कुनै पनि घटना वा अफ्ठ्यारो अबस्थाामा व्यक्तिको मनमा आउने अस्थिरता तथा शरिरले देखाउने प्रतिक्रियानै तनाब हो । जसले चुनौतीपूर्ण वा खतरनाक अवस्थाको सामना गर्न तयार बनाउँछ तनाब सामान्यतया हरेक व्यक्तिको जीवनमा हरेक समयमा आउने जाने भईरहन्छ । कुनै पनि मानिसलाइ तनाब हुन कुनै ठुलो कुरा चाहिन्छ भन्ने छैन सामान्य कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई जिस्काउँदा, गाली गर्दा, कामको बोझ, पारिवारीक कलह झैझगडा तथा बेमेल, लेनदेन, बेरोजगार, असफलता, धोका, बेमानी, यातना, आफ्ना इच्छा तथा चाहानाहरु पुरा नहुने जस्ता कुराहरुले मानिसलाइ तनाब बनाउँदछ । तर तनावले सबैलाई एउटै किसिमले असर गर्छ भन्ने छैन । कहिलेकाँही तनावले तपाईँलाई तुरुन्तै प्रतिक्रिया देखाउन उत्प्रेरित गर्छ र केही हदसम्म तनावले तपाईँलाई लक्ष्यहरू हासिल गर्न मदत गर्छ । जस्तैः स्कुलको परीक्षा दिँदा, नौकरीको लागि अन्तरवार्ता दिँदा वा खेल खेल्दा उत्पन्न हुने तनावले तपाईँलाई आफ्नो तर्फबाट अझ राम्रो गर्न प्रोत्साहन दिन्छ ।
तर कतिपय अवस्था वा अफ्ठयारो परिस्थिती पश्चात देखिएको तनावले लामो समयदेखि पिरोलिरहेको छ भने त्यस्तो तनावले हानि पुरÞ्याउँछ । बारम्बार अत्याधिक तनावमा डुबिरहनुभयो भने तपाईंको तनाब थपिदै वा सञ्चित हँुदै जाने खालको हुन्छ जब तनाब एक पछि अर्को थपिदै जान्छ तब व्यक्तिमा बिभिन्न असरहरु देखिन थाल्दछन् । त्यसले तपाईँलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा असर गर्न थाल्छ । तपाईँको आनीबानी र व्यवहारमा समेत परिवर्तन आउन सक्छ लामो समयदेखि पिरोलिरहेको तनावको कारण मानिसहरू कहिलेकाँही उक्त तनाबलाई व्यबस्थापन गर्नको लागि लागूपदार्थ सेवन गर्छन् अनि स्वास्थ्यलाई हानि गर्ने अन्य कामहरू गर्छन् । साथै यसले अन्य ठुलठुला समस्या समेत निम्त्याउन सक्छ ।
तनाब पश्चातका असरहरु :
छटपटी हुने, कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुने, निद्रा गडबडी हुने, थकान तथा शारिरीक दुःखाइ हुने, चिन्तित हुने चाडै रिसाउने तथा झर्को लाग्ने, मनस्थितीमा छिटोछिटो परिर्वतन आउने, आफुलाई के भइरहेको छ भन्ने बारेमा बुझ्न कठिन हुने, मुटुको ढुकढुकी अनियमीत हुने, हात खुट्टा वा छातीमा अनौठो किसीमको दुखाइ हुने, नकारात्मक सोचाइहरुको बिकास हुने, ब्यबहारमा नकारात्मक तथा अस्वभाबिक परिवर्तन देखीनु, खाना खान मन नलाग्ने, एक्लोपनाको महसुस, वोल्न मन नलाग्ने आफुलाई दोषी हुँ भन्ने सोच आउने, अरुलाई आलोचना गर्ने, निर्णय लिन नसक्ने, दुखी हुने, चिन्तित हुने, निरास हुने, पश्चाताप लाग्ने, दिक्क लाग्ने, भित्र चोटलागेको महशुस गर्ने, श्वासप्रश्वासमा असहज हुने, वाकवाकी लाग्ने तथा पेट दुख्ने, पुरुषहरुमा यौन क्षमतामा कमी तथा महिलाहरुमा महिनावारी गडबडी हुने जस्ता असरहरु देखिन्छन् ।
तनाब व्यवस्थापनका उपायहरु :
– शारिरीक हेरचाह गर्ने र आफुलाई मनमा के भइरहेको छ भन्ने कुरा ख्याल गर्ने ।
– बिगतमा आफुलाइ समस्या हुँदा समस्या समाधान गर्न अपनाएका उपाएहरु खोजी गर्ने र सफल उपाएलाई निरन्तरता दिने ।
– नजिकको व्यक्ति तथा आफुलाई बिश्वास लाग्ने व्यक्ति संग समस्याको बारेमा कुराकानी गर्ने ।
– तनाब भएको स्थानलाई छोड्ने तथा केही समयको लागि घर बाहिर निस्किने ।
– तनाब बढ्ने गरी कामको जिम्मेवारी नलीने आवस्यकता हेरी नाई भन्न सक्ने ।
– सामाजिक कार्यहरु तथा मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने ।
– गहिरो श्वासप्रश्वास अभ्यास गर्ने ।
– तनाबको बारेमा कसैलाई व्यक्त गर्ने मौका नमिलेमा दैनिक डायरी लेख्ने ।
– अत्याधिक तनाब हुदा चिच्याउनु पनि राम्रो मानिन्छ । केही व्यक्तिहरु अत्यधिक तनावको समयमा जोड जोडले चिच्याउने गर्छन् । यो तनावपूर्ण वा कष्टदायी स्थितिबाट मुक्ति पाउने सबैभन्दा राम्रो तरिका हो । मनोविज्ञानले पनि तनावपूर्ण स्थितिमा चिच्याउनुलाई राम्रो मान्छ ।
– आफ्नो जीवनका प्राथमिकताहरु छुट्टाउनुहोस् । तपाईंको लागि सबैभन्दा महत्वपूर्ण के हो, त्यसमा केन्द्रित रहनुहोस् । यसले गर्दा तपाईंसँग अनावश्यक कुराको लागि समय रहँदैन भने अर्कोतर्फ, तपाईंले आफूले चाहेको काममा राम्रो गर्दै जान सक्नुहुन्छ । त्यसछि तपाईंको दिमागबाट अनावश्यक कुराहरु आफै हट्छन् ।
– दैनिक योग र प्राणायाम गर्नुपर्छ । यस योगबाट टेन्सन, स्ट्रेस कम हुन्छ र बुद्धि तेज हुन्छ । बिस्तारै तनाबबाट मुक्ती मिल्छ, ध्याननै चिन्ता हटाउने सर्वतोमुखि विधि हो त्यसैले जान्ने ब्यक्तिबाट ध्यान सिकेर अभ्यास गर्दा खुव फाइदा मिल्छ ।
– बितेका खराब कुरा बिर्सीदिने र भविष्यको चिन्ता नलिई वर्तमानलाई ख्याल राख्ने गर्ने ।
– आफ्ना भावनाहरू व्यक्त गर्ने, मनका कुरा डायरीमा लेख्ने वा चित्र कोर्ने जस्ता काम गर्ने
– आफुलाइ अरुसंग तुलना नगर्ने ।
– आफूसँग जे छ, त्यसैलाई पर्याप्त मानी खुशी हुन कोशिस गर्ने ।
– यस्ता थुप्रै घटनाहरु हुन्छन् जसलाई हामी नियन्त्रण गर्न सक्दैनौं भन्ने तथ्यलाई स्विकार गर्ने ।
– जीवनमा सुधार गर्नुपर्ने कुराहरुको सूची तयार पार्ने अर्थात आफ्नो दैनिक रुटीन तयार गर्ने र सोही अनुरुप काम गर्दै जाने ।
– जसले आफुलाई दुःख÷पीडा तथा तनाब दिएको छ उसलाई चिठ्ठी लेख्ने तर नपठाउने तनाब दिएका कुराहरुलाई कपीमा लेख्ने र त्यसलाई नपढी च्यातीदीने ।
– दिनैपिच्छे आफुले आफुलाई आफ्नो पनि केहि महत्व छ भन्ने कुरा प्रकट गर्ने ।
– बालबालिकाहरु खेलेको हेरेर आफ्नो पनि बालपनको जस्तै कुराहरु गरेर आफुले आफुलाई माया गर्ने र खुशी तथा सुखी राख्ने बालबालिकाहरु खेलेको हेरीरहदा उनिहरुले गरेका अनोठा किसीमका हर्कत हरुले तनाब बाट बाहिरीन मद्दत गर्दछ, आफुले खाने सन्तुलित आहारमा ध्यान दिने ।
– आफैले तनाब समाधानका उपाएहरु अपनाउदा पनि तनाबको समाधान नभएमा मनोविमर्शकर्तालाई भेटेर समस्या समाधान गर्नु पर्दछ ।
(पौडेल मनोविमर्शकर्ता हुन् ।)