पत्रकार भन्ने बित्तिकै स्वतन्त्र निश्पक्ष रुपमा समाचार संकलन गर्ने, राम्रो कामको प्रोत्साहन गलत काम र प्रवृत्तिको खबरदारी गर्ने एक निश्पक्ष सुचनाको संवाहक भनेर बुझिन्छ । जब पत्रकारितामा एक पत्रकारले निश्पक्ष रुपमा समाचारलाई नबङ्गाइकन जस्ताको तस्तै समाचारको मर्म पस्कन सक्दैन त्यसबाट मिडिया हाउसको समेत विश्वसनियतामा प्रश्न उठ्दछ । अहिले नेपाल पत्रकार महासंघको चुनावको विषयमा पत्रकारहरु पार्टीको भात्री संगठन चौतारी, युनियन, सेन्टरका नाममा महासंघको नेतृत्व कता हात पार्ने भनेर लागिरहेको जिल्ला देखि केन्द्रमा समेत दिलोज्यान दिएर लागिरहेका छन । यसले पनि सजिलोसँग बुझ्न सकिन्छ कि स्वतन्त्र पत्रकार नेपालमा औलामा गन्न सकिने मात्रै छन् । एउटा पत्रकार कुनै पनि पार्टीमा आस्था राख्नु सामान्य कुरा हो तर पार्टीकै चाकडि गरेर आस्था राखेकै भरमा कुनै पनि नेतालाई चाकडि गरेर मिडिया चलाउनु र फरक आस्था पार्टीको हुने बित्तिकै राक्षसी प्रबृती राख्ने पत्रकार र मिडिया हाउस बाट सर्वसाधारण नागरिकको पत्रकार र उसले दिने सुचना प्रतिको बिश्वास नै गुमिसकेको छ ।
नेपालमा च्याँउ सरि उम्रिएका मिडिया हाउस र त्यसका सञ्चालकले एउटा पार्टीको नेतालाई वा धनाड्य ब्यपारीलाइ समातेर लगानीमा खोलेका अनलाइन रेडियो पत्रिका र टेलिभिजनमा प्रसारण हुने समाचारलाई एकै दिन फरक फरक मिडियामा प्रकाशित समाचार हेर्दा कुन ठिक कुन बेठीक छुट्याउन मुस्किल पर्दछ र सहज रुपमा थाहा पाउन सकिन्छ कि यस्ता मिडियामा काम गर्ने पत्रकारको आफ्नो पेशागत मर्यादा र स्वतन्त्रता कति छ भनेर ..!!
हाल कार्यरत नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य समालेका व्यक्ति हुन उनी पत्रकार महासंघको अध्यक्षमा निर्वाचित भए त्यतिबेला मैले फेसबुकमा अब पार्टीका अध्यक्षहरुनै पालैपालो महासंघको अध्यक्ष बन्नुपर्छ भनेर लेखेको थिए त्यतिबेला माओवादी र काग्रेसको एलायन्समा निर्वाचन जितेका आचार्यको विषयमा जिल्लाका समर्थक पत्रकारले आलोचना गर्नु त स्वभाविक थियो केन्द्रमा कान्तिपुर दैनिकमा काम गर्ने एक स्थापित काठमाडौंकै पत्रकारले समेत आचार्यको योगदान सहित ठुलो बखान गरे न कि उनि आफुलाइ स्वतन्त्र पत्रकार कुनै पनि संगठनमा नलागेको भनेर दोहोर्याउँदै थिए यस्तो खालको हाम्रो पत्रकारको साझा संगठन कुनै पार्टीको भातृ संगठन जस्तो बनिरहेको छ । स्वतन्त्र रुपमा कलम चलाउने पत्रकारको कुनै पनि महत्व नराख्ने र महासंघको सदस्य लिनलाइ समेत राजनीति दलको सिफारिस हुनुपर्ने स्थितिमा कसरी महासंघ श्रमजीवी पत्रकारको मुद्दा उठाउने र निस्पक्ष समाचार पाउनुपर्ने नागरिकको हकलाइ सम्बोधन गर्न सक्छ यो पेचिलो प्रश्न बनेको छ । यहि विषयमा एउटा वास्तविक प्रसंग राख्न चाहन्छु केही दिन अघि म रामेछाप एउटा कार्यक्रममा गएको थिए त्यहा हामीले स्वतन्त्र रुपमा कुनै पनि पार्टीको झन्डा बोकेर फ्रन्ट लाइनमा नदेखिने नागरिकको एउटा खबरदारी गर्ने संस्थाको पुर्नगठन गर्न जादा सबै पार्टीमा खुलेका र पार्टीको जिम्मेवार पदमा आसिन पत्रकार भेटेका थियौ र उनिहरु भनिरहेका थिए कि यसमा बस्दा त मेरो पार्टीको पद नै पो गुम्छ कि म बस्दिन यो प्रसंगमा पनि थाहा हुन्छ कि पत्रकार जस्तो स्वतन्त्र निस्पक्षिय हुनुपर्ने पेसामा त राजनीति यहाँ सम्म हुन्छ र समाचारलाई यतिसम्म मिलाइएको हुन्छ कि आफ्नो पार्टीको गल्ती समेत उपलव्धि मानिन्छ । स्वतन्त्र पत्रकारको पहिचान र स्थापनाका लागि समेत अब महासंघले कदम चाल्नुपर्ने देखिन्छ कुनै पार्टीमा आस्था नराखेकै भरमा कसैलाई गुलामि नगरेकै आधारमा पत्रकार महासंघमा साधारण सदस्य समेत नपाउने र कार्यसमिति मा जानलाइ समेत रोक लगाउने प्रथाको अन्त्य हुन जरुरी छ । यसो हुदा मात्रै पत्रकार स्वतन्त्र र उसले दिने सुचना समाचार निस्पक्ष, तटस्थ र खोजमुलक बन्न सक्छ । आवाज बिहिनहरुको आवाज समेत समेटिएका यथार्थपरक समाचारले पत्रकारको गरिमा र पेसालाई स्थापित गर्नका साथै पत्रकार महासंघको गरिमा विश्वासलाई समेत कायम राख्न सक्दछ ।
(लेखक दाहाल भ्रष्टचार बिरुद्ध क्रियाशिल संस्था बास बागमती प्रदेश संयोजक हुन् । )