– खिमा थापा-
विश्वमा सयौं शताव्दिबाटनैं बिभिन्न महामारीहरुले उथलपुथल पारेको हामी थाहा पाउन सक्छौं । १८१७ ई.सं First Cholera Pandemic रसियावाट सुरु भएको थियो । झाडापखला माहामारीमा विश्वका १ लाख ५० हजार मानिसले ज्यान गुमाएका थिए । ई.सं.१९१८ मा स्पेनिस फ्लुबाट विश्वमा ५० लाख मानिसले ज्यान गुमाएका थिए । २०१९ मा चाइनाकोे वुहानबाट शुरु भएको COVID -19 virusले विश्वको ठूला भनिने देश देखि लिएर २१३ देशहरुमा माहामारीको रुप लिई हाल साम्म ६२ लाख ४५ हजार २ सय ४० मानिस संक्रमित छन् भने ३ लाख ७३ हजार ३३७ जना मानिसले यस भाइरसबाट ज्यान गुमाई सकेका छन् ।
नेपालमा पनि यो भाइरसले दिनानुदिन आफ्नो क्षेत्र फैलाउँदै सबैलाई चैत्र ११ वाट घर भित्र थुनेको छ । तथापि संक्रमितहरुको संख्या झन बढ्दैछ । नेपालमा हाल सम्म संक्रमित १८११ जना छन् भने ८ जनाले ज्यान गुमाई सकेका छन् । नेपाल सरकारले जारी गरेको लक डाउन अवधी बढे संगै संक्रमितको सँख्यामा पनि वृद्धि हुदैछ । लामो समय सम्मको लकडाउनले अर्थतन्त्रमा ठूलै असर गरेकोछ । यहि अवधीमा कतिको घरमा चुल्हो नजली भोकले मृत्यु भएकोछ भने कतिले पीडा सहन नसकी आत्महत्या समेत गरिसकेका छन् ।
स्वास्थ्यमा परिवर्तन :-
“स्वास्थ्य नै महत्वपूर्ण धन हो” भन्ने कुरा सबैले बुझेता पनि वास्तविक जीवनमा लागु गर्न नसकिएको यथार्त सर्वविदितै छ । भाइरस संग लड्न स्वस्थ रहनु पर्ने र आफ्नो रोग प्रतिरोधक क्षमतालाइ बढाउन पोषिलो खानाका साथै नियमित व्यायाम गर्नु पर्दछ । हामी २ महिना अगाडी वाटनै घर भित्र लक भएर बसेका छौं । विभिन्न वाहानामा होस् या अल्छीपनाले होस् व्यायाम योग र ध्याानलाई पाखा लगाईएको हुँदाअहिलेको फुर्सदिलो समयलाई हामीले भरपूर्ण सदुपयोग गर्न जरुरी छ ।
मानिस भौतिक तत्व र मन तत्व मिलेर बनेकोे शरिरलार्ई व्यायम मात्र नभएर योग र ध्यानको पनि त्यतिनै जरुरी छ । व्यायमको यथार्त योग र ध्यानले मात्र दिन्छ । यसको मौलिक विशेषता शरिरलाई कसरत मात्र नभएर मानसिक र आध्यात्मिक कसरत समेत गर्दछ । यदि १४४० मिनेटमा विहान सांझ गरेर ६० मिनेट या विहान ३० र साँझ ३० मिनेट गरेर जम्मा ६० मिनेट व्यायाम, योग र ध्यान खर्च गरेको समयले बाँक १३८० मिनेटलाई अर्थपूर्ण र परिपूर्ण बनाउँदछ । यसै गरि बालबालिकालाई पनि उमेर अनुसारको व्यायाम योग र ध्याान गराउँदा बालबालिकाको शारिरिक विकासका साथै श्रृजनशिल बनाउँदछ ।
बालबालिकाको सिकाई :-
छोराछोरीको महंगो शिक्षा र लालनपालनलाई व्यवस्थापन गर्न दिन रात नभनि खटिनुभएको आमा वुवाहरुलाई, वालवालिका लागि समय पनि दिनुपर्दछ भन्ने ज्ञान नभएको पक्कै होइन । कति बालबालिकाहरुलाई अव्वल अँक ल्याउनको लागी महँगो विद्यालयको होस्टेलमा वच्चाको इच्छा विपरित राख्ने गरेको समेत पाईन्छ । यो राम्रो होईन, यसले बालबालिकाहरुमा मनोबैज्ञानिक असर पर्दछ ।
गत चैत्र ६ गतेवाट विद्यालयका ढोकाहरु पठनपाठनको लागि बन्द छन् । केहि बिद्यालयहरुले अनलाईन कक्षा शुरु गरेका छन् भने कतिले रेडियो र टेलिभिजनमा पनि शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेका छन् । तर यतिबेला पढाउने भन्दा पनि सिकाउने समय हो । किताव त केवल ज्ञान लिने माध्यम मात्र हो । पूर्ण शिक्षा त्यती वेला मात्र पूरा हुन्छ जतिवेला सिकेको कुरा व्यवहारमा लागु हुन्छ । व्यवहारिक सिकाईले मात्र समृद्द नेपालको परिकल्पना गर्न सकिन्छ ।
बालबालिकाहरुलाई घरमा सिकाउन सकिने पक्षहरु :-
– उमेर अनुसार घरको काममा सहयोग गर्न लगााउने पानी भर्न, विस्तारा मिलाउन, लुगा धुन, मिलाउन, घर सफा गर्न, खाना पकाउन, करेसा बारिमा फुल वा विरुवा लगाउन, वोट विरुवामा पानी राख्न सिकाउने ।
– भान्सामा भएको सामाग्री जस्तै : भाँडाको नाम, अन्न वाली, खाने चिजहरु, लुगाहरुको नाम, लेख्न र महत्वको वारेमा लेख्न लगाई के तत्ववाट बनेको पहिचान गर्न लगाई भाषा सिकाउने ।
– भान्सामा भएका बस्तुहरुको आकार, रंग, गन्ती, जाडे घटाउ, लामो, छोटो, मोटो, पातलो, अग्लो होचो, नजिक, टाढा, हलुगों, गह्रुगों, धेरै थोरै गुणन, भागा आदिवाट गणित सिकाउने ।
– करेसा वारीमा भएको फल, फुल विरुवाको नाम र प्रकार खाने कुराको स्वाद जिवित प्राण, निर्जिव प्राणीको पहिचान गर्न लगाई विरुवाहरुको जीवन चक्रको अभ्यास सहित विज्ञान सिकाउने ।
– छिमेकीको नाम, घर, आफ्नो ठाउँ नजिकैको विभिन्न धार्मिक स्थान, ठाउँको नाम, साथीको नाम, आफन्तहरुको पहिचान नाता पाता, ठाउँको विशेषता, नेपालको प्रशिद्ध ठाउँहरु, राष्ट्रिय चिन्हहरु, नेपालमा बोलिने भाषाहरु, वाजाहरुको नाम विशेषता र महत्वहरु पहिचान गर्न सिकाई सामाजिक सिकाउन सकिन्छ ।
यी ठोस वस्तुहरु प्रयोग गरि सिक्दा रमाइलो र यथार्थ सिकाइ समेत हुन्छ ।