सास फेर्नजस्तो अप्ठ्यारो पनि अरु केहि हुदैन क्यारे । जीन्दगीको दौड जित्न दौडिदा दौडिदै मान्छे सानो भन्दा सानो कारणले जीन्दगिको खेल मैदानमा लड्छ र फेर्न सक्दैन सास । लेख्दा लेख्दै ,गाउँदा गाउँदै, हिड्दा हिड्दै, दुनियाँलाई जित्दाजित्दै संसारको सबै भन्दा शक्तिशाली मान्छेले पनि फेर्दा फेर्दे फेर्न सक्दैन सास । सास फेर्न भन्दा अर्को गाह्रो बिर्सन रहेछ । कसरी यादहरुले पिरोल्छ बल्ल महसुस गर्दे छु । ‘सृजा, म त अकालमै मर्छु होला, कसरी पीडा खेपेर बस्नु’ यीनै शब्दले मेरा पनि गहभरी आँशु आएका थिए । कसरी यस्तो भयो ? किन भयो ? मलाई अरु कुरा सोध्ने आँट नै आएन, उसलाई सम्झाउँन गएकी म, उल्टै निशब्ध भए अनि उल्टै उसका घाउलाई कोट्याउन पुगे ।
“प्रिया” मेरी बच्चा देखीको साथी । एकदिन पनि छुट्टिन्थिएनौै हामी । बाख्रा चराउँने, पढ्र्ने, खोलामा नुहाउँने देखि लिएर कहिलेकाँहि संगै सुत्ने पनि गथ्र्याे । यति गहिरो मित्रता थियो हाम्रो । गाउँमा यिनीहरु मितीनी हुन् पनि भन्थे । हामीले मितीनी नलाको पनि होईन तर मितीनीलाई तपाँई भन्नुपर्ने, हामी दुवैलाई साह्रै गाह्रो हुने । त्यसैले मितीनी लाउँने सपना हाम्रो अपुरो–अधुरो नै भयो । तर, मित्रता भने झन् प्रगाढ । प्रिया अलि लजाउने स्वाभावकी अनि म भने साह्रै चकचकी, शान्त भएर बस्नै नसक्ने । प्रियालाई कसैले जिस्कायो कि म भिड्न जान्थे । मलाई देखेर फेरी केटाहरुनी डराउँथे । जे पायो त्यहीले हानिहाल्थे, नडराउँन पनि कसरी । प्रिया अलि पढ्न रुचाउदैनथि, मैले उसलाई कर गरीगरी पढाउँथे । अन्टि ( प्रियाकी आमा)ले पढाउ बा पढाउ यसलाई, पढिन भने यस्को बिहे गर्दिने हो भनेर भन्नुहुन्थ्यो । मैले धेरै सम्झाउँथे उसलाई –‘पढ्र के त एस.एल.सी त दे, त्यसपछि त सहि के हो, गलत के हो, भनेर आफै बुझ्छेस् । हेर् तेरो बा, आमाले बिहे गर्न खोजे नी गर्दिन नी गर्दिन भन्नु, आफ्नो खुट्टामा उभिएर बिहे गरेस् बरु ।’ केटी धेरै सोझी, बाआमाको कुरा काट्नै नसक्ने ।
हामी खेल्दै गर्दा आफ्ना इच्छाहरु साटासाट् गर्थिम् । मेरो भन्दा धेरै इच्छा त प्रियाका थिए । म त संसार घुम्ने हो भन्थि । नाच्न पनि कस्तो राम्रो नाच्थि, मलाई नाच सिकाउने पनि उहि थिई । कहिले डान्सर बन्ने हो म भन्थि त कहिले नर्स । ‘तँ यस्तै हो भो केहि बन्दीनस्, छोरो पाएर बस्छेस्, छिट्टै तेरा बा, आमाले बिहे गर्दिन्छन् अनि ठिक्कै हुन्छ’ भन्थे मैलै । सपना देख्नपर्छ तर निश्चित लक्ष्य पनि बनाउँन पर्छ भन्ने महसुस हुन्थ्यो मलाई । म उसलाई पहिला एस.एल.सी दे राम्रोसँग पढ् भनेर सम्झाई रहन्थे ।
हाम्रो गाउँमा शंकर मास्टर हुनुहुन्थ्यो । उहाँले परिक्षाफल आउँछ भोली भनेर गाउँमा भन्दै हिड्नु भएको थियो । त्यतिबेला प्रिया र म हाम्रो, घरमा खेल्दै थियौ । परिक्षाफल आउँने कुराले हामीहरु दुबैलाई त्यो बेला खुसी र डर दुवै महशुस भएको थियो । त्यो रातभरि निदै लागेन हामीलाई । तेरो त राम्रो रिजल्ट आउँछ म यसपालि फेल भए भने त बिहे गर्दिन्छन् घरबाट भनेकी थिई प्रियाले । ‘पागल्नि पास हुन्छेस् के, यति छिट्टै केको बिहे त्यस्तो गर्न थोडी दिन्छु म, चिन्ता नगर’ भनेर सम्झाकी थिए उसलाई । तर मलाई पनि डर भने लागेको थियो, आफुसंगसंगै प्रियाको पनि ।
रात भरि गनगन गर्दे कति बेला सुतेछौ हामीले थाहा नै पाएनौ । भोलीपल्ट चिया खाएर प्रिया आफ्नो घर गई । नौ बजे स्कुलको पोशाक लाएर सृजे भन्दै कराउदै आई । म तयार भएर बसेकी थिए । त्यसपछि हामी स्कुलतिर लाग्यौ । डरले होकी केले हो बाटोमा एक शब्द नि बोलेनौ । के हुन्छ होला हई मात्र भन्थि प्रियाले । चिन्ता नगर् के राम्रो हुन्छ भन्दै ढाडस् दिइरहेकी थिए । तर आफुमा पनि डर भने नभएको होइन । यो पालि प्रथम, दोस्रो, तेस्रो जुन स्थान भए पनि साईकल किनिदिन्छु भन्नुभएको थियो बुवाले । मलाई पनि भित्र देखि चाहना थियो, चौथोबाट माथि उठ्न ।
अन्तमा रिजल्ट आयो । पियन दाईले सूचना पाटिमा टाँसिदिनु भयो । म चौथोको चौथो नै भएछु तर प्रियाको रोल नम्बर खोज्न थाल्यौ, पाउँदै पाएनौ । उ रुन थाली, अब मलाई फसाद पर्न थाल्यो । मेरो बिहे गर्दिन्छन् सृजे भन्दै डाँको छोडेर रुन थाली केटी, कसरी सम्झाउ यसलाई भन्ने भयो । कसैले थाहा नपाउन भनेर स्कुलको शौचालयमा लिएर सम्झाउँन थाले ।
कहिले मास्टरको गल्ति नी हुन्छ रोक म शंकर सरसंग कुरा गर्छु भनेर उसलाई त्यही राखे । शंकर सरले प्रियालाई बोलाउ भन्नुभयो । पढ्ने बेला नपढ्ने अनि अहिले रुने भन्नथाल्नु भयो सरले फेरी । सर, यसको घरमा बिहे गर्दिन्छन् फेल भाको थाहा पाएपछि मिलाउँन मिल्छ भने मिलाउनु न, म प्रियालाई आफुसंग राखेर पढाउँछु अब देखि भनेर कति अनुरोध गरे । लाग्न पनि चार वटा बिषय लागेको रहेछ । मिल्दै मिल्दैन पास गराउन बरु म सम्झाउँला यिनका बा, आमालाई भन्न थाल्नु भयो । त्यति कष्ट गरेर गरेको अनुरोध खेरै गयो ।
घरमा प्रिया फेल भएको पहिले नै थाहा भइसकेको रहेछ । हामीले भन्नु भन्दा पहिला । उसको आमा जोड जोडले कराउन थाल्नुभयो । मसंग तुलना गर्नुहुन्थ्यो उसको आमाले, बिचरी जति पढेनी बिर्सने बानी थियो उसको । मैले अहिले केहि नभन्नुस अन्टि , यसलाई नि दुःख लाग्छ , अब देखि झन मेहनत गरेर पढ्छे भनेर अन्टिलाई के भन्न पाकी थिए , तिमी घर जाउ म संग ठुला कुरा नगर भन्नुभयो, त्यसपछि म आफ्नै घर तिर लागे ।
एक हप्ता भएको थियो प्रिया हाम्रो घरतिर नआएको । अनि मलाई जान पनि अप्ठ्यारो लागि रहेको थियो । केटीको त अब बिहे हुन्छ भनेर गाउँमा गाँइगुइ सुन्न थाले । कस्ता हुन बाआमा पनि उमेर नै पुगे छैन भन्दै हाम्री आमा नि फत्फताउन लाग्नुभयो । त्यति बेला अहिलेको जस्तो कडा कानुन बनिसकेको थिएन । प्रियाका घर परिवारले त पहिले नै केटा खोजेर राखि सकेका रैछन् । केटो नपढेको तर जग्गा जमिन भाको रैछ । दुई हप्ता पछि प्रिया हाम्रो घरमा आई, त्यस दिन रुन सम्म रोई बिचरी । आमाले नि धेरै सम्झाउनु भयो , अब दहि ठेकी भइसक्यो, आमा बुवाले छोरा छोरा छोरीका लागि राम्रो नै सोचेका हुन्छन्, भोली श्रीमान गतिला भएसी पढाम्चन् चिन्ता नगर भन्दै आमाले सम्झाउन थाल्नुभयो । मलाई भने यस्ता कुरा चित्तै नबुझ्ने, मसंग टन्नै पैसा भएत उसलाई दिएर टाढै जा भन्निथे भन्ने सोचाई नि नआको होइन ।
रातो सारी अनि घुम्टो, राता जुत्ता, रातो पोते, हातमा राता चुरा, निधारमा रातो टिकी कति राम्री देखेकी थिई मेरी साथी प्रिया । एकछिन त एकटक लाएर हेरेपछि फेरी आफै आँखाबाट बरबर आँसु आउँन थाले । छोरी भएर जन्मिन पनि पापै होकी झै लाग्यो, मन अमिलो भयो ।
बिचरी डान्सर बन्छु, नर्स बन्छु भन्थि यति छिट्टै बेहुली भई । उसले कहिले पनि नसोचेकी अनि कल्पना पनि नगरेकी । अभागी रहिछ प्रिया, हाँस्ने,खेलने उमेरमा पोईको घर सियार्ने भई । यस्तो कुरा खेल्यो मनमा त्यो दिनभरि अनि र।त भरी पनि । धन्न म भाग्यमानि रहिछु, मेरा बा, आमा बुझ्ने पाएछु, प्रियाका नि त्यस्तै भईदिए ।
प्रियालाई उसका पोईली घरबाट पढ्न पठाएनछन् । सासु बिरामी रैछिन् त्यसैले छिटो छिटो बिहे गर्ने भनेका रहेछन् । म स्कुलमा एक्लै भए अरुसंग त्यति म बोल्दैन थे । कक्षा ९ र १० मेरो सकियो । प्रिया बेला बेला माइत आउँथी भेट् हुन्थ्थो, पछिपछि बोल्न नी लजाउँथी, मैले बोलाएसी मात्र बोल्थी । एस.एल.सी को रिजल्ट आयो, म प्रथम श्रेणीमा पास भए त्यति बेला प्रिया गर्भवती भएकी रैछ । केटी कति छिट्टै बुढी देखिन लाकी भनेर आमासंग कुरा गरेकी थिए । आमाले तेरो नी पालो आम्च, खाली ढिलो, चाडो न हो भन्नुभयो ।
म प्लस टु पढ्न नेपालगंज गए । साईन्स पढ्छु भनेर पहिल्यै घरमा भनेकी थिए । प्रियासंग बातचित् बिल्कुल बन्द भयो । पछिपछि त बोलाउँदा मात्र बोल्ने, सोधेको प्रश्नको उत्तर मात्र दिन थाली उसले, मैले नि बोलाउँन छोडे । एघारको परिक्षा दिएर घर आउँदा प्रिया छोरो लिएर माइत आकी रैछ । म आफैलाई नि बोल्न किन किन गाह्रो लाग्यो, मलाई देखेर झन् भाग्नथाली त्यो पनि । बिस्तारै बिस्तारै त बोलीचाली नि बन्द हुन थाल्यो ।
मैले आमालाई प्रियाको घरका कस्ता छन्, माया गर्छन् कि गर्देनन् भनेर सोधेकी थिए । अरुसबै त राम्रो छ तर श्रीमानले चाहि अलि कडा गर्छन् रे, पसल थाप्छु चोकमा भनेकी थिई रे मान्दै मानेनन् बाहिरको काम नगर्नी भने रे भन्न्ुभयो । कस्ता तोरी रचन्, आत्मनिर्भर नि हुन नदिने, केही न केही त गर्न दिनु नि, पढ्न नदिए नि भनेर कराउन थाले । आमाले यता नबौला, त कराएर के हुन्छ भन्न थाल्नुभयो, अनि मन गह्रुंगो पारेर चुप लाएर बसे ।
मेरो प्लसटु नि सकियो, ब्याच्लर पढ्र्न बाहिर जाने कुरा भयो । म बंगलादेश जाने भए पढ्र्र्न । एक एक वर्षमा घर आउथे । प्रियाको छोरो नि ठुलै भइसकेछ । हाम्रो घरमा आउथ्यो, हाम्री आमालाई साह्रै पछ्याउने रैछ । बाबु तिम्री आमा खोइ भन्दा उटा हनु हुन्ट भन्थ्यो, कति सुन्दर फेरी छोरो । प्रिया पछि भने म आको थाहा पाए सि आउथी, म नि जान्थे उ माइत आको बेला ।
चैत्रको महिना थियो, परिक्षा सकेर उताबाट आइरहेकी थिए, कोहलपुर पुग्नै आटिकी थिए चप्परगौडीमा दाजी भेटिनु भयो त्यति बेला हाम्रो गाडी रोकी रहेको थियो । दाजीले प्रियाको लोग्ने आज मर्यो, उसैको मलामी जादैछौ बाइकमा भन्नु भयो, म त खङरडङ्ग भए एकछिन् । के भन्नु हुन्छ के दाजी, उसको त्यति सानो छोरो छ, कसरी बाँच्छे अब भन्न लागे । दाजीले घर जा पछि कुरा गरौला नराम्रो नमान् भन्नुभयो । मेरो त आँखाबाट बलिन्धरा बग्न सुरु भए । घर नपुग्नेबेला सम्म प्रिया र उसको छोरा आँखामा खेली रहे ।
मर्नेको भन्दा बाँच्नेको चिन्ता हुने रहेछ, अब कसरी बाँच्छे ऊ, भरर्खरकी छे । सानो छोरो छ, कमाउने घरमा कोही छैनन् । बिचरा बुढा छन् सासु, ससुरा, यिनै कुराले पिरोली रह्यो मलाई । झन् उसलाई कस्तो भयो होला । उसबेला पसल गर्छु भन्थि गर्नदेको भएनी हुने, आफै त कमाएर खान्थी, यिनै कुरा खेली रह्यो मेरो मनमा । म उसको घर जानै सकिन । के भन्नु गएर, कसरी सान्त्वना दिनु, मेरो झन् बीपी लो छ, आमाले नि जान दिनु भएन । बरु आफु दिनहु जानु हुन्थ्यो,उसको घर पारि गाउँमा त थियो ।
शुद्धि गरिसकेपछि अब त जान्छु भेटेर कुरा गर्छु भने अनि गए पनि गह्रुगों मन लिएर । सबै कुरा समयको खेल रहेछ । समय जस्तो बलवान कोही रहेनछ । यति भर्खरकी केटी, उसको इच्छाहरु कति थिए होला, भलै परिस्थितीले घेरेपनि सपना त थुप्रै थिए होला । के साच्चै उसलाई ति इच्छाले बाँच्न देलान त ? यिनै कुराहरु खेलिरहे उसको घर नपुग्दा सम्म । म जाँदा घरको आगनमा प्रिया, उसको नाबालक छोरा, सासु, ससुरा र घर नजिकैका छिमेकीहरु बसिरहेका थिए । सबैलाई अभिवादन गरे अनि प्रिया बसेको ठाउँमा के बस्न खोजिकी थिए, ऊ डाको छोडेर रुन थालि । मन यति अमिलो भयो कि म के भनौ । अंगालो हालेर रुन थाल्यौ हामी, सबै हेरेको हेर्यै भएछन् । एकछिन सम्म रोयौ, पछि भित्र जाउ तिमीहरु झन् बा,आमालाई कति चिन्त्ता छ यस्तो नगर भन्नुभयो घर नजिकैको छिमेकी दिदीले ।
प्रिया भने मलाई देखेर झन रुन थालि । म अभागि रैछु सृजे, भग्वानले मेरो खुशी देख्न नसक्ने रैछन् । भर्खर रंगिन लाग्दै थियो जिन्दगी । फेरी नया आशा, सपना पलाउँदै थियो मेरो, सबै खोसिए कहिले नर्फकिने गरि । म त मृत्यु बाहेक केहि देख्दिन अगाडी । छोरो नभए त म पनि जान्थे उनी संगै, छोरोको मुख हरेर बाँचेकी छु । म पनि बाँच्दिन अब धेरै, कसरी बाँचु तै भन्न, खोटो भाग्य यसैलाई भन्दा रहेछन् सृजे । अलक्षिनकी रैछु…. भन्दै उ झन रुन थाली । कसरी सम्झाउ उसलाई, मेरमे झन् आको आई छन् । एकछिन पानी खुवाए उसलाई, टाउको दुख्यो भन्न थालि अनि रुमाल बाधि दिए शिरमा । एकछिन् शान्त गराए । बल्ल तल्ल उसलाइ सम्झाइ बुझाई घर तिर फर्के म । घर पुग्दा साँझ परिसकेको थियो ।
त्यो रात भरि निद्रा लागेन मलाई, प्रिया र उसको छोराको भविष्य बारे सोचिरहे । काम गरेर खाने बाटो पनि केही छैन बिचरीको । केही सीप सिकेको भएनी गरेर त खान्थि, अलि अलि जग्गा छ त्यसैमा केहि गरे मात्र, फेरी घरमा काम गर्ने जस्ता मान्छे नि कोही छैनन् । डुब्न लागेका घाम जस्ता छन् उसका सासु, ससुरा पनि तर गरेर देखाउनु त छ उसलाई, चोटहरुले मान्छेलाई बाच्न सिकाउँछ ,कर्मठ बन्न सिकाउँछ ।
सधै भनेको जस्तो नहुने रहेछ जीवनमा । संघर्ष नमर्दा सम्म गर्नु पर्ने रहेछ । मान्छेको अस्तित्व नै उसको पाखुरामा हुने रहेछ । यस्तै यस्तै कुराहरुले त्यो रातभरी सुत्न दिएका थिएनन् मलाई । यिनै कुराहरुलाई सोच्दा सबैभन्दा शाहसिली अनि बलवान त मलाई प्रिया नै लाग्यो । उसको जीवनमा चोट छ, रोदन छ अनि दुख पनि छ , तरपनि आफ्नो जिम्मेवारीलाई बिर्सेकी छैन, अब उसको सर्वश्व भनेको नै उसको छोरा हो ।
– कोहलपुर बाँके