बिन्दु कुवँरलाई ६ लाख ४ हजार ४ सय ३६ रुपैयाँ सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/क्यान्सर रोगबाट पीडित महिला विकास निरीक्षक बिन्दु कुवँरलाई उपचार सहयोगार्थ ५ लाख ५४ हजार ४ सय ३६ रकम सहयोग हस्तान्तरण गरिएको छ ।

बिन्दु कुँवर उपचार सहयोगार्थ समितिले संकलन गरेको सो रकमको चेक बैशाख २० गते सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरि सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सहसंयोजक नमस्कार शाह, बरिष्ठ पत्रकार पूर्णलाल चुके, पत्रकार झलक गैरे, शुक्रऋषि चौलागाईं, प्राध्यापक डाक्टर जनाद्र्धन आचार्य, धम्बोझी माबिकी पूर्व प्राचार्य किरण आचार्य, नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगाएतले संयुक्त रुपमा महिला तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत महिला बिकास निरिक्षक कुवँरलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका
थिए ।

सोही अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर राणाले विन्दु कुवँरको उपचार सहयोगार्थ एक महिना महिनाको तलब भत्ता बराबरको ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले क्यान्सर रोगबाट आफ्नो आमा गुमाएको स्मरण गर्दै क्यान्सर रोगको उपचार खर्चिलो र जटिल भएको बताए । कर्मठ राष्ट्रसेबक कुवँरलाई अफ्ठ्यारो पर्दा नेपालगन्जबाट भएको स्वस्फुर्त सहयोग प्रशंसा योग्य छ—डाक्टर राणले भने—सोही सहयोगमा आफूले थपेर एक महिनाको तलब सहयोग गरेको छुँ ।

विन्दु कुवँर उपचार सहयोगार्थ समिति र उपमहानगरपालिकाका मेयर डा. राणाले आफ्नो उपचारका लागि प्रदान गरेको सहयोगको उच्च मुल्यांकन गर्दै जीवनभरका लागि आफु ऋणी भएको उनले बताईन् । उनले सवैलाई धन्यबाद दिदै क्यान्सर जस्तो जटिल रोग कसैलाई पनि नलागोस् भन्ने कामना गर्दै सहयोग रकमबाट उपचारमा सहयोग पुग्ने बताईन् । ईन्टिग्रेटि आईडल २०१६ की उपबिजेता समेत रहेकि कुवँरले उपचार गर्दा, गर्दै आफ्नो सबै सम्पत्ति सकिएको उल्लेख गर्दै अन्तमा आएर सहयोगका लागि सहयोगार्थ समितिको साथ लिनु परेको बताईन् । स्वस्थ रहुञ्जेल समाजका लागि गरें—कुवँरले भनिन्—अस्वस्थ रहँदा पनि समाजकै लागि चिन्तित छुँ ।

बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सह—संयोजक नमस्कार शाहले सहयोगको उद्धेश्यका बारेमा बोलेका थिए । उनले महिला अधिकारका क्षेत्रमा अनवरत क्रियाशिल कुवँरको सहयोगार्थ सञ्चालन गरेको अभियान मार्फत सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले सहयोग बिबरण सार्वजनिक समेत गरेका थिए ।

बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सदस्य सचिव साहिल अन्सारीले बाल तथा महिला अधिकारको लडाईमा सदैव लागिरहने बिन्दु कुवँरलाई उपचारका लागि सहयोग गर्न सबैलाई आग्रह गरे ।

बाँकेको महिला तथा बालबालिका कार्यालयमा लामो समय काम गरेकि कुवँर हाल महिला तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत छिन् । उनले कार्यक्रममा रोगका बिरुद्ध गरेको संघर्ष सुनाउँदा हल भावबिह्रल भएको थियो । उनले असह्य पीडा सहन नसकेर पनि उपचार गराईरहेको बताईन् । थप उपचारका लागि उनी आईतबार नै बेलुका काठमाण्डौ फर्केकी छन् । कुवँर पाठेघर, बोन क्यान्सरबाट पीडित भई उपचार गराईरहेकि छिन् ।

एकपटक डाक्टर धवल शमशेरसँग काम गर्ने ईच्छा छः कुवँर
क्यान्सर रोगबाट पीडित महिला विकास निरीक्षक विन्दु कुँवरले एकपटक नेपालगन्ज उपमहानगरपालिकामा डाक्टर धवल शमशेर राणाको नेतृत्वमा काम गर्ने ईच्छा ब्यक्त गरेकि छन् । उनले अस्वस्थताका कारण धेरै दुःख पाएता पनि नेपालगञ्जवासीको माया र धवल शमशेर जस्तो स्वच्छ छवि भएको व्यक्तिले नेतृत्व गरेको उपमहानगरपालिकामा आएर काम गर्ने ईच्छा रहेको बताईन् ।

मैले जीवनमा धनसम्पत्ती कमाइन तर, सहयोगी हातहरु धेरै कमाएँ —उनले भनिन्— मेरा लागि यही नै ठूलो उपलब्धी हो । मलामी कमाउनु भन्थे बुढापाखाले मैले त्यहि गरे जस्तो लाग्छ—उनले थपिन् ।

नेपालगन्जलाई कर्मथलो बनाएर महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल विन्दुले सामाजिक विसंगति र विकृतिका बिरुद्धमा अहोरात्र खटिन् र थुप्रै सफलता समेत प्राप्त गरिन् । तर, दैवको अगाडी कसैको केही लाग्दैन भने झै सधैं घरेलु हिंसा, महिला हिंसा पीडित, बिभिन्न रोगबाट प्रभावितका पक्षमा खटिने बिन्दु आफै क्यान्सरबाट पीडित भईन् । उपचारका लागि भएभरको सम्पत्ति गुमाएँ—उनले भनिन् —सास रहुञ्जेल आश रहन्छ भन्छन्, म आशावादी भएर उपचार गराईरहेको छुँ ।

क्यान्सरबाट थलिएकी विन्दुलाई एकपछि अर्को गरेर थुप्रै पीडाहरुले रन्थनाईरहेको छ । एक पछि अर्काे भागमा क्यान्सर देखिँदाको पीडा त उनलाई छ नैं । त्यो भन्दा बढि पींडा घरपरिवारले साथ छाड्दाको छ । क्यान्सरले थिचिएकि, किमो लगाएतका उपचारबाट थलिएकि विन्दुमा अझैं उस्तै जोस, उत्साह र जाँगर छ । अन्ततः उनीसँगको अदम्य साहस, उच्च मनोवल, उत्साह, आत्मश्विासले जित्नेछ, क्यान्सरले हार्नेछ, पुनः पूरानै स्थितीमा फर्केर हिँसा पीडित महिलाका पक्षमा उनले काम गर्नेछिन् भन्ने आशा उनका शुभचिन्तकहरुको छ ।

कुवँर पाठेघर, बोन क्यान्सरबाट पीडित भई उपचार गराईरहेकीछन् । सुरुमा पाठेघरको क्यान्सर देखिएको बताउँदै उनले पछि अन्य भागहरुमा क्यान्सर देखिएको बताईन् । नियमित उपचारमा छुँ—बिन्दुले भनिन् — उपचारका बिभिन्न पद्धती कष्टकर छन्, ति कष्टहरु सामना गर्दै उपचार गराईरहेकि छुँ ।

हाल बर्दिया जिल्लाको ठाकुरद्वारामा उनको सरुवा भएको छ । बाँकेबाट पाएको सहयोग र मायाले पुनः एक पटक नेपालगन्जलाई कार्यथलो बनाएर काम गर्ने ईच्छा रहेको उनले बताईन् ।

यसरी जुट्यो सहयोग :-
कुवँर सरकारी कर्मचारी हुन् । सरकारी कर्मचारी आफ्नो उपचार आफै गर्न सक्दछन् भन्ने आम मान्छेहरुको सोचाई छ, बास्तविकता पनि त्यस्तै देखिन्छ तर बिन्दुको हकमा त्यो लागु भएन । आफुसँग भएको जायजेथा सबै सकिए पछि मात्र उनले सहयोगको याचना गरेकि थिईन् । सोही बमोजिम २०७५ माघ १० गते उनको सहयोगार्थ महिला उद्यमी रचना श्रेष्ठको संयोजकत्वमा बिन्दु कुवँर उपचार सहयोगार्थ समिति गठन गरि सहयोगका लागि सँगठित प्रयास शुरु गरिएको थियो ।

समितिको सह—संयोजकमा बासका कार्यकारी निर्देशक नमस्कार शाह, सदस्य सचिवमा बाल अधिकारकर्मी साहिल अन्सारी रहेका थिए भने सदस्यहरुमा परिना चौधरी, अम्विका पुन, श्वेता गुरुँग, अम्विका पुन लगाएत रहेका थिए । त्यसैगरी सल्लाहकारहरुमा महिला विकास अधिकृत शोभा शाह र पत्रकार झलक गैरे रहेका थिए ।

समितिले सार्बजनिक रुपमा सहयोगका लागि अपिल गर्यो —सह—संयोजक नमस्कार शाहले भने—सहयोग संकलनका लागि जोडतोडका साथ लागियो र सहयोग संकलन भयो ।

क—कसले गरे सहयोग ?


कुवँरको उपचारार्थ अमेरिकामा रहेका पत्रकार बालकृष्ण जोशीले ५० हजार, सन्ध्या शाहले २० हजार, अछामी सेवा समाजले २३ हजार ३ सय ८० रुपैयाँ सहयोग गरेका थिए भने अधिवक्ता सुनिता ज्ञवालीले ७ हजार ५ सय, व्यवसायी मनिष जयसवालले ५ हजार १ सय, अधिबक्ता लोक बहादुर शाहले ६ हजार सहयोग गरेका थिए ।

कुवँरको उपचारार्थ डाक्टर कुमार शान शाहले १५ हजार १ सय ५, नेपालगञ्ज उपमहानगरपालिका अन्र्तगतको महिला तथा बालबालिका शाखाकी प्रमुख शोभा शाहले २१ हजार, महिला बिकास निरिक्षक घटना शाहले २५ हजार, आशा शाहीले १५ हजार, तरकारी फलफुल थोक बजार व्यवसायिक संस्था काठमाण्डौंले ५९ हजार, काठमाण्डौंका एकराज राई, राजु राई, अर्जनु राई, सुजन राई र धरानका टेक बाधोले २५ हजार, सिंगापुरमा रहेका टेम्वा शेर्पाले १० हजार, काभ्रेका बुद्ध लामाले ६ हजार सहयोग गरेका थिए ।

यसैगरी ईसिडि बिज्ञ मिनाक्षि दाहाल, पत्रकार बिशाल राना मगर, पत्रकार भूमी भण्डारी, बासका कार्यकारी निर्देशक नमस्कार शाह, व्यवसायी रञ्जिता रावत, बास प्रदेश नम्वर ५ की संयोजक राधिका गिरी, महिला बिकास निरिक्षक सम्झना अधिकारी, युवा उद्यमी बिष्णु सिंह ठकुरी, व्यवसायी हरपाल सिंह, व्यवसायी वाहिद मन्सुरी, व्यवसायी शुर्य खड्का, आशा नेपाल नेपालगञ्जकी प्रमुख तष्णा थापा, डाक्टर जर्नाद्र्धन आचार्य, समाजसेवी निल बहादुर शाक्यले ५/५ हजार सहयोग गरे ।

जिल्ला हुलाक कार्यालय बाँकेमा कार्यरत पुष्पा श्रेष्ठले ५ हजार ५ सय, व्यवसायी दुर्गा सिंहले २ हजार ५ सय ५५, अमेरिकामा रहेकी समाजसेवी मिना श्रेष्ठले ५ हजार १ सय, मन्टेश्वरी एसोसिएसनकी अध्यक्ष लुना बुढाथोकीले २ हजार ५ सय, युवा अभियन्ता अञ्जु न्यौपानेले १० हजार, निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रका नारायण सुवेदीले १० हजार, कोहलपुरका युवा दिपेन शाहीले १० हजार, पत्रकार डक्ट धितालले १० हजार, यवा उद्यमी दिला शाहले २ हजार ५ सय, व्यवसायी मेराज अहमदले २ हजार १ सय, धनगढीका सम्मान साउँदले १ हजार १ सय, उडान नेपालका अध्यक्ष जनक थापाले १ हजार, किमु कटेजका सञ्चालक झँक बं थापाले ५ हजार १ सय सहयोग गरेका थिए । यसैगरी बिपना कर्माचार्यले १ हजार, जिल्ला समन्वय समितिमा कार्यरत मिन बहादुर मल्लले ५ हजार, मञ्जु प्रधानाँगले १६ हजार ८ सय ६५, बरिष्ठ पत्रकार पूर्णलाल चुकेले २ हजार ५ सय ५५, दिपक क्षेत्री, समिर पौडेल, तेजेश्वर चौधरीले १/१ हजार, साना हातहरुकी संयोजक अम्बिका पुनले २० हजार, द्धन्द्ध पीडित एकल महिला सञ्जालकी पूर्व अध्यक्ष शोभा बि.सी.ले १ हजार ५ सय, अध्यक्ष जयन्ति के.सी.ले १ हजार ५ सय, जापनमा रहेकी श्रीकला क्षेत्रीले ५ हजार, नारायण कँडेलले १९ हजार ६ सय ८० सहयोग गरेका थिए ।

यसैगरी कुवँरलाई सहयोग गर्नेहरुमा बाल क्लब तथा बाल क्लबका पूर्व सदस्यहरु, भुपेन्द्र सिंह, प्रहरी उपरिक्षक टेक प्रसाद राई, अनिता खड्का र अभियान कुवँर रहेका छन् । उनीहरुले क्रमशः १० हजार, ५ हजार, २७ हजार ७ सय ७७, ३ हजार, १ हजार १ सय ११ सहयोग गरेका थिए ।

यसैगरी अधिबक्ता प्रहलाद बहादुर कार्कीले २ हजार ५ सय, पत्रकार मधु पौडेलले १ हजार १०, पत्रकार शुक्रऋषि चौलागाईंले २ हजार, सम्बाद समूहमा कार्यरत अञ्जलि थापाले २ हजार, सिर्जना सुनारले २ हजार ५ सय, सिविनका सिद्धराज पनेरुले २ हजार ५ सय ५, अभियन्ता अस्मिता शाहले १ हजार १५, अधिबक्ता बसन्त गौतमले २ हजार ५ सय सहयोग गरेका थिए ।

पहिलो पटक संकलन भएको सहयोग हस्तान्तरण गरिएको र आवश्यकता अनुसार पछि पनि सहयोग संकलन गरिने समितिले जनाएको छ ।

 

  • २२ बैशाख २०७६, आईतवार प्रकाशित

  • Nabintech