नेपालगञ्ज/ रत्न राजमार्ग अन्तर्गत कोहलपुर जमुनाह सडक खण्डमा राखिएका ट्राफिक लाईटहरु सर्वसाधारणलाई देखाउने हात्तीको दाँत साबित भएका छन् ।
बढ्दो सहरिकरणसँगै दिनादिनु समस्याको बिषय बनेको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि जडान गरिएका ट्राफिक लाईटहरु शुरु नहुँदै बल्न छाडेपछि ट्राफिक लाईट हात्तिका देखाउने दाँत जस्तै भएका हुन् ।
ट्राफिक लाईट जडान भएपछि चौक, चौकमा रहेका ट्राफिक लाईट बल्ने र सोही ट्राफिक लाईटका कारण ट्राफिक व्यवस्थापन भई दुर्घटना न्यूनीकरण हुने आम अपेक्षा हात्ति आयो, हात्ति आयो फुस्साझैं भएको छ ।
नेपालगन्जमा ट्राफिक लाइट जडान कार्यका लागि नेपालगन्ज उपमहानगरपालिका प्रमुख, उपप्रमुखको उपस्थितीमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले २०७९ भदौ २९ गते शिलान्यास गरेको ट्राफिक लाईट जडान कार्य पुरा भई गत माघमा परीक्षण भैसक्दा पनि हाल सम्म सञ्चालनमा आउन सकेका छैनन् ।
सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक महाशाखा काठमाडौंसँग ठेकेदार कम्पनी डिभिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंले एक करोड ५९ लाख लागतमा नेपालगञ्जको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थित गराउन बढी भिडभाड हुने रत्न राजमार्गअन्तर्गत जमुनाहा–कोहलपुर सडक खण्डका पाँच मुख्य चोकमा ट्राफिक लाइट जडान गरिएको थियो । तर लाईटहरु जडान गरिएको ६ महिना बित्दा पनि ट्राफिक लाईट बलेनन् ।
मुख्य चोकमा बाटो काट्दा यात्रुले ट्राफिक लाइटको संकेत कुर्नुपर्छ । सवारीलाई रोकिने र गुड्ने निर्देशन ट्राफिक लाइटलेनै गर्नेछन् यस्तो महत्वपूर्ण भुमिका रहेका ट्राफिक लाइट जडान गरि सुचारु नगर्नु दुःखद कुरा हो ।
नेपालगञ्जको राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोकमा ट्राफिक लाइट जडान सम्पन्न गरि झण्डै १ महिना उक्त लाईटहरुको परीक्षण गरिएता पनि हालसम्म ति लाईटहरु सञ्चालनमा आएनन् बरु हावा हुरीले ट्राफिक लाइटलाई यता र उता फर्काईदिएको छ ।
करोडौको लगानीमा योजना बनाउने र कार्य सम्पन्न नहुँदै उक्त योजना अलपत्र पार्र्ने रबैयाका कारण सरकारी बजेट पचाउने काम मात्र भईरहेको छैन, आम नागरिकहरुको आशा माथि खेलबहाड गरिएको छ ।
कार्य सम्पन्न पश्चात पनि उक्त ट्राफिक लाइट सञ्चालनमा आउन नसक्नुको कारण बारे नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल भन्छन् –कार्यसम्पन्न भई परीक्षण समेत भईसकेका ट्राफिक लाइटहरु पालिकालाई हस्तान्तरण भएको छैन, यसको कारण हामी खोज्दैछौं ।
नेपालगञ्जमा वडान गरिएका ट्राफिक लाईट बारे नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमारुदिन राई यस बारेमा आफुलाई जानकारी नभएको बताउँछन् ।
गत माघमा ट्राफिक लाईट परीक्षण कार्यमा संलग्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले यो सबै कार्य संघिय सरकार मार्फत सडक बिभाले ठेकेदार मार्फत सम्पन्न गराएकाले यस बारे आफुलाई जानकारी नभएको बताए ।
यस बिषयमा सडक डिभिजन, नेपालगञ्जका डिभिजन प्रमुख सि.डि.ई निरज शाक्यले यो कार्य डिभिजन कार्यालयले गरेको नभई बिभागले ठेकेदार कम्पनी मार्फत गरेकोले आफुलाई कहिले देखी सञ्चालनमा आउँछ भन्ने जानकारी नभएको बताए ।
यसरी ठेकेदार कम्पनीले लाइट जडान कार्यलाई तीव्रता दिई ट्राफिक लाइट जडान गर्ने कार्य सम्पन्न गरिसक्दा पनि आजका मिति सम्म उक्त लाईट सञ्चालनमा नआउनु र सम्बन्धित सरोकारवाला ब्यक्तिहरुनै यसका बारेमा अनभिज्ञ हुनुले “दालमे कुच काला है” भन्ने हिन्दि भनाई पुष्टि गर्दछ ।
किन चाहिन्छ ट्राफिक लाईट ?
ट्राफिक नियम पालना गर्नको लागी नेपाल लगाएत विश्वमानै ट्राफिक लाईटको व्यवस्था गरिएको छ । सवारी दुर्घटना न्युनीकरण लगाएत बिभिन्न कारणको लागी बिभिन्न शहरको चोक चोकमा ट्राफिक लाईटको राखिएको हुन्छ । रातो हरियो र पहेलो बत्तिको माध्यमबाट यात्रुहरुलाई सिग्नल दिने गरिएको हुन्छ । तर यस्तो किसिमको नियम कसरी लागु भयो भन्ने बारेमा सायदैलाई मात्र थाहा होला ।
विश्वमा सबैभन्दा पहिले १० डिसेम्बर सन् १८६८ मा बेलायतमा ट्राफिक बत्ती जडान गरिएको थियो । रातमा देखियोस् भन्नका लागि ग्यासको प्रयोग गरिएको बत्ति जडान गरिएको थियो । बत्ति लण्डनस्थित संसदभवन बाहिरको सडकमा जडान गरिएको थियो । शुरुमा ट्राफिक लाइटमा रातो र हरीयो रंगको प्रयोग गरेपनि पछि पहेँलो रङपनि थपेको थियो । प्रष्ट देखिने तथा मानिसलाई सचेत गराउनका लागि भन्दै ट्राफिक लाइटमा रातो रङ प्रयोग गरेको थियो ।
रातो रङको अर्थ अगाडि खतरा तथा गाढा पनि हुन्छ र टाढैबाट देखिने भएकाले यसको प्रयोग भएको बताईन्छ । यो रङलाई ट्राफिक बत्तीमा गाडी वा यात्रुलाई रोक्नका लागि प्रयोग गरियो । पहेँलो रङलाई ट्राफिक लाइटमा राख्नुका कारण पैदल बाटो काट्न अथवा गाडी अगाडि बढाउन उर्जाको प्रयोग गर्न तयार होउभन्ने संकेत दिनु हो ।
हरियो रङले सबैकुरा ठीकठाक छ भन्ने कुराको संकेत गर्दछ । त्यसैले ट्राफिक लाइटमा यो रङलाई अब गाडी अगाडि बढाउ वा पैदल यात्रीलाई बाटो काट्न शुरु गर भन्नका लागि प्रयोग गरिएको हो ।