लागु औषध सुन भन्दा महँगो -सरिता चौधरी

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बासद्धारा साप्ताहिक रुपमा हरेक शुक्रवार सञ्चालन भईरहेको ईन्सपाईरिङ्ग युथको १४० औं श्रृंखला असार ६ गते सम्पन्न भएको छ ।

कार्यक्रममा पत्रकार बालकृष्ण जोशी र लागु औषध बिरुद्ध क्रियाशिल सरिता चौधरीलेले उत्प्रेरणात्मक प्रचवन दिएका थिए ।

कार्यक्रममा बोल्दै सुर्खेत घर भई नेपालगञ्ज कर्मथलो बनाएर पत्रकारिता गरि हाल अमेरिकामा रहेका बालकृष्ण जोशीले हरेक व्यक्तिका लागि उत्प्रेरणाका स्रोतहरु फरक—फरक हुने गरेको बताए । उनले लक्ष्य परिपुर्तिका लागि ईमान्दारितापूर्वक काम गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा लागु औषध बिरुद्ध क्रियाशिल नवदृष्टि महिला पुनरस्थापना केन्द्रकी कार्यक्रम संयोजक सरिता चौधरीले आफ्नो अनुभव सुनाएकि थिईन् ।

उनले एसएलसि उतिर्ण गरिसकेपछि साथीहरुको लहै, लहैमा लागि उत्सुकताका कारण लागु औषधको प्रयोगमा फसेको बताईन् ।
४ बर्ष लागु औषधमा फसेको बताउने सरिता पछिल्लो समय खुलेर लागु औषध बिरुद्ध लागेकि छन् । उनले १४ महिना देखि नशामुक्त भएको बताईन् । २/३ जना महिला साथीहरुको संगतमा लागु औषध प्रयोग गरेको अनुभव उनले सुनाईन् । शुरु—शुरुमा रहरले खाईयो—उनले भनिन् —पछि बाध्यताले खाएँ ।

शुरुमा रहर भयो, छाड्छ् भन्ने बेला दिमागले काम गरेन—उनले भनिन्—सधैं लागु औषध सेवन गर्दा भोली छोड्छु भन्ने सोच्थें, त्यो भोली कहिल्यै आएन । हुँदा, हुँदा भोली चार बर्ष बितेपछि मात्र आयो ।

अहिले म नशामुक्त छुँ, तर समाजले अहिले पनि मलाई लागु औषध दुरब्यसनि ठान्छ—उनले थपिन्— छोटो कपडा लगाउँदैमा, ट्याटु हान्दैमा लागु औषधमैं छ भन्ने हुँदैन ।

लागु औषधको दल—दलमा फस्दा आफुले बिहे गर्दा लगाएको मंगलशुत्र समेत बेचेको अनुभव सुनाईन् । उनले भनिन्—४ बर्षको अवधिमा ३ लाख बढि रकम आफुले खर्चेको बताईन् । उनले भनिन्—लागु औषध सुन भन्दा महँगोछ, एकैदिन १५, २० हजारको लागु औषध एकै जनालाई चाहिन्छ । उनले लागु औषधमा आफु रहँदा र हाल नशामुक्त हुँदाको अवस्थामा धेरै फरक भएको बताईन् । पहिले आफन्तहरु पनि बोल्थेनन्, अहिले सबैले राम्रो व्यवहार गर्छन् —उनले खुसी व्यक्त गरिन् ।

उनले पश्चिम नेपालमैं पहिलो महिला पुनरस्थापना स्थापना गरि लागु औषधमा फसेका महिलाहरुको पुनरस्थापनामा सक्रिय भएर लागिरहेको बताईन् ।

नेपालगञ्जको कोरियनपुरमा ३ जना पूर्व लागु औषध प्रयोगकर्ताहरुको व्यवस्थापनमा पुनरस्थापना केन्द्र सञ्चालन भईरहेको जानकारी उनले दिईन् । उनले ७ जना महिलाहरु हाल पुनरस्थापना केन्द्रमा रहेको र केहीले उपचार पाएर फर्किसकेको बताईन् ।

लागु औषध प्रयोगकर्ता पुरुषहरुलाई समेत पुर्नस्र्थापना केन्द्रमा नपठाउने गरेको बर्तमान अवस्थामा महिलाहरुलाई पुनरस्थापना केन्द्रमा पठाउने भन्ने कुरा अलि असम्भव जस्तै भएतापनि आफुहरुले पुनरस्थापना केन्द्र सञ्चालन गरिरहेको बताईन् ।

लागु औषध प्रयोगकर्ताहरु भावनाका रोगी हुन्छन्, उनले भनिन्— उनीहरुलाई सोही किसिमको व्यवहार र बातावरण दिनु पर्दछ । जुन काम हामीले गरिरहेका छौं । कार्यक्रममा सरिता चौधरीसँग सहभागिहरुले बिभिन्न जिज्ञाशाहरु राखेका थिए ।

बासका उपनिर्देशक हेमराज भट्ट र कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा सिन्धु धर्कत्वाले अनुभव सुनाएकि थ्ईिन् । कार्यक्रममा ६० बढि युवाहरुको सहभागिता रहेको थियो ।

२०७३ जेष्ठ १ गते देखि साप्ताहिक रुपमा सञ्चालित ईन्सपाईरिङ्ग युथ कार्यक्रममा बादबिबाद, उत्प्रेरणात्मक प्रवचन, सफलताको कथा बाचन, नेतृत्व बिकास, अनुभव आदान, प्रदान लगाएतका गतिविधिहरु सञ्चालन हुँदै आएका छन् ।

 

  • ८ असार २०७६, आईतवार प्रकाशित

  • Nabintech