बझाङ / बुगल नगरपालिका वडा नम्बर ६ का प्रेम बहादुर धामी आजकाल सुन्तलाको बगैंचा स्याहार सुसारमा व्यस्त छन् । सुन्तलाको रेखदेख गर्ने, कुनै रोग, किरा लागे-नलागेको हेर्ने तथा सुन्तला बिक्री गर्ने उनको अहिलेको मुख्य काम हो । लामो समयसम्म भारत मा बसेका धामि अहिले भने आपनै गाउँ घरमा कृर्षि पेसामा आबद्ध भएका छन्।
उमेरले ३५ बर्ष लागेका धामि सुन्तला खेतीप्रतिको जोस निकै वडेको देखिन्छ । सुन्तला खेती उनको नयाँ पेशा हो । विगत केही बर्षदेखि उनले थप व्यवसायिक किराना पसल तथा कुखुरा पालन गरेका छन् । अहिले उनको पन्ध्र तीन सय भन्दा बढी सुन्तलाका बोट छन् । त्यो बाहेक केही बिरुवा अरु पनि छन् ।
उनले यो बर्ष प्रति केजी सय रुपैँयाका दरले सदरमुकाम चैनपुर मा बिक्री गरेका छन् ।’ उनले भने, ‘यो बर्ष सबै बगैँचाको सुन्तला विक्री गरीसकेका छन् । सुन्तला बेचेर बार्षिक तिन लाख भन्दाबढी पैसा आम्दानी हुने गरेको उनले बताए। यो पैसाले घरखर्च राम्ररी चलेको धामिको भनाई छ ।
सोही ठाउँकी ५५ बर्षिय सारदा जोशी को दिनचर्या पनि आजकाल सुन्तला खेतीमै कट्ने गरेको छ । विगत १०बर्षदेखि सुन्तला खेती गर्दै आएकी जोशी अहिले दुई सय सुन्तलाका बोटले उत्पादन दिइरहेको छ । ‘एक बर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल दुई लाखको बिक्री भयो ।’
जोशीले भनीन, ‘यो बर्ष पनि तिन लाख बराबारको बिक्री हुदैँछ ।’ अर्की स्थानीय दुर्गा देवी जोशीले पनि तीन लाखको सुन्तला बिक्री गरिन् । यो बर्ष पनि सोही रकमकै हाराहारीमा बिक्री गर्ने उनको योजना छ । सुन्तला बगैँचामै प्रतिकेजी ६५ देखि ७० रुपैँयासम्म पर्ने उनले बताइन सुन्तला लिन घरमै ब्यापारी आउछन् । अहिले प्रति किलो ६५ देखि ७० रुपैयामा सुन्तला बिक्री भइरहेको छ । पछिल्लो समय वैदेशिक रोजगारिमा जाने युवाहरुको प्रतिस्पर्धा छ । तर जोशीले भनिन् घरमै बसेर मनग्य आम्दानी गरेकी छन् । ‘ उनले भनिन कुल १२ रोपनी जग्गामा उत्पादन भएका सुन्तलाले उनको घरखर्च राम्रै चलेको छ । उनले उत्पादन गरेको सुन्तला स्थानीय बजार हुदैँ बागथला झोता र सदरमुकाम चैनपुर लगायतका ठाउँसम्म पुग्ने गरेको छ ।
बुगल नगरपालिका को अठपालि सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ ।सुन्तलाको उत्पादन राम्रो भएपनि सुन्तलामा देखिएका केही समस्याका कारण किसान भने समस्यामा छन् । सुन्तलाको बिरुवा पहेँला हुने, माउ बोट सुक्ने, पहेँला हुने, जरा कुहिने जस्ता समस्या सुन्तलामा देखिएका छन् । त्यसैगरी टुप्पा सुक्ने, पात पहेँला हुने, हागाँ सुक्ने जस्ता समस्या देखिएकोले किसानलाई समयमै समस्याको समाधान गरिदिन किसान प्रेम धामिले आग्रह गरे ।जिल्ला कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेम पनेरुले किसानहरुलाई आवश्यक पर्ने बीउ, मल, बिरुवा, सिँचाई लगायतका बिषयमा कृषि ज्ञान केन्द्र बझाङ सहयोग गरेको बताए । त्यसैगरी सिँचाई, प्राविधिक लगायतको व्यवस्था पनि गरेको कार्यालय प्रमुख खेम पनेरुले बताए । ‘उत्पादन र बजारीकरणलाई कुनै समस्या छैन ।’
प्रमुख पनेरुले भने, ‘किसानलाई आइपर्ने समस्यालाई ज्ञान केन्द्र बझाङ सक्दो सहजिकरण गर्छ ।’कायालय प्रमुख खेम पनेरुले स्थलगत अनुगमन गर्दै बगैंचामा देखिएका समस्या समाधान गर्ने किसानलाई बिभिन्न सुझाब सल्लाहा दिदै कार्यालयबाट हुने सहयोग गर्न उनले बताए। बझाङ जिल्लामा सबै भन्दा राम्रो उत्पादन हुने र सुन्तलाको लागि राम्रो र उपयुक्त ठाउँ बुगल नगरपालिका रहेको उनले बताए। यो खेतिबाट किसानले धेरै राम्राे आम्दानी गर्ने पनि उनले बताए।