनि थिएनन्, केवल खाट मुनी बेलुकाको खाना सहितको थाल देख्यो । उसले तल मेन गेट खुलेको देख्यो । राधेश्याम भने टिकट लिएर गाउँ फर्कन बिहानको बस चढि सकेका थिए । कुर्ताको खल्तीमा हात हालेर घरको चाबी मुट्ठीमा बलियोसँग समातेका थिए । गुडिरहेको गाडीमा उनको अनुहारमा छोई रहेको ताजा हावाले उनको निर्णयलाई अझ बलियो बनाइरहेको थियो । समयमै घर पुगे, अनि राहतको सास फेरे ।
शिक्षा :
साथीहरू, आफ्नो बुढा आमाबाबुको जीवनमा त्यसरी हेरचाह गर्नुहोस् जसरी तपाइँको आमाबाबुले तपाइँको बाल्यकालमा हेरचाह गर्नुभएको थियो, किनकि एक निश्चित उमेर पछि बाल्यकाल फेरि फर्किन्छ। तसर्थ, त्यो चरणमा आफ्नो व्यस्त जीवनबाट समय निकालेर आमाबाबुलाई पनि केही समय दिनुहोस ।
सबैको जय होस !
(श्रोत सामाजिक सन्जाल)