हजुरबुबा, के भयो ? नजिकै तपतप आवाज सुनेर म मुँझेकी थिएँ ।
पानी चुहियो बा। हजुरबुबाले छानातिर हेर्दै भन्नुभयो । उहाँ यताउता गरिरहनुभएको थियो ।
कसरी ? के यो घरको छानो बलियो छैन ? मैले हजुर बुबातिर हेर्दै भने ।
धेरै भयो बा, पुरानो भैसक्यो । खरको छानो फेर्न सकेको छैन । हजुरबुबाको अनुहार उदास देखियो– ’मेघ बर्सेको बस्यै छ । केके बरबाद पार्ने हो यो मेघले ? कतिको ज्यान लिने हो ? धनजनको कति क्षति गर्ने हो ? हजुरबुबाले चिन्ता पोख्नुभयो । हजुरआमा बुइँगलबाट ओर्लंदै हुनुहुन्थ्यो । हजुरबुबा यताउता गर्दागर्दै पूर्वपट्टिको सानो झ्याल खोलेर बाहिर हेर्दै टोलाउनुभयो । के भो हजुरबुबा ? मैले फेरि कोट्याएँ । ’नानी, उता अमेरिकामा त यस्तो घनघोर मेघ आउँदैन होला हगि ? मेरा छोराबुहारीलाई हामीले बेहोरेजस्तो विपत् त पर्दैन होला नि । उहाँ एकोहोरो हुनुभएको थियो । उदास थियो अनुहार ।
पर्छ पर्न त कहिलेकाहीँ । पानी मात्र पर्ने हो र हजुरबुबा हिउँ नै पर्छ नि । मैले भने । हजुरबुबाले मुन्टो भित्रतिर तानेर आत्तिएको स्वरमा भन्नुभयो–हिउँ पनि पर्छ ? यस्तो मेघ त आउँदैन होला नि ? हे भगवान मेरा छोराबुहारी र नातिनातिनालाई केही नहोस् । उहाँले लामो श्वास तान्नुभयो । हजुरआमाले मेरो नजिक आएर भन्नुभयो– ’उहिले ४२–४३ सालतिर यस्तै घनघोर वर्षा भयो। खोलानाला बढेर धेरै बस्ती बगे। कति मान्छे मरे, कति घरबारविहीन भए । हामीलाई पनि आपत् पन्यो । छोराछोरी सानै थिए । हाम्रो घरवास खोलाले बगायो । ओत लाग्ने ठाउँसम्म भएन । ओढार खोज्दै हामी जङ्गलतिर गयौं । खोलाको किनारमा रहेको ओढारभित्र बसेर बालबच्चा बचायौ । हामी बसेको ओढारभन्दा अलि पर बसेका रामदयालको छोरालाई बाघले लुछी लुछी खायो । मूकदर्शक भएर हेर्नुबाहेक अर्को विकल्प थिएन । धेरै दिन गुफामा बसियो । छोराछोरी पाल्नै पर्यो । बुढा दिनभरि जङ्गल घुमेर गिट्ठा, म्यागुर खोजी ल्याउँथे ।
आफू भोकै बत्तेर पनि बच्चालाई खुवायौ। बाढी रोकिएपछि फेरि आफ्नै जमिनमा सानो झुप्रो बनाएर बस्यौ । आज फेरि त्यस्तै दिन सम्झाउने मेघ आयो बा हजुरबुबाका आँखामा आँसु छचल्किँदै थिए । त्यसै बेला तपतप निधारमा पानीको थोपा चुहिए। हजुरबुबालाई सजिलो भएछ, यो पानी पनि आँखैमा पन्यो भन्दै पुछ्नुभयो । मलाई थाहा थियो–हजुरबुबाका आँखाबाट पानीका थोपाभन्दा धेरै आँसु बगिरहेछ । ’हजुर बुबा र हजुरआमालाई दुखी बनाउन यो मेघ किन आएको होला भन्ने लागिरह्यो मलाई । उहाँहरूको विगत दुख्ने गरी कोट्याएको थियो मेघले । कुरैकुरामा उहाँहरूले आफ्ना सबै बह पोख्नुभयो । छोरालाई पढाइलेखाइ गराएर आफ्नै साथमा राख्ने आशा थियो रे । तर लागि । जीवनभर दुख गरेर मामा अमेरिका जाने हुनुभएछ पढाइका आर्जेको खेतबारी बेचेर हजुरबुबाले छोरो अमेरिका पठाउनुभयो । एक वर्षसम्म त मामा फोनमा कुरा गर्नुहुन्थ्यो रे पछि उतै बस्ने केटीको प्रेममा परेर बिहे गरेछ, बिस्तारै घर बिर्सियो । बाआमा बिर्सियो । त्यसपछि सबै बिर्सियो । छोरी पनि बिहे गरेर घर गएपछि हामी बुढाबुढी मात्र रह्यौ । हजुरबुबाले पीडा पोख्नुभयो ।
छानाबाट वर्षाका थोपा चुहिएका बेला हजुरबा र हजुरआमालाई रून सजिलो भयो । जीवनमा त्यति भावुक भइएला भन्ने थिएन सायद । म पहिलो पटक मामाको अनुहार सम्झिने कोसिसमा लागे । धमिलो छायाजस्तो मात्रै देखियो उहाँको अनुहार । सोचे– ’किन यति साह्रै निष्ठुर भएका होलान् हाम्रा मामा फेरि आमालाई सम्झिएँ– हँसिली, राम्री हाम्री आमाले हजुरबुबाको जस्तै निधार ल्याउनुभएको रैछ । आँखा भने हजुरआमाका जस्ता, ठुलठुला । हाम्री आमा पनि आफ्ना बुबाआमालाई एक्लै छोडेर बाबासँग किन जानुभएको होला ? मन तरङ्गिएपछि फेरि सोचे– ’उहाँ नगएको भए म कहाँबाट आउँथे त ? मनमै अलमलिएँ । मुसलधारे वर्षा रो किने कुरै थिएन, पानी दर्किएपछि बुढाबुढी फेरि काममा लागे । ठुलो डबरा यता ल्याउ त बुढा, यता पनि पानी चुहिन थाल्यो । हजुरआमा बोल्नुभयो । ठुलो डबरा त यता थाप्या छ । ओछ्यान भिज्न लाइगो बुढी। हजुरबुबाले ओछ्यान छाम्दै भन्नुभयो ।
त्याँ यो बाल्टी थाप, ठुलो डबरा यता ल्याऊ । आफ्नो जिद्दी छोड्नु भएन, हजुरआमाले हजुरबातिर हेर्दै चर्को स्वरमा भन्नुभयो । ’यताबाट पानी भित्र छिरो भने अगेनो भरिन्छ । अनि कसरी चुलो बाल्नु ? खानु त परो नि।
घरभित्रका बाल्टी, डबरा, ड्याक्ची, अङ्खोरा, गाग्री, बटुका थाली. कचौरा डाडु सबै छानोबाट चुहिएको पानीमा थापिए ठुलो चौरमा विभिन्न थरीका च्याउ उम्रिएझै । हजुरबुबा र हजुरआमाको घरको छानो एक ठाउँ होइन, धेरै ठाउँबाट चुहिएको थियो । म पनि हजुरआमासँगै भाँडाकुँडा थाप्न थाले । छतबाट चुहिएको मेघको धाराले दुवै जनाको शरीर निथुक्क भिजिसकेको थियो भैगो नानी, तिमी सुत नाईं हजुरबुबा, यस्तो बेला मचाहिँ कसरी सुत्न सक्छु ? हजुरहरूलाई सगाउँछु नि ।
के सुत्नु ? कसरी सुत्नु ? यतिका वर्षपछि गाउँ आएकी । आफू सानी छँदा मामाघर आएर रमाएका पलहरूले सधै सताइरहन्थे। सहरको बसाइ र पढाइको व्यस्तताले कहिल्यै मामाघर आउन पाइन । एमबीबीएसको अन्तिम परीक्षा सकिएको खाली समयमा गाउँ आएकी हजुरबुबा र हजुरआमा भेट्न ।
मामा अमेरिका गएपछि उहाँहरू एक्लिनुभयो ।’ मामालाई सम्झेर मन खिन्न भयो । डाँडामाथिको घामजस्तो अस्ताउन लागेका बुढा हजुरबा र हजुरआमा देखेर मन छियाछिया भयो । मामा फोन पनि गर्नु हुन्न हजुरबाबु ? ’नाइँ बा. क्याको फोन गर्नु ? सात वर्ष भैगो । हामीलाई बिर्सिएर बसे उतै । नाति जन्मेको छ भन्छन् अरूले । हेर्न नपाई मर्ने भयौ हामी बुढाबुढी। हजुरबुबाको स्वर उदास थियो ए बरै बुढेसकालमा आफ्नो भन्ने कोही हुन्न रछन् । हजुरआमाले सुस्केरा हाल्नुभयो । तेरी आमा मात्रै हो माया गरेर फोन गर्नी । तै पनि कसरी बाटो बिराएर आइस खै ? हजुरबुबाले मतिर हेर्दै भन्नुभयो । हजुरबुबाका शब्दले दुखी भयो मन । मलाई के भनु ? के नमनु ? भयो । बिर्सिएको छैन भनु भने पन्ध्र वर्षपछि आएकी छु ।
तैपनि भने त्यस्तो होइन हजुरबुबा मेरो पढाइले गर्दा फुर्सदै भएन । आउन त मन थियो नि । हो हो. नाति पनि नआको कति मैसको ? तेरी आमा जागिरे, व्वाई पनि जागिरे । उनीहरूलाई फुर्सद नै काँ हुन् ? पोहोर एक रात बसेर गकी हो । नातिले त झन् छिटो जाउँ मम्मी भनेर बस्न, खानै दिएन । सहरों सुखभोग गरेका तिमीहरू गाउँमा हामी सडेका बुढाबुढीसँग के बस्न मान्थ्यौ र १ हजुरआमाको यथार्थमा व्यङ्ग्य मिसियो । मैले पनि भनिहाले– ’अब एक्लै बस्नु पर्दैन । म बस्छु हजुरहरूसँग जन्माएका छोराछोरीले त बिर्सेका बेला म साथ दिन्छु भन्दा के विश्वास हुन्थ्यो र ? तैपनि भने– मम्मीबाबाले सहर जौ भन्दा हजुरहरू पनि त मान्नु हुन्न रे ।
भैगो बा, अब कति बाँचिएला र ? यतै मर्छौं हामी बुढाबुढी हजुरबुबाको बोलीमा निराशा थियो । अहँ । यस्तो कुरा गर्न हुन्न हजुरबुबा । म सम्झाउन खोज्दै थिएँ, आकाश झनै गड्याङ्गुडुङ् गर्न थाल्यो । हजुरबुबाको बरको छानाबाट पानी चुहिने क्रम झनै बढिरहेको थियो । बाटा, थाल, बटुका सबै भरिएर पानी भुइँमा पोखिँदै थियो । हजुरआमा र हजुरबाको अथक प्रयासले पनि केही सिप चलेन । कोठाभरि पानी जमेर रह बनेको थियो। स्टिलका गिलासहरू स्विमिङ पुलमा खेलिरहेका बालबालिकाझै डुब्दै, उत्रदै थिए । हजुरआमाले आँसु पुछ्तै भाग्यलाई धिक्कार्नुभयो । हजुरबा असहाय मनस्थितिमा घरको छानातिर हेरेर लामो लामो सास फेर्दै सुस्केरा हालिरहनुभएको थियो । ’अस्ति खर किनेको छ । छानो छाउन दुई–तीन दिनपछि आउँछु भन्थ्यो बिर्खे । के गर्ने हे ईश्वर । हामीलाई बचाउ ।
हजुरबुबाको अनुरोध इन्द्रले सुनेनन् । पानी झन्झन् दर्किरह्यो। मामाघरको खरको छानो चुहिरह्यो । हामी भिजिरह्यौ । सन्तानको सम्फनाले उहाँहरूको मन व्यथित थियो । तहरी वातावरणको पक्की घरभित्र हुर्किएकी म, यसरी मेघ गर्जर पानी परेको अनुभव पहिलो । ग्रामीण जीवनको दयनीयता यत्ति नजिकबाट कहिल्यै नियालेकी थिइनँ । गाउँभरि रुवाबासी चल्यो । ठाडो खोला उर्लिएर पल्लो गाउँ बगायो भन्ने हल्ला चल्यो । ए काइँलाबा । सानेलाई खोलाले बगायो । यो कालो रातमा कता लग्यो होला ? उसकी आमा बेहोस छे । छोरासँगै हामफालेर मर्छु भन्छे । कति सम्झाउनु । खोलाको किनारमा बिलौना गरिरहेकी छे । मङ्गलेले थामेर राखेको छ । तपाई पनि हिँड्नु न बा । खोलो सिधै गाउँमा पस्छजस्तो छ । हामीले ज्यान जोगाउनुपर्छ । खै यो के दैव लाग्यो । ठुलेले विदेशबाट सम्झेर कहिल्यै फोन गरेको होइन । हे ईश्वर। यो के दिन देखायौ ? धर्म रूँदै दौडियो ।
माटोका मित्ताहरू प्वाकप्वाक उप्किँदै थिए । हेर्दाहेर्दै अगाडिको पूरै मित्तो गत्र्याम्म ढल्यो । हजुरबुबा, हजुरआमा र म हात समातेर बाहिर निस्कियौ । भाग्दाभाग्दै पछाडिको भित्तो ढलेर हजुरबुबाका टाउकामा बजारियो । त्यसैमाथि बुइँगलका डाँडाभाटा सबै परे उहाँकै टाउकामा । ऐया पनि भन्न नपाई आफैले बनाएको घरभित्र पुरिनुभयो हजुरबुबा । औत्तीको मध्यरात, सर्वत्र अन्धकार, मुसलधारे वर्षा । गाईगोठ पानि बगाइसकेको थियो । बिस्तारै सिङ्गै घर भासियो । हजुरआमा बेहोसीमै बिलौना गर्दै हुनुहुन्थ्यो– हे दैव। यो के गरिस् तैले । जताततै मान्छेका चित्कार गुन्जिरहे । घरीघरी आकाशमा बिजुली चम्कन्थ्यो र बाटो देखिन्थ्यो । अगि हजुरबुबालाई बोलाउन आएको धर्म कता दौडियो ? श्रीमती बचायो कि नाइँ । कसैलाई अरूका बारेमा सोच्ने फुर्सद थिएन । हामी ढल्न थालेको घर छोडेर निस्कियौ र अलि परको अग्लो सतहमा गएर बस्यौ । हजुरआमाको होस थिएन ।
कति पटक बोलाएँ बोल्नु भएन । हजुरआमा पनि बित्नुभो कि भनेर झस्किएँ । नाडी झमे मुटुको धड्कन छामे– बिस्तारै चलिरहेको थियो । मन अलि इक्क भयो तर पीडा सहन सहज थिएन हजुरआमाछेउ बसेर बिहानीको प्रतीक्षा गरिरहे । आपतमा मान्छेलाई केही आउँदो रहेनछ । म अन्यमनस्क स्थितिमा थिएँ । बिस्तारै अलि उज्यालो हुँदै थियो तर मेघ थामिएको थिएन । अप्ठ्यारो परिस्थितिमा मान्छेले भगवान याद गर्दा रहेछ मान्छे । म भगवान नमान्ने विज्ञानको विद्यार्थी तर रातभरि मनमनै भगवानलाई पुकारा गरिरहे । आकाश चट्किन थालेदेखि मोबाइलमा नेटवर्क थिएन । नत्र कतिपल्ट बाबालाई फोन गर्थे हँला । अनकण्टार ठाउँमा कतै आफै भासिएजस्तो अनुभूति भइरह्यो । बिहान झिसमिस उज्यालोदेखि झरी अलि बिदो भयो ।
विनाशकारी मेघ र बाढीले सिङ्गो गैरागाउँ सखाप पायो, जनधनको दुलो क्षति भयो । बाबुआमाले छोराछोरी गुमाएका थिए, छोराछोरीले बाबुआमाः श्रीमान्ले श्रीमती गुमाए, श्रीमतीले श्रीमान् । आफन्त, नाता. कुटुम्ब, मायालु गुमाउने त कति कति । गाईगोरू, वस्तुभाउ, घरखेत सबै गुमाएका मान्छेहरू ’सर्वस्व सकियो, मलाई मात्रै किन बचाइस् दैव भनेर बिलौना गरिरहेका थिए । पीडाले आहत थिए घाइतेहरू । औषधी नपाएर ज्यान गइरहेको थियो मान्छेको । कस्तो विडम्बना । त्यति ठुलो घटना, पूरै गाउँ शोकमग्न हुँदा पनि देशको सरकारलाई न कुनै चासो थियो, न त खोजखबर नै । आधुनिक युगमा पनि मेरो मामाघरको गाउँ र यहाँका मान्छेका पीडा कसैको अनुभूतिमा थिएन । विपत् भोगाइले मनमा अचानक एउटा विचार जाग्यो– एमडी सकेर म यही गाउँको सेवा गर्छु ।
साँच्चै जन्मनुको अर्थ बोकेर बाँच्छ पीडामा छटपटाएका आहत मनहरूका लागि शीतल मलहम भएर बाँच्छु मैले मनमनै अठोट गरिरहे । बाढीग्रस्त क्षेत्र संसारबाट अलग्गिएको थियो । बिजुली बन्द थियो, फोन चलेको थिएन, यातायातको असहजता । हजुरआमाको अवस्था झन्झन् गम्भीर हुँदै थियो। तल भेरी नदी उर्लिरहेको थियं बर्सातको भेल मिर्सिदा भोको अजिंगरजस्तो डरलाग्दो भएर । सहर जान पनि भेरी तनै पथ्र्यो तर नदी तर्ने सामथ्र्य थिएन । पुलसम्म पुग्न झन् कठिन थियो, ठाडो खोलाले मच्चाएको ताण्डवले । बगरभरि लास छरिएका देखिन्थे। कोही बिलौना गर्दागर्दै मुर्छा परेका थिए, कोही गुहार माग्दै थिए । अधमरा मान्छेहरूको करूण चित्कारले सिङ्गो वातावरण त्रासद थियो। म केही गर्न सकिरहेकी थिइनँ । हजुरबुबा घर, गोठसँगै बगेर भेरीमा समाहित हुनुभयो । नदीले उहाँको मृत शरीर कहाँ पुन्ययो होला ? हजुरआमा पनि घिटिकघिटिक हुनुहुन्थ्यो। आत्तिएर मैले कति पटक गुहार मागे । बल्लतल्ल आएका एक जना मान्छेले हजुरआमाका नाही समातेर निन्याउरो मुख लाउँदै भने– आमा पनि रहनु भएन ।
मैले केही सोच्न सकिनँ। बसेको जमिन हल्लियो भूकम्प आएकैं। उहाँको छातीमा घोप्टिएर रून थाले। एकैछिनमा मैले प्यारा हजुरबुबा र हजुरआमा गुमाएँ। उहाँ जीवित भए कहिलेकाहीँ आउँथे गाउँमा, अब कसका लागि आउनु ? मन छियाछिया भएर टुक्रियो । सोचिरहे– मामा के गर्दै होलान् अहिले अमेरिकामा ? सायद रमाइरहेका होलान् साँझको रमाइलोमा । बर्गर र पिज्जा खाइरहेका होलान स्वाद मानी मानी। जन्मदिन मनाउन बडेमानको बर्थडे केक काटिरहेका होलान । वरिपरिकाले ताली पिट्तै भनिरहेका होलान– ’ह्याप्पी बर्थ डे टु य तर यता उनलाई जन्मदिने आमाको लासलाई काँध दिने कोही थिएन ।









