धार्मीक सद्भावको शहर नेपालगन्ज

पवनराज उपाध्याय, नेपालगन्ज २० बाके

नेपालगन्ज उपमहानगरपालिका आफैमा शुन्दर र आकर्षक पालिका हो। नेपालगन्जलाई धार्मीक सद्भावको शहरको रुपमा पनि चिनिन्छ। यहाँ विभिन्न किसिमका धार्मिक तथा पर्यटिकिय स्थलहरुले परिचीत गरेकोछ। धार्मिक तथा पर्यटनको माध्यमबाट कुनै स्थानको परिचयलाई प्रतिनिधित्व गरेको हुन्छ। पर्यटन तथा धार्मिक क्षेत्रले नेपालगन्ज शहरलाइ शुन्दर बनाइ थप ब्यबस्थाका लागि योजना,तथा कार्यक्रमहरु निरन्तर रुपमा अगाडि बढाउन प्रेरित गरेको छ। बिकासका योजनाहरु पुर्ण रुपमा कार्यान्वयनमा आउन सकेमा बिकासको गति तिब्र रुपमा अघि बढ्दै जाने थियो।
नेपालगन्ज उपमहानगरपालिका वार्ड न २० राझामा अबस्थित पशुपतिको मन्दिर बि.स. २०४५ साल तिरको कुरा हो, अहिले पशुपतिनाथ मन्दिर रहेको आसपासमा एक जना विद्वान सन्त जि महाराज जीले तपस्या गरि पुजा पाठ गर्दै धुनी बाल्दै आउनुभएको थियो। उहाँको नाम पण्डित श्री रामेश्वर प्रसाद आर्चाय हो। नजिकैको बरको बृक्षमा बसि भगतमा लिन भइ ध्यान मग्न भइ भगवान शिबको आराधना गरेको बिस्वास गर्न सकिन्छ।उहाँले नजिकैको बृक्षमा एउटा सामान्य प्रकारको शिव भगवानको शिला राखी चिन्तन ,ध्यान,मनन गर्नुभएको थियो। लोक कल्याणको लागि भगवान शिव सङग प्रार्थना गर्दै उक्त सन्त श्री महाराज जी त्यही बृक्षको मुनि तिर ब्रहम लिन हुनुभयो ।
बिहानी पखको कलिलो सुर्यको किरण सङगै नेपाली सैनिकका केही जवानहरु मर्निङ वाकको क्रममा उक्त स्थानमा शारीरिक ब्यायामको लागि प्रस्थान गरीरहेका थिए। सन्त जी महाराज जीलाइ बरको बृक्षमा सयन भएको देखेपछि त्यहा नजिकै पुग्दा उहाँ ब्रमलिन भइसकेको आभास भयो। उक्त गणको सैनिक प्रमुख श्री यादब ब। रायमाझि हुनुहुन्थ्यो । उहाँको अगुवाइमा थप अनुसन्धानका कामहरु अगाडि बढ्दै गए।उक्त स्थानमा शक्ति भएको र त्यहा दैबिय शक्ति रहेकाले अब त्यहा मन्दिर बनाउने संकल्पका साथ योजनाहरु अघि बड्दै गए। ब्याक्तिगत रूपमा उक्त स्थानमा देबिद्त्त गण द्वारा संरक्षण हुँदै आइरहेको थियो। देबिदत्त गणको शिलालेख अहिले पनि त्यहा देख्न सकिन्छ।
त्यतिबेला शाही नेपाली सेनाको गण त्यही आसपासमा बस्ने हुदा त्यसको सरक्षणमा बिशेश सहयोग प्राप्त भएको थियो। मन्दिर निर्माण प्रक्रियालाई आत्मसात गर्दै काम अगाडि बढ्ने क्रममा थियो। उक्त स्थान घना जङ्गल ,साथै अति नै डर लाग्ने स्थानको रुपमा पनि परिचीत थियो। त्यहा जंगली जनावरहरु यताउता गरीरहेको आभास हुने गरेको थियो। बिस्तारै उक्त स्थानमा मानिसहरूको बसोबास वृद्धि हुने क्रम बढ्दै गयो। यताकता मानिसहरुले आवास निर्माण गरि बस्ती निर्माण बाक्लो हुँदै गयो। थप मानिसहरु थपिदै गए। सबै स्थानीय बासी हरुको रोहवरमा अब जसरी पनी मन्दिर निर्माण गर्ने सङ्कल्पका साथ नेपाली सेनाले पहल गरीरहेको थियो।
बि.स. सम्बत २०४५ साल फाल्गुन महिनाको १५ गते शिबरात्रीका दिनमा काठमाडौमा पुगेर नेपाली सेनाले रास्ट्र देव आरोध्यनाथ पशुपतिनाथको मन्दिर देखि शिव लिङ्ग ल्याइ विधि बिधानले पुजा आजा गरि नेपालगन्जको पशुपति मन्दिरमा शिव लिङ्गलाई प्रतिस्थापन गरेको थियो।भब्य धार्मिक समारोहको साथ तत्काल प्रमुख जिल्ला अधिकारी ज्युको बाहुली बाट पुजा सम्पन्न भएको थियो ।त्यो दिन श्री ५ सरकारको प्रस्थान हुने कार्यक्रम तय भए पनि बिबिध कामले आउन नसकिएको कुरा स्थानीय पुजारी बताउनुहुन्छ। त्यो दिन धेरै भक्तजनहरुको सहभागीता रहेको थियो। त्यो दिन नेपालगन्ज बासिको लागि ऐतिहासिक दिन थियो। धार्मिक आस्थाको नयाँ रुप लिदै थियो।नेपालगन्ज बासिहरु धेरै आशावादी भएका थिए। मन्दिरको जग्गा झन्डै १३ बिगाहा क्षेत्रफलमा फैलिएको छ। केही जमिन अतिक्रमण भएको र यथाकता सुनिदै आइरहेको छ, थप अनुसन्धान हुन जरुरी छ।
स्थानिय बासिन्दाहरुको चन्दा सहयोग र सहभागितामा कृष्ण जन्मअस्टमीको दिनमा भगवान श्री कृष्ण जीको मन्दिर निर्माण भएको थियो। उक्त मन्दिर निर्माणको लागि स्थानीय बासिन्दाहरुले सर्बदान गरेका थिए। मन्दिर निर्माण प्रक्रिया पुरा भएपछी योग्य ब्राह्मणहरु द्वारा प्राण,प्रतिस्ठा,गरि मन्दिर सबैको दर्शन ,पुजा पाठको लागि खुल्ला गरिएको थियो। नेपाली सेनाको संरक्षणमा भएकाले सुरक्षाको दृस्ठिकोणले सहज थियो।
नेपालगन्जको नगरीमा शिव पन्चायन देवताको रुपमा स्थापित भएको यो पहिलो मन्दिरको रुपमा स्विकार्न सकिन्छ। शिबरात्री,महाशिबरात्री,शिबपुजन,रुद्दी लगाएतका पुजनको लागि नेपालगन्जको बागेश्वरी मन्दिरमा जानुपर्ने बाध्यता रहेको थियो।यो क्षेत्रमा शिव मन्दिरको स्थापित भएपछी स्थानीय भक्तजनहरु हर्सित भएका थिए।अहिले पछिल्लो समयमा टाडाटाडा देखि भक्तजनहरुको बाक्लो भिड हुने गरेको छ। स्थापना काल देखि स्थानिय पन्डित श्री मोहन प्रसाद दाहाल ज्युले पुजा पाठ गर्दै आउनु भएको छ। उहाँ को सहयोगिको रुपमा गत बर्ष देखि पण्डित श्री देबि प्रसाद उपाध्याय ज्युले पुजा आजा गर्नको लागि सहयोग गर्दै आउनुभएको छ। मन्दिर परिसरलाइ संरक्षण गर्ने लगाएतका काममा उहाँले बिशेश निगरानी गर्दै आउनुभएको छ।
हरियाली शुन्दर मनोरम दृश्यले शोभनीय भएको यो स्थान आकर्षकको केन्द्र भएकोछ। शहरको कोलाहल भन्दा केही भित्र भएकाले पनि होला,अति नै शान्त र स्वच्छ बाताबरणको आभास महसुस हुने गरेकोछ। त्यहा लगाएका शुन्दर,रंगीचंगी पुष्पहरुको सुगन्धले जो कोहिको पनि मन लोभिले गरेकोछ।
विभिन्न शुन्दर, आकर्षक फलफुल लगाएतका बृक्षहरु पनि रहेका छन।मौसस अनुसारका बनस्पतिहरुले पनि मन्दिरलाइ थप शोभनीय बनाइरहेका छन। कटहर ,जामुन, रक्तचन्दन, निम, वर, पिपल, समि, पारिजात, सितलचिनी, सिन्दुर, अमला, आक, अशोक, सिसौ, केरा, आँप, अम्बा, बेलपत्र, कल्पवृक्ष आदि ।लगाएतका दर्जनौं बनस्पतिहरु लगाएकाछन। त्यहा हरियाली शान्त बाताबरण भएकाले जो कोहि लाई आनन्दको महसुस हुने गरेकोछ।
योग,ध्यान,तप लगाएतका शारीरिक ,मानसिक साथै आध्यात्मिक ध्यानको लागि यो स्थान बिशेश रहेको छ। यो स्थान पर्यटन तथा धार्मिक दृस्ठिकोणले महत्त्वपूर्ण रहेकोछ। जङ्गलको बिचमा भएकाले पनि होला, स्वच्छ र निर्मल शान्त छ। पछिल्लो समयमा भक्तजनहरुको दर्सनको लागि बाक्लो भिड बढन थालेकोछ। नेपालगन्जलाई धार्मिक गन्तव्य मार्ग बनाउनको लागि यो क्षेत्रले बिशेश महत्त्वपूर्ण भुमिका हुने संकेत देखिए पछि थप बिस्तारका कामहरु अगाडि बढ्दै गएकाछन। नेपालगन्ज राझा विमान मार्ग देखि सिधै कैलाश मानासरोबरको दर्सन गर्ने बाताबरण सहज भएपछी थप चासो बढन थालेको छ। भगवान पशुपतिनाथको मन्दिर सङ्गै दर्शनको अबसर सिर्जना हुने र भक्तजनको संख्या बढन सक्ने आकलन गर्न सकिन्छ। धार्मिक पर्यटन र धार्मिक आस्थालाइ थप मजबुत हुने बिश्वास गर्न सकिन्छ। एक पछि अर्को हुँदै थप धार्मिक अभियान्ता तथा समाजसेबी,बुद्धिजीवीहरुहो सहयोग र सहकार्य हुदै गयो । धेरै भक्तजनहरुको सहभागीमा मन्दिरलाइ थप बिस्तार हुने कार्यक्रमहरु अगाडि बढ्दै गए ।
गत बर्ष २०८० साल असार १५ गतेको दिनमा स्थानीयहरुको भेला भइ मन्दिर निर्माण लगाएत थप प्रगति गर्नको लागि कार्य समिती बन्यो । धार्मिक अभियान्ता श्री नबराज भन्डारी ज्युको नेतृत्वमा २१ कार्य सदस्यिय कार्य समिती बनेको छ। गौशाला,धर्मशाला, आश्रम लगाएतका आभासहरुको निर्माण गर्नकोलागी समिती सकृय हुँदै आइरहेको छ। गत बर्ष १०८ शिव लिङ्ग द्वारा जलधारा अर्पण गरी पुजा बिधि सहित अभिषेक गरी निर्माण कार्यको शुभारम्भ गरिएको थियो। गत बर्षको माघ महिनामा स्वस्थानी पुजाको अबसर पारी माता स्वस्थानी देबिको मन्दिर निर्माणधिन अबस्थामा रहेकोछ।
त्यहा अन्य मन्दिर पनि रहेकाछन। उत्तर तिर भैरबको मन्दिर ,आग्नेय तिर मस्टा देवताको मन्दिर,त्यस्तै भवानीको मन्दिर आदि थुप्रै देवालयहरु रहेकाछ्न।
पृतिको मोक्षको लागि बाला चतुर्दर्शीको दिन पारी विशेष पुजा आजाका साथै सतबृज छर्ने काम पनि हरेक बाला चतुर्दशिको दिनमा हुने गरेको छ। त्यो दिनमा पनि धेरै भक्तजनहरुको सहभागिता हुने गर्दछ। असार १५ गतेको दिनमा धान दिवस, साउन १५ गते खिर खाने दिन लगाएतका कार्यक्रम हुँदै आइरहेका छन। शिव पन्चायत अन्तर्गत माझमा शिव देवताको स्थापित हुनुका साथै सुर्य,नारायण ,गणेश ,बिष्णु ,देबिको मन्दिर रहेका छन।उत्तर दिशामा नागस्थान देवाताको मन्दिर रहेको छ। मन्दिरको प्रवेशद्वारको अगाडि भगवान गौतम बुद्वको मन्दिर रहेकोछ। बौद्ध धर्मको आस्था पनि सनातन धर्म ब्यबस्थामा आधारित रहेकाले बुद्धको प्रतिमाले मन्दिरलाइ थप आकर्षक भनाएकोछ। मन्दिरको चारैतिर रंगीचंगी तोरन पत्ताहरुले सजाएको छ। सन्ध्याकालिनमा बालिने झिलिमिली बत्ती र दिपले झन मन्दिरको सजावटलाई शुन्दर बनाएकोछ। प्रत्येक बर्षको श्रावण महिनामा हरेक दिन लघुसिद्दी र शिव महिमामा पुस्तकहरु पाठ हुने गरेकाछन।रुद्दी,शिव पान्चयन स्त्रोत्र लगाएत पाठ हुने गरिन्छ। वैदिक धर्म अनुसार ब्राह्मणहरु द्वारा पुजा हवन हुने गरेकोछ। त्यस्तै हरेक दिन दैनिक पुजा,आजा सहित भजन कृतन हुँदै आइरहेको छ। हरेक हप्ताको सोमबारको दिन महाआरती सहित शिब धुनि हुँदै आइरहेकोछ ।
पशुपति नाथ मन्दिरलाइ थप स्तर उन्नति गरि अधुरा रहेका कार्यलाई पुर्ण रुप दिनको लागि स्थानीय धार्मिक अगुवा श्री नवराज भन्डारीको नेतृत्वमा २१ कार्यसमिति सदस्य समिति बनेको थियो। उपाध्यक्ष श्री जय ब हितान ,सचिब श्री गोपाल बुढाथोकी ,कोषाध्यक्ष कल्पना बानियाँ,लगाएत समितिमा सक्रिय हुनुहुन्छ।त्यस्तै सल्लाहकार समिती पनि रहेकोछ। समाजसेबि तथा धार्मिक अभियान्ता श्री पदम अर्याल,नबराज सापकोटा ,लाल ब थापा,मित्रहरी आर्चार्य,पदम चन्द्र ,सुरज आर्चाय कल्पना थापा, लगाएतको ११ जनाको समिती रहेको छ ।धर्म,योग,ध्यान समितीको अधिनमा रहि धार्मिक कार्य गर्ने र मन्दिरको थप निर्माणमा सेवा,सहयोग गर्ने उद्देशले समिती सक्रिय हुँदै गयो। उक्त समितीको नाम पशुपति मन्दिर ब्यबस्थापन समिती भनेर नाम रहन गयो ।
एक पछि अर्को हुँदै थप धार्मिक अभियान्ता तथा समाजसेबी,बुद्धिजीवीहरुहो सहयोग र सहकार्य हुदै गयो ।
धेरै भक्तजनहरुको सहभागीमा मन्दिरलाइ थप बिस्तार हुने कार्यक्रमहरु अगाडि बढ्दै गए । नेपालगन्ज उपमहानगरपालिका वार्ड २० को कार्यालय बाट धर्मशाला निर्माणको लागि रु ९,४४,००० (अक्षरुपी नौलाख चौवालिस हजार रुपैया) सहयोग प्राप्त भएको छ।उक्त रुपैयाँ बाट झन्डै ८०० सय जना बस्न मिल्ने भबनको जगको शिलान्यास सहित डि ।पि।सि, पिल्लर सम्मको कार्य सम्पन्न भएको छ।स्थानिय सहयोग ,श्रमदान,चंदा दाताहरुको सहयोग सहित मिलान गरि जम्म १६ लाख रुपैया खर्च भएको हिसाब पशुपति मन्दिर समितिका अध्यक्ष नबराज भन्डारी ज्यु बताउनु हुन्छ।
मनोकारी स्थानिय भक्तजनहरुले पनि मन्दिर निर्माणमा थुप्रै सहयोग गर्नुभएकोछ।भक्तजनको तर्फबाट पन्चायत अन्तर्गतको गणेशको मन्दिर भारतीय सेनामा कार्यरत श्री गणेश रसाइली ज्यु को सहयोग बाट निर्माण भइरहेको छ। देबिको मन्दिर ,पशुपति मन्दिरका सल्लाह श्री लाल ब। थापा ज्युको सहयोगमा निर्माण हुदैछ। नागस्थानको मन्दिर निर्माणको लागि श्री गोबिन्द्र लामिछाने ज्युले सहयोग गर्नुभएको हो। निर्माणधिन अबस्थामा रहेकोछ। मन्दिर प्राङ्गण,लगाएत बृक्षारोपण लगाएतका कार्यहरु पनि तिब्र गतिमा निर्माणकार्य भइरहेका छन। हरेक महिनाको १५ गते नेपाल देउडा सस्कृती समितीको आयोजनामा देउडा कार्यक्रम पनि हुँदै आइरहेको छ। यसले थप सामाजिक एकता,सद्भाव र आपसी सम्बन्धलाई जोड्न मदत गरेको छ।सबै आफन्त ,दाजुभाइ ,दिदिबहिनीहरु सङग भेटघाट हुने माध्यम बनेकोछ। मौलिक लोक संस्कृतिको जगेर्नाको लागि बिशेश भुमिका खेलिरहेको छ।स्थानीय कला,र गलालाइ प्रस्फुटनको अबसर बनेकोछ। समग्रमा पशुपति मन्दिर पछिल्लो समयमा सबै जाती,धर्म सम्प्रदायको साझा केन्द्र बन्दै गएकोछ।
नेपालगन्ज २० न वडाका अध्यक्ष श्री कौशल धोबी ज्युले मन्दिरलाइ निर्माण लगाएतका कार्यलाइ सहयोग गर्ने प्रतिबद्धता देखाएपनि निर्माणमा कार्यहरु पूरा हुन सकेका छैनन् । बिकास निर्माणका कामहरु हुने क्रममा रहेका छ्न। स्थानीय सरकारको मातहत रहि धार्मिक क्षेत्रलाई बिस्तार गर्नको लागि समिती सकृय भएपनि सोचेअनुरुपको कार्य हुन सकिरहेको छैन। आर्थिक ,स्रोतको अभाव हुनुले मात्र नभई सहकार्य ,सद्भाव ,एकता लगाएतका बिषयमा सबैको चासो हुनु जरुरी छ।
पछिल्लो समय नेपालगन्जमा नाइस नेपालगन्जद्वारा धार्मिक सद्भाव कायम गर्न विभिन्न कार्यहरु भईरहेकोछ। नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाका युवाहरुलाइ धार्मिक सद्भाव कायम गर्नको लागि बिशेष कार्यक्रम तथा अभियान सञ्चालन गरिएकोछ। धार्मिक सद्भावमा युवाहरुको अग्रसरताले आगामी दिनमा सामाजिक एकता र मेलमिलापको आधारलाइ थप मजबुत बनाउने बिश्वास गर्न सकिन्छ । स्थानीय सरकार, धर्मगुरु, सुरक्षा निकाय र युवाहरु बिच छलफल, गोचमेच बैठक तथा धार्मिक सद्भावका लागि नाइस मार्फत भईरहेका प्रयासले धार्मिक सद्भावमा सबैको साझाँ धारणाको विकास भई धार्मिक सहिष्णुतालाई बढावा दिनेछ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड न २० मा स्थानीयहरुले आफ्नै चालचलन अनुसार विभिन्न उत्सबहरु मनाउने गरेकाछन। समाजको मान,मर्यादा र प्रतिश्ठालाइ सकारात्मक दिशामा डोर्‍याउन मदत भएकोछ।समाजमा भाइचाराको सम्बन्धलाई फराकिलो बनाउदै सामाजिक सद्भाव र सद्भावनाको पक्षलाइ आशामा बदल्नको लागि थप हौसला प्रदान हुँदै गइरहेको छ। देशको प्रेम र आत्मियतालाइ आत्मसात गर्दै आगामी दिनमा आउने पिडिहरुलाइ सिकाउने माध्यम बन्दै गैरहेकोछ। यसले भबिस्यमा आशामा बदल्ने र एकताको सूत्रबद्धमा बाधी अझै धेरै टेवा पुग्ने बिश्वास गर्न सकिन्छ।सामाजिक परम्परा अनुरुप यस्ता कार्यहरू गरिनुले समाजमा थप सामाजिक एकता हुने साथै सामाजिक सद्भावमा बिशेश मदत पुग्ने बिश्वास गर्न सकिन्छ। हाम्रो परिवेश ,हाम्रो मौलिक परंरागत रितितिथिको छुट्टै महत्त्व रहेकोछ। यस्ता परम्परा सस्कृती पछिल्लो समयमा लोभ हुने स्थितिमा रहेकाछन।बिदेशी ,सस्कृतिले समाजलाइ नकारात्मक दिशामा डोर्याइरहेको छ। यस्तो हुन दिनुहुदैन। जुन सुकै धर्म ,जाती ,सम्प्रदायको आफ्नै बिशेषता हुने भएकाले सबैको सहभागीतालाइ फराकिलो बनाउन मदत गर्नुपर्छ।यसले समाजमा धार्मिक एकता,सामाजिक एकता,सामाजिक सद्भाव ,सामाजिक मेलमिलापको सम्बन्धलाई थप बलियो बनाइ देशको उचाइ थप उचाइमा पुग्नको लागि महत्त्वपूर्ण भुमिका रहनेछ। आफ्नो भुगोल,क्षेत्र,स्थान अनुसारको चालचलनलाई यथास्थितिमा राख्नु नै बुद्धिमानी हुनेछ।स्थानीय सरकार तथा सामाजिक अभियान्ताहरुको यस बिषयमा चासो दिन जरुरी देखिन्छ।

  • २ पुष २०८१, मंगलवार प्रकाशित

  • Nabintech